२६ जेठ २०८३, मंगलबार

प्रदेश १ को कांग्रेस महाधिवेशन : ८ बजेदेखि हुने भनिएको मतदान अझै शुरू भएन, मतदाताहरूले गरे नाराबाजी

मंसिर १८, २०७८
प्रदेश १ को कांग्रेस महाधिवेशन : ८ बजेदेखि हुने भनिएको मतदान अझै शुरू भएन, मतदाताहरूले गरे नाराबाजी

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिवार १ नम्बर प्रदेश अधिवेशनमा मतदान शुरू हुन ढिलाई भएको छ ।

प्रदेश सदस्य पदमा उम्मेदवारी दिएका शान्तिकला राई, जीवन नेपाली र श्याम खड्गीको नाम निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीमा छुटेपछि विवाद हुँदा मतदान रोकिएको थियो । तर अहिले उनीहरूबीच सहमति भइसकेको छ । यद्यपी मतदान भने शुरू हुन सकेको छैन ।

खड्गीले भूगोल, नेपालीले दलित र राईले खुलाबाट उम्मेदवारी दर्ता गराएका थिए । नाम छुटेका तीनै जनाले शुक्रवार मनोनयन दर्ता गराएका थिए । 

निर्वाचन समितिका निर्वाचन अधिकृत भरत थापाले  अहिले सबै कुरा मिलिरहेको र उम्मेदवारबीच सहमति भइसकेको बताएका छन् ।  अब चाँडै मतदान थाल्ने समेत उनको भनाइ छ। 

मतदान ८ बजेदेखि गर्ने भनिए पनि दिउँसो २ बजेसम्म पनि मतदान हुन सकेको छैन । मतदानस्थलमा केही मतदाता तथा उम्मेदवार मात्रै देखिएका छन् । 

मतदानस्थलमा अहिले मतदान शुरू गर्न माग गर्दै नाराबाजी भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्