×

Nic Asia
Marvel

नागाल्याण्ड : सुरक्षाबलको गोली लागेर १३ सर्वसाधारणको मृत्यु

काठमाडाैं | मंसिर १९, २०७८

NTC
TVS INSIDE

भारतीय सुरक्षाबलले उत्तरपूर्वी राज्य नागाल्याण्डमा एक ट्रकमा गोली चलाउँदा र  आक्रमणको विरोध गर्न भेला भएका भीडलाई गोली हान्दा तेह्र जना सर्वसाधारणको मृत्यु भएको प्रहरीले आइतबार जनाएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

पूरा सोन जिल्लाको अवस्था अहिले निकै तनावपूर्ण रहेको र नागाल्याण्ड बाहिरका एक मजदुरसहित १३ जनाको मृत्यु भएको पुष्टि भएको शनिबारको घटनाका प्रहरी अधिकारी सन्दीप एम. तामगाडगेले बताएका छन् । 


Advertisment
NMB BANK
Saurya island

तामगाडगेले ओटिङ गाउँमा आफ्नो घर फर्किने क्रममा सुरक्षाबलले गरेको हमलामा ६ जना मजदुरको मृत्यु भएको बताएका छन् । परिवारका सदस्यहरु बेपत्ता व्यक्तिहरुको खोजीमा गएका र शव फेला परेपछि सुरक्षा बलहरू सामना गरेका बताइएको छ ।

त्यसपछि मृतकहरुका आफन्तका बारेमा प्रश्न गर्न गएका सुरक्षाबलबीचको झडपका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा थप सात जनाको मृत्यु भएको तामगाडगेले बताएका छन् । 

Vianet communication
Maruti inside

भारतीय सेनाले जारी गरेको एक विज्ञप्तिमा यस क्षेत्रमा सक्रिय विद्रोहीहरूलाई पछ्याउन विश्वसनीय गुप्तचरहरुले  काम गरिरहेको बताएको छ ।

यस विज्ञप्तिमा घटनाका क्रममा सुरक्षाबलका एक सदस्यको मृत्यु भएको र अन्य केही घाइते भएका पनि थपिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘दुर्भाग्यपूर्ण ज्यान गुमाउनुको कारणबारे उच्च स्तरीय छानबिन भइरहेको छ र कानून बमोजिम आवश्यक कारबाही गरिने छ ।

दुर्भाग्यपूर्ण ज्यान गुमाउनुको कारणबारे उच्च तहमा अनुसन्धान भइरहेको र कानुन बमोजिम आवश्यक कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ ।

नागाल्याण्डका मुख्यमन्त्रीले शान्त रहन अपील गर्दै छानबिनको घोषणा गरेका छन् । सर्वसाधारणको हत्याको दुर्भाग्यपूर्ण घटना अत्यन्तै निन्दनीय छ, उहाँले ट्वीटरमार्फत सबै वर्गबाट शान्तिको लागि अपील गर्नु भएको छ ।  

NLIC
TATA Below
जेठ ४, २०७९

टर्कीले फिनल्यान्ड र स्विडनलाई नेटोको सदस्य बनाउनका लागि आफ्ना केही शर्तहरू पूरा गर्नुपर्ने माग राखेको ब्लूमबर्ग पत्रिकाले खबर दिएको छ ।  तीनजना वरिष्ठ टर्किश अधिकारीहरूसँग कुरा गरेर ब्लूमबर्गले दिएको खबरअ...

जेठ ३, २०७९

रूसको हवाई आक्रमणमा परी यूक्रेनमा मङ्गलबार थप आठ जनाको मृत्यु भएको छ । यूक्रेनका सैनिकहरुको आधार क्षेत्र रहेको ग्रामिण क्षेत्रमा लक्षित गरी भएको आक्रमणमा परी उनीहरूको मृत्यु भएको जनाइएको छ ।   डेसन...

जेठ ३, २०७९

जम्मु कश्मीरको परिसीमनका विषयमा पाकिस्तानले एक संकल्प प्रस्ताव पारित गरेपछि भारतले त्यो हास्यास्पद भएको बताएको छ ।  जम्मु कश्मीर र लद्दाख भारतको अखण्ड भूभाग भएको बताउँदै भारतले आफ्नो आन्तरिक मामिलामा हस्तक्...

जेठ ३, २०७९

जापानमा ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । देशको कत्सुरा भन्ने ठाउँमा मङ्गलबार भूकम्प गएको अधिकारीहरूले जनाएका छन् ।   “ग्रिनविच मिनटाइम” (जीएमटी) अनुसार बिहान बजेर ४ मिनेट ५३ सेकेण्ड जाँद...

जेठ ३, २०७९

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभले आफूहरूको विजय हुने तथा सबै लक्ष्य पनि पूरा गर्ने बताएका छन् ।  न्यु होराइजन्स नामक कार्यक्रममा बोल्दै पेस्कोभले युक्रेनमा रुसले चलाएको सैन्य क...

जेठ ३, २०७९

रुसको बैंक खाता तथा अन्य सम्पत्ति पश्चिमले रोक्का गर्दा अन्तर्राष्ट्रिय आर्थिक प्रणाली धरापमा पर्ने चेतावनी विज्ञहरूले दिएका छन् ।  फाइनान्सियल टाइम्स पत्रिकाका अनुसार, अमेरिका र युरोपसँग सुमधुर सम्बन्ध नरहेका...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x