×

NMB BANK
NIC ASIA

सामूहिक बलात्कारका १० अभियुक्तलाई जनही १३ वर्ष कैद र एक लाख जरिवाना

मंसिर २१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पश्चिम नवलपरासी जिल्ला अदालतले दुई वर्षअघिको सामूहिक बलात्कार घटनाका अभियुक्त १० जनालाई जनही १३ वर्ष कैद र एक लाख रूपैयाँ जरिवाना तोकेको छ । 

Sagarmatha Cement
Muktinath Bank

जबर्जस्ती करणी गरेको अभियोगमा ९ वर्ष र सामूहिक करणीको अभियोगमा थप ४ गरी जनही १३ वर्ष कैद फैसला सुनाइएको स्रेस्तेदार प्रेमप्रसाद पौडेलले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटनामा संलग्न १० मध्ये ९ जना घटनालगत्तै पक्राउ परेका थिए । एक जना अझै फरार छन् । 


Advertisment
Nabil box
Kumari

सजाय पाउनेमा सुस्ता गाउँपालिका–३, फेनरहवाका सुरेन्द्र यादव, मनमोहन राजभर, शिवप्रसाद भर, भीमलाल मुसहर, सन्दीपप्रसाद यादव, राजु भनिने भीमबहादुर मुसहर, नेत्रबहादुर चौधरी, पिन्टु राजभर छन् । त्यसै गरी सजाय पाउनेमा सोही वडाको सेखवाना गाउँका अमरनाथ भेडियार र सागर चौधरी (फरार) छन् । उनीहरू १९ देखि ४० वर्ष उमेर समूहका हुन् ।

Vianet communication
Laxmi Bank

जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले सोमवार गरेको कैद सजायसँगै जनही एक लाख रूपैयाँ जरिवानास्वरुप पीडितलाई क्षतिपूर्ति भराउने फैसला भएको स्रेस्तेदार पौडेलले बताए । 

सुस्ता गाउँपालिकाकी १८ वर्षीय युवतीलाई २०७६ भदौ २२ गते उनीहरूले सामूहिक बलात्कार गरेका थिए । पीडित युवती स्थानीय एक संस्थामा कार्यरत हुन् । 

संस्थाको काममा साथीसँग मोटरसाइकलमा जाँदै गरेकी युवतीलाई बाटो कुरेर बसेका उनीहरूले उखुबारीमा लगेर सामूहिक रुपमा जबर्जस्ती करणी गरेको युवतीको बयानमा उल्लेख छ ।

मोटरसाइकलले घेरा हालेर युवती चढेको मोटरसाइकल उनीहरूले कब्जामा लिएका थिए । शुरूमा मोटरसाइकल चलाउने साथीलाई ४ जनाले बाँधेर राखेका थिए । अन्य ६ जनाले युवतीलाई उखुबारीभित्र लगेर सामूहिक बलात्कार गरेकाे र  पछि पुनः अन्य ४ जनाले बलात्कार गरेको बयानमा उल्लेख छ । 

युवतीले बयानमा भनेकी छन्, ‘मुख थुनेर शुरूमा ५ जनाले जबर्जस्ती गरे । त्यसपछि म बेहोस भएँ ।’ 

बेहोस भएकी उनको अस्पतालमा होस् खुलेको थियो । घटनापछि बलात्कार गर्नेहरू भागेपछि युवतीका साथीले प्रहरीलाई खबर गरेका थिए । सोही दिन उनीहरू पक्राउ परेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x