२७ जेठ २०८३, बुधबार

कक्षा १२ को नतिजा प्रकाशित, सात हजारले ल्याए ‘ए प्लस’

मंसिर १७, २०७८
कक्षा १२ को नतिजा प्रकाशित, सात हजारले ल्याए ‘ए प्लस’

कक्षा १२ को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको शुक्रवार बिहानको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।

परीक्षामा सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या ४८ हजार २३९ छ ।

यस्तै, ७० हजार एक परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् ।

बोर्डका अनुसार ‘बी’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या ९९ हजार ५३७ छ । ‘सी प्लस’ ल्याउने परीक्षार्थीको संख्या ७५ हजार ८८  र  ‘सी’ ग्रेड ल्याउनेको संख्या २४ हजार ५१५ जना रहेको बोर्डले जनाएको छ । 

कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ सम्म चलेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्