पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
मंसिर २१, २०७८
२०६२/६३ को जनआन्दोलनपछिका केही वर्ष कांग्रेसका हर्ताकर्ता थिए, कृष्णप्रसाद सिटौला । उनी आन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला सरकारको गृहमन्त्री थिए । शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने म्यान्डेट सरकारलाई थियो ।
तत्कालीन विद्रोही माओवादीलाई शान्ति सम्झौतामा ल्याउने काममा सिटौलाको प्रशस्त मेहनत परेको छ, गृहमन्त्रीको रूपमा । त्यसबेला सिटौला कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाका विश्वास पात्र पनि थिए ।
२०६५ जेठ १५ मा संसद्को पहिलो बैठकले गणतन्त्र घोषणा गरेपछि तत्कालिन राजा ज्ञानेन्द्रसँग सरकारको तर्फबाट संवाद गरेर नारायणहिटीबाट बिदा गर्ने जिम्मेवारी पनि कोइरालाले सिटौलालाई नै दिएका थिए । सिटौलाले यी सबै काम सफलतापूर्वक सम्पन्न गरे ।
गिरिजाप्रसाद कोइरालाको निधनपछि कांग्रेसको सभापति बने, सुशील कोइराला । त्यसअघि सरकारमा सिटौलाले पाएको ‘एक्सपोजर’कै बलमा सुशील कोइराला सभापति हुँदा कांग्रेसको महामन्त्री हत्याएका थिए ।
सिटौलाको शक्ति
पार्टीमा महामन्त्री भएकै आधारमा सिटौला २०७२ फागुनको १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । त्यसबेला उनी सभापतिमा उम्मेदवार बन्नुको अर्को कारण पनि छ, त्यो हो सुशील कोइरालाको निधनपछि सिटौलाले कोइराला खेमामा ठाउँ पाएनन् । त्यसपछि उनले पार्टीमा छुट्टै गुट बनाए र महाधिवेशनमा नेतृत्वको दौडमा होमिए ।
तर, उनले सम्मानजनक मत पनि ल्याउन सकेनन् । उनको पक्षमा जम्मा ३२४ मत आएको थियो । कांग्रेसमा लोकप्रिय हुँदै गरेका युवा नेता गगन थापालाई सिटौलाले महामन्त्रीको उम्मेदवार बनाए । गगनले भने ५८४ मत पाएका थिए । सिटौला उम्मेदवार भएकै कारण पहिलो चरणमा कसैले सभापतिमा जीत निकाल्न सकेन । दोस्रो चरणमा उनले शेरबहादुर देउवालाई समर्थन गरे । सिटौला समूहकै समर्थनमा देउवाले १३ औं महाधिवेशन जित्न सफल भए ।
त्यसबेला, कोइराला परिवारको पक्षमा रहेको तर, रामचन्द्र पौडेललाई भोट दिन नमान्नेहरूले सिटौलालाई मत दिएको विश्लेषण हुने गरेको थियो । १३ औं महाधिवेशन अघिसम्म सिटौला कोइराला परिवारसँग निकट सम्बन्धमा थिए ।
१३ औं महाधिवेशनदेखि कांग्रेसमा सिटौलाले आफूलाई तेस्रो धारको शक्तिको रूपमा प्रस्तुत गर्दै आएका छन् । पार्टीभित्र निर्णय लिने बेलामा कहिले संस्थापनतिर, त कहिले संस्थापनइतर खेमामा लागेर उनले शक्ति आर्जनको प्रयास गर्दै आएका छन् ।
सिटौलालाई नजिकबाट चिन्ने कांग्रेसका एक नेता भन्छन्, ‘पार्टीमा सिटौला खेमाको कुनै शक्ति छैन । जुन खेमामा लाग्दा शक्ति आर्जन हुन्छ, त्यसैमा लाग्ने र राजनीतिक उपस्थिति देखाउने प्रयास गर्दै आएका छन् । १४ औं महाधिवेशनमा पनि त्यसैको प्रयासमा छन् ।’
आफूलाई फाइदा पुग्ने समूहमा लागेकै आधारमा सिटौलाले आफ्नो समूहबाट गगन थापालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउन सफल भएका थिए । थापा मात्रै होइन, भीमसेनदास प्रधान रक्षामन्त्री र उमाकान्त चौधरी स्वास्थ्य मन्त्री बनेका थिए । उनै चौधरी अहिले देउवा क्याबिनेटमा खानेपानी मन्त्री छन् ।
त्यति मात्रै होइन, सिटौला समूहले पार्टीको क्रियाशील सदस्यता विवाद समाधान समितिमा पनि बलियो उपस्थिति देखाएको थियो । सिटौलाका तर्फबाट केन्द्रीय सदस्य प्रदीप पौडेल क्रियाशील सदस्यता विवाद समाधान समितिका सदस्य एवं प्रवक्ता भएका थिए ।
अहिले सिटौलाले संस्थापन समूहलाई सघाउन सक्ने अपेक्षासहित पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले उनलाई उच्चस्तरीय राजनीतिक संयन्त्रको सदस्य बनाएका छन ।
सिटौला समूहले संस्थापन समूहसँग मिलेर नेपाल विद्यार्थी संघ र नेपाल महिला संघमा आफ्नो उपस्थिति बलियो बनाएको कांग्रेसका नेताहरू बताउँछन् ।
सिटौला समूहको राजनीतिक मूभ नियाल्दै आएका एक केन्द्रीय सदस्य भन्छन्, ‘नेपाल शिक्षक संघ, लोकतान्त्रिक कानून व्यवसायी संघ (डीएलए) र ट्रेड युनियनको अधिवेशनमा सिटौला समूहले रामचन्द्र पौडेल समूहसँग मिलेर संस्थापन पक्षलाई पराजित गराउन भूमिका निर्वाह गरेको थियो । त्यसैले सिटौला समूहको राजनीतिक रङ यही हो भन्न सकिँदैन ।’ जुन खेमामा लाग्दा आफूलाई फाइदा हुन्छ, त्यतै लाग्ने सिटौलाको रणनीति नै हो ।
अधिवेशनमा क्रममा देशका विभिन्न ठाउँमा प्रतिनिधि जिताउन सिटौलाले संस्थापन पक्षसँग सहकार्य गरिरहेका छन् । उनले आफू पक्षका कार्यकर्तालाई जहाँ जोसँग मिल्दा आफ्नो पक्षको जित हुन्छ, त्यही उपाय अपनाउन निर्देशन दिने गरेको उनी निकट नेताहरू बताउँछन् ।
‘महाधिवेशनमा हाम्रो समूहको उम्मेदवार हुन्छ, त्यसलाई ख्याल गरेर प्रतिनिधि जिताउने उपाय लगाउनुहोस्, जहाँ जोसँग सहकार्य गर्दा फाइदा हुन्छ, त्यसैसँग सहकार्य गर्नुस् भन्ने उहाँको निर्देशन थियो’, सिटौलालाई उद्धृत गर्दै एक नेताले भने ।
प्रदेश–१ को अधिवेशनमा सिटौला निकटका नेता उद्धव थापाले प्रदेश सभापतिमा जीत निकालेका छन् । तर, सिटौलाको गृहजिल्ला झापामा भने सिटौलाको निर्वाचन क्षेत्रबाहेक अन्यन्त्र उनको उपस्थिति साह्रै कमजोर देखिएको छ । बागमती प्रदेशमा सिटौला समूहकै सहयोगमा संस्थापन पक्षका इन्द्र बानियाँले प्रदेश सभापतिमा जीत निकालेका छन् ।
संस्थापनसँग बार्गेनिङ
पार्टीमा आफ्नो अस्तित्व बलियो बनाउन विभिन्न समूहसँग राजनीतिक साँठगाँठ गर्दै आएका सिटौलाले १४ औं महाधिवेशनपछि पनि पार्टीमा बलियो उपस्थिति बनाउने विकल्प खोजिरहेका छन् । त्यसका लागि उनी अहिले संस्थापन पक्षसँग बार्गेनिङमा छन् ।
सिटौला निकट स्रोतले दिएको जानकारीअनुसार उनले तीन विकल्प तयार पारेर सभापति शेरबहादुर देउवा ‘बार्गेनिङ’ गरिरहेका छन् । पहिलो विकल्प आफू उपसभापति र प्रदीप पौडेललाई संस्थापनको तर्फबाट महामन्त्रीको उम्मेदवार बनाउन प्रस्ताव गरेका छन् ।
देउवाले यो विकल्प सजिलै मानिहाल्ने अवस्था देखिँदैन । यदि उपसभापति र महामन्त्री दुवै नपाउने अवस्थामा आफू उपसभापति र पौडेललाई सहमहामन्त्रीको उम्मेदवार बनाउने अनि केही केन्द्रीय सदस्य संस्थापनको प्यानलमा समेट्ने प्रयासमा सिटौला छन् ।
यो दुवै विकल्पमा देउवा राजी नभए सिटौला आफैँ सभापतिको उम्मेदवार बनेर महामन्त्रीमा प्रदीप पौडेलसहितको प्यानल बनाएर चुनावमा जाने तयारीमा रहेको उनी निकट स्रोत बताउँछ ।
कांग्रेसको महाधिवेशनमा पहिलो चरणको निर्वाचनमा नै कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउने सम्भावना असाध्यै न्यून छ । संस्थापनको प्यानलमा नसमेटिएको अवस्थामा दोस्रो चरणको निर्वाचनमा जाँदा सिटौलाले कसलाई सहयोग गर्छन् भन्ने उनले अहिले नै निर्णय नगरिसकेको तर, अहिलेको गतिविधि हेर्दा देउवालाई नै सहयोग गर्न सक्ने आकलन गरिएको छ ।
अस्तित्व जोगाउनकै लागि उम्मेदवारी
पार्टीमा तेस्रो धारको वकालत गर्दै आएको सिटौला समूह आफैँमा बलियो शक्ति हैन । सिटौलालाई अन्य समूहले सभापतिको उम्मेदवारको रूपमा स्वीकार्ने अवस्था पनि देखिँदैन । संस्थापन समूहबाट सभापति देउवा आफैँ चुनावी मैदानमा होमिने तयारीमा छन् । संस्थापनइतर पौडेल–कोइराला खेमामा आकांक्षीहरू बीचमै मारामारको अवस्था छ ।
महाधिवेशनमा उम्मेदवार नै नबन्दा पार्टीमा आफ्नो समूह बाँकी नरहने भएकाले पनि सिटौलालाई प्यानल बनाएर चुनावी मैदानमा जानुपर्ने बाध्यता रहेको कांग्रेसका नेताहरू बताउँछन् ।
आफू सभापतिमै उम्मेदवारी दिने सिटौलाले बताउँदै आएका छन् । तर, अहिलेसम्म औपचारिक रूपमा भने उम्मेदवारी घोषणा गरिसकेका छैनन् ।
अघिल्लो पटक महामन्त्रीमा उम्मेदवार बनेर साथ दिएका गगन थापा अहिले सिटौला समूहमा छैनन् । गगनले साथ छाडेपछि सिटौलाले नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष एवं केन्द्रीय सदस्य प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउने प्रयास गरिरहेका छन् । सिटौला खेमामा रहेकी सरिता प्रसाईले पनि गुट परिवर्तन गरेकी छन् ।
महाधिवेशनमा सिटौलाले संस्थापन वा संस्थापनइतर कुनै समूहबाट पनि बलियो साथ नपाउने अवस्था हुँदा पनि उम्मेदवारी भने कायम राख्ने रणनीतिमा रहेको उनी निकट नेताहरू बताउँछन् । तर, सभापति निर्वाचनको दोस्रो चरणमा जाँदा भने सिटौलाले संस्थापन पक्षलाई समर्थन गर्न सक्ने आकलन कांग्रेसका नेताहरूको छ ।
देउवा क्याबिनेटमा सिटौला समूहको उपस्थिति रहेको र तल्लो तहको अधिवेशनमा पनि धेरै ठाउँमा संस्थापन समूहसँग सहकार्य भएकाले अन्तिममा सिटौला देउवाकै पक्षमा खुल्न सक्ने सम्भावना रहेको कांग्रेस नेताहरू बताउँछन् । संस्थापन इतरका सभापतिका आकांक्षीहरू समेत सभापति चयनको दोस्रो चरणको निर्वाचनमा सिटौलाको साथ पाउने आशामा छन् ।
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...