
बाग्लुङ–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा विष्णु आचार्य चयन भएका छन् ।
नेकपा माओवादी केन्द्र बाग्लुङ–काठमाडौं सम्पर्क समन्वय समितिको काठमाडौंमा शनिबार सम्पन्न ५ औं जिल्ला सम्मेलनले आचार्यको नेतृत्वमा ५५ सदस्यीय समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा कमल विश्वकर्मा, डम्मर थापा र आरती शर्मा चयन भएका छन् ।
त्यस्तैगरी सचिवमा दिनेश रेग्मी, सहसचिव ध्रुव चालिसे र कोषाध्यक्ष प्रेमबहादुर अधिकारी चुनिएका छन् ।
सम्मेलनमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जनताको हितमा समितिले समन्वयकारी भूमिका खेल्नुपर्ने बताएका थिए ।