२६ जेठ २०८३, मंगलबार

संसद बैठक बोलाएपछि एमसीसी र महाभियोगको चर्चा छ, सबै कुरा राष्ट्रिय आवश्यकता अनुसार नै हुन्छ : प्रचण्ड

मंसिर १८, २०७८
संसद बैठक बोलाएपछि एमसीसी र महाभियोगको चर्चा छ, सबै कुरा राष्ट्रिय आवश्यकता अनुसार नै हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को बारेमा राष्ट्रिय सहमतिको आधारमा निर्णय हुने बताएका छन् ।

शनिबार चितवनमा प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटनपछि मन्तव्य राख्दै प्रचण्डले राष्ट्रिय सहमति विपरित जबजस्र्ति रूपमा कुनै पनि विषयमा निर्णय नलिइने बताए । 

उनले भने, ‘संसद बैठक बोलाएपछि धेरैलाई एमसीसी पारित गर्न वा महाभियोग लगाउन अधिवेशन बोलाइयो भन्ने परेको छ । एमसीसी बारे पनि राष्ट्रिय सहमति अनुसार नै हुन्छ । जवर्जस्ति गरेर हुने होइन । महाअभियोग पनि राष्ट्रिय आवश्यकताको आधारमा हुन्छ ।’

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन नेपाल बार एशोसिएशनले माग गरेको छ । 

फरक प्रसङ्गमा प्रचण्डले पहिले दिनदिनै केपी ओलीकोमा धाउने प्रचण्ड र अहिलेको प्रचण्डमा अहिलै प्रचण्ड शक्तिशाली भएको दावी गरे । 

उनले भने, ‘कुनै समय सबै केपी ओली नै हो कि के हो भन्ने जस्तो भएको थियो । केपी ओलीकोमा दिनदिनै जाने प्रचण्डभन्दा अहिलेको प्रचण्ड धेरै शक्तिशाली भएको जस्तो लाग्छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्