×
Bajaj Top
Khukuri
FONEPAY

स्पेनिस ला लिगा : रायो भालेकानो र भ्यालेन्सियालाई सफलता

काठमाडाैं | मंसिर २०, २०७८

NTC
TVS INSIDE

रायो भालेकानो र भ्यालेन्सियाले स्पेनिस ला लिगामा सफलता हात पारेका छन् । घरेलु मैदानमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा रायो भालेकानोले स्पान्योललाई १–० गोलले हरायो । भ्यालेन्सियाले सेल्टा भिगोलाई उसैको मैदानमा २–१ गोलले स्तब्ध बनायो ।

Sanima Bank
morang Auto yamaha

रायो भालेकानोले आत्मघाती गोल सहयोगमा बाजी मारेको हो । ५४औं मिनेटमा डिबक्स भित्र बल बचाउने क्रममा स्पान्योलका लियन्ड्रो काबरेराको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

त्यसपछि दुवै टोलीबाट थप गोल नहुँदा रायो भालेकानो विजयी भयो । ५० प्रतिशत बल पोसेसन राखेका दुवै टोलीले गोल गर्ने राम्रा अवसर गुमाएका थिए । रायो भालेकानोका अल्भारो गार्सिया ‘म्यान अफ दी म्याच’ भए ।

जितसँगै १६ खेलबाट २७ अंक बनाएको रायो भालेकानो छैटौं स्थानमा उक्लिएको छ । पराजित स्पान्योल २० अंक सहित ११औं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ३९ अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ३१ र तेस्रो स्थानमा रियल बेटिसको ३० अंक छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

यसैगरी भ्यालेन्सियाको जितमा हुगो डुरोले १९औं र म्याक्सिमिलियनो गोमेजले ५३औं मिनेटमा गोल गरे । सेल्टा भिगोका इगो आसपासले ११औं मिनेटमा सुरुवाती गोल गरेपनि टोलीको हार जोगिएन । जितसँगै २२ अंक बनाएको भ्यालेन्सिया आठौं स्थानमा छ । पराजित सेल्टा भिगो १६ अंक सहित १४औं स्थानमा छ ।

रेलिगेसन जोगाउन प्रयासरत इल्चे र काडिजबीचको खेलमा इल्चेले बाजी मारेको छ । घरेलु मैदानमा इल्चेले काडिजलाई ३–१ गोलले हरायो । जितसँगै १५ अंक बनाएको इल्चे रेलिगेसन छल्दै १६औं स्थानमा उक्लिएको छ । पराजित काडिज १२ सहित १८औं स्थानमा छ । अर्को खेलमा लिभान्ते र ओसासुनाले गोलरहित बरबरी खेल्दै अंक बाँडेका छन् ।  

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ३, २०७८

स्पेनिस सुपर कपको उपाधिमा रियल मड्रिडले कब्जा जमाएको छ । आइतबार राति साउदी अरवियाको रियादमा भएको फाइनल खेलमा एथ्लेटिको क्लबलाई २–० ले पराजित गर्दै रियलले उपाधि जितेको हो ।  रियलको जितमा लुक...

माघ ३, २०७८

अखिल नेपाल फुटबल स‌ंघ (एन्फा) र साउदी अरेबिया फुटबल महासंघ (साफ) बीच फुटबल विकासका विभिन्न पक्षमा दुई वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र साफ अध्यक्ष यासेर अलमिसेहाल...

माघ २, २०७८

अस्ट्रेलिया र इंग्ल्यान्डबीचको एशेज सिरीजको पाँचौं तथा अन्तिम टेस्ट म्याच अस्ट्रेलियाले १४६ रनले जितेको छ । खेलको तेस्रो दिन आइतवार २७१ रनको विजय लक्ष्य पछ्याएको इंग्ल्यान्ड जम्मा १२४ रनमा अलआउट भयो ।  अस्...

माघ १, २०७८

जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुगेका नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहाललाई व्यवसायी राजु बास्तोलाले नगद पुरस्कार र एक वर्षसम्म खेल सामग्री दिने घोषणा गरेका छन् । विश्व ब्याडमिन्टन फेडेरेसनले ज...

पुस ३०, २०७८

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नेपाली खेलकुदलाई अनिर्णयको बन्दी बन्नबाट जोगाउन आग्रह गरेको छ ।  संघले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव विवादको टुंगो नला...

पुस ३०, २०७८

काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा हुने भनिएको ११ औं पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता स्थगित भएको छ । केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रा.लि. को मुख्य प्रायोजनमा हुन लागेको ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

पुस ३०, २०७८

कुनै खास विषयमा निरन्तर अनुसन्धानको माध्यमबाट विशेष ज्ञान र अनुभव प्राप्त गरी बौद्धिक निष्ठा, निष्पक्षता र इमानमा अनवरत अडिग रहने विज्ञहरू भेट्टाउनु र उनीहरूको सहयोग पाउनु निकै कठिन समय भनेको कुनै पनि मुलुकको ...