साउन २५, २०७९
‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवा शर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले बुधवार विधेयक प्रमाणीकरण गरेका हुन् । ...
विराटनगर | मंसिर १८, २०७८
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिवार १ नम्बर प्रदेश अधिवेशनमा मतदान शुरू हुन ढिलाई भएको छ ।
प्रदेश सदस्य पदमा उम्मेदवारी दिएका शान्तिकला राई, जीवन नेपाली र श्याम खड्गीको नाम निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीमा छुटेपछि विवाद हुँदा मतदान रोकिएको थियो । तर अहिले उनीहरूबीच सहमति भइसकेको छ । यद्यपी मतदान भने शुरू हुन सकेको छैन ।
खड्गीले भूगोल, नेपालीले दलित र राईले खुलाबाट उम्मेदवारी दर्ता गराएका थिए । नाम छुटेका तीनै जनाले शुक्रवार मनोनयन दर्ता गराएका थिए ।
निर्वाचन समितिका निर्वाचन अधिकृत भरत थापाले अहिले सबै कुरा मिलिरहेको र उम्मेदवारबीच सहमति भइसकेको बताएका छन् । अब चाँडै मतदान थाल्ने समेत उनको भनाइ छ।
मतदान ८ बजेदेखि गर्ने भनिए पनि दिउँसो २ बजेसम्म पनि मतदान हुन सकेको छैन । मतदानस्थलमा केही मतदाता तथा उम्मेदवार मात्रै देखिएका छन् ।
मतदानस्थलमा अहिले मतदान शुरू गर्न माग गर्दै नाराबाजी भइरहेको छ ।
‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवा शर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले बुधवार विधेयक प्रमाणीकरण गरेका हुन् । ...
सत्तारुढ नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले साथ नदिएको गुनासो गरेका छन् । बुधवार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्व मन्त्र...
प्रतिनिधि सभाको बैठकमा गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । संविधानको धारा ९४ अनुसार कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न एकचौथाइ सांसद हुनुपर्ने व्यवस्था भए पनि संख्या नपुगेपछि स्थगित भएको हो । ...
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयताको पहिचान नै प्रदेश संरचना भएको बताएका छन् । गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा बुधवार पोखरामा आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठ...
स्याङ्जामा ६ हजार ४०० नयाँ मतदाता थपिएका छन् । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि शुरू भएको मतदाता नामावली संकलनमा ती मतदाता थपिएका हुन् । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश ...
सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोगको अध्ययन छिट्टै टुंग्याउन महाअभियोग सिफारिश समितिका सदस्यसँग आग्रह गरेका छन् । बुधवार सिफारिश समितिका सदस्यहरूसँगको भेटमा ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...