×

NMB BANK
NIC ASIA

संसदीय सुनुवाई समितिमा प्रस्तावित राजदुतहरूको छलफल, लगानी भित्र्याउन अधिकतम कोसिस गर्ने

मंसिर २०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सोमबार संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत आचार्यले नेपालका प्रधानमन्त्रीहरुले बेलायतमा प्रशस्त भ्रमण गरेको उल्लेख गर्दै बेलायतका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको पनि नेपाल भ्रमण गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेलायतका राष्ट्र प्रमुखले नेपालको भ्रमण गरेपनि सरकार प्रमुखले हालसम्म भ्रमण गरेका छैनन् ।


Advertisment
Nabil box
Kumari

दुई देशको सम्बन्धलाई अझै सुदृढ बनाउन सरकार प्रमुखको रुपमा बेलायतका प्रधानमन्त्रीको नेपाल भ्रमण गराउन उपयुक्त हुने उनको तर्क थियो ।

Vianet communication
Laxmi Bank

प्रस्तावित राजदूत आचार्यले नेपालमा लगानी भित्र्याउन पनि आफूले अधिकतम कोसिस गर्ने बताए ।

उनले भने, ‘अहिलेसम्म दुईटा कुरा हुन सकेको छैन । बेलायतबाट प्रधानमन्त्रीको भिजिट अहिलेसम्म भएको छैन । बेलायतबाट परराष्ट्रमन्त्रीको भिजिट पनि अहिलेसम्म भएको छैन । यहाँबाट चाँही प्रशस्त भ्रमण भएको तर उताबाट राष्ट्राध्यक्ष तहमा भएको तर सरकार प्रमुखको हैसियतले नभएको हुनाले मलाई लाग्छ–त्यसका निम्ति वातावरण तयार गर्ने । र त्यसका किसिमका भ्रमणहरु आगामी दिनमा गर्नका लागि अत्यन्त महत्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ, राजदूत र दुतावासले ।’

त्यसैगरी भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माले नेपाल र भारतका बीचमा विश्वासको सम्बन्ध बनाउनुपर्ने बताए ।

उनले आपसमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सुधारका लागि दुई देशबीच विश्वासको वातावरण बनाउनुपर्ने बताएका हुन् ।

आपसी विश्वास कायम गर्न सकेमा धेरै कामहरु गर्न सकिने प्रस्तावित राजदूत शर्माले बताए ।

नेपालको आवश्यकता र राष्ट्रिय हितको विषयलाई रणनीतिक रुपमा अगाडि लिएर जानुपर्ने आवश्यकता पनि उनले औँल्याए ।

प्रस्तावित राजदूत शर्माले भने, ‘दुई देशको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सुधार गर्ने विषयमा एउटा विश्वासकै आवश्यकता छ । सबभन्दा ठूलो विश्वास हो । विश्वासलाई विकास गर्न सके धेरै कामहरु सजिलैसँग अगाडी जानसक्छ । विश्वासको वातावरण बढाउँदै जाने, अगाडी लिएर जाने कुराहरु हुन्छ । हाम्रो आवश्यकता र राष्ट्रिय हितमा हुनसक्ने कुराहरुलाई रणनीतिक रुपमा लिएर जानसक्ने सम्भावना रहन्छ । यी कुराहरु सम्बन्ध सुधार गर्नलाई अत्यन्त महत्वपूर्ण हुन्छन् सुरुवातका लागि भन्ने मलाई लाग्छ । भारतसँगको सम्बन्धमा हाम्रो प्राथमिकता लगायत, अल्पकालिन, दीर्घकालिन रुपमा गर्नुपर्ने कुराहरु र आधारका कुराहरु कसरी अगाडि लिएर जानसक्छौँ भन्ने कुरामा अभ्यास गर्न सकियो भने राम्रो होला, त्यसमा पनि प्रयास गर्छु ।’

उनले भारतमा प्राप्त अवसरहरूलाई नेपालको समृद्धिको लागि उपयोग गर्दै अगाडी बढ्ने बताउनुभयो । बैठकमा सांसदहरुले आर्थिक कुटनीतिमा जोड दिएर मुलुकको समृद्धिका लागि आवश्यक वातावरण बनाउन प्रस्तावित राजदूतहरूलाई सुझाव दिएका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बाह्य मुलुकमा रहेका नेपालीहरुको सीप र धनलाई राष्ट्र निर्माणमा उपयोग गराउनका लागि राजदुतले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले भूतपूर्व गोरखा सैनिकहरूको माग सम्बोधन गराउन पनि बेलायतका लागि प्रस्तावित राजदूत आचार्यले भूमिका खेल्नुपर्ने बताए ।

सत्तारुढ दल नेपाली काँग्रेसका सांसद जितेन्द्र देवले नेपाली राजदूतहरुले राष्ट्रकै प्रतिनिधिको रुपमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले संसदमा हुने राष्ट्रकै चासोको विषयमा पनि नेपाली राजदूतहरुले चासो लिएर राष्ट्रिय हितमा तत्काल दृष्टिकोण बनाउनुपर्ने बताए ।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का सांसद देवप्रसाद गुरुङले राजदूतहरुले आर्थिक कूटनीतिमा जोड दिएर परराष्ट्र सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने बताए । उनले राष्ट्रिय स्वाधिनताको रक्षाको विषयलाई राजदूतहरुले मूल विषय बनाएर अघि बढ्नुपर्ने खाँचो समेत औंल्याए ।

सांसद गुरुङले विदेशी लगानी नेपालमा भित्र्याउने वातावरण निर्माण गर्ने काममा राजदूतहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x