×

NMB BANK
NIC ASIA

बालकोट पुगेका बारका पदाधिकारीलाई ओलीले भने- प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता हुँदैन

मंसिर २१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरू नै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई संसदमा महाअभियोग लगाउने पक्षमा नरहेको बताएका छन् । 

Muktinath Bank

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नामै लिएर सत्तापक्ष प्रधानन्यायाधीश जबरालाई संसदमा महाअभियोग लगाउने पक्षमा नरहेको दाबी गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार प्रधानन्यायाधीश जबरालाई हटाउनका लागि सहयोगको याचना गर्दै बालकोटस्थित आफ्नै निवासमा पुगेका नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसन नेतृत्वको टोलीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले जबरालाई हटाउन संसदमा महाअभियोग प्रस्ताव नआउने बताए । 


Advertisment
Nabil box
Kumari

उनले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीश जबराले मन्त्री पद लेनदेन नगरेको भन्दै बचाउमा उभिएको तर्कसमेत गरे । 

Vianet communication
Laxmi Bank

‘थेउरिटीकल्ली तपाईंहरूको कुरामा असहमति जनाउनुपर्ने छैन । स्वच्छ र निष्पक्ष न्यायालयले मात्रै न्याय दिने प्रयास तब मात्रै गर्न सक्छ, नत्र भने प्रयास नै गर्न सक्दैन,’ उनले बारका पदाधिकारीसँग भने, ‘तपाईंहरुको भनाइसँग हाम्रो भनाइ के फरक छैन भने न्यायालय स्वच्छ र निष्पक्ष हुनुपर्छ । एउटा कुरा पनि सत्य हो– न्यायालय न स्वच्छ रह्यो न निष्पक्ष । यहाँहरूले अलिकति स्वच्छताको पक्षमा चाँहि कुरा उठाउने भो । निष्पक्षताको कुरा अलि उठेन कि जस्तो लाग्छ । अब आफैं पनि अधिवक्ता भएको हुनाले अप्ठ्यारो भएको हो कि ? तर न्यायालयको मर्मको कुरा के हो भने स्वच्छता र निष्पक्षता ।’

उनले न्यायिक स्वतन्त्रताको सदुपयोग हुनुपर्ने पनि बताए । ‘अहिलेको अवस्था किन आयो भन्दा न्यायालय स्वतन्त्र, बोल्न पनि नपाउने भन्न पनि नपाउने, जे गरे पनि हुने भएपछि त अब स्वतन्त्रताको दुरुपयोग भयो,’ उनले भने, ‘साँच्चै न्याय स्वतन्त्र हुनुपर्‍यो र न्याय मूर्तिहरू निष्पक्ष र न्यायिक मर्यादाभित्र रहनु पर्‍यो, स्वच्छ हुनुपर्‍यो । नैतिकता भएको हुनुपर्‍यो ।’

अहिले प्रधानन्यायाधीशको अवकाश भनेको प्रस्थानविन्दु नभएर अन्त्य भएको उनको भनाइ छ । त्यसबाट न्यायिका सुधार नहुने भन्दै उनले त्यसका अनेक लक्षण देखिएको बताए । 

‘म पुराना फैसलातिर जान चाहन्न । फैसला कसरी भएको रहेछ भन्ने कुरो एक जना राजनीतिक नेताले भन्नु भो– तपाईंहरूले असाधारण गुण लगाउनु भएको छ, त्यो गुण बिर्सिँदैनौं, तिर्छौं । तिर्दैं पनि आउनु भएको छ । तत्काल त मान, पदवी, विभूषण, अलंकारबाटै शुरू भयो नि ! पछि लेनदेनका कुराहरू भए, उनले भने, ‘संसदले हो प्रधानमन्त्री बनाउने, फेर्ने भन्ने कुरा । संसदले प्रधानमन्त्री हटाएको पनि थाहा पाएन । नियुक्त भएको पनि थाहा पाएन । परमादेशबाट प्रधानमन्त्री नियुक्ति कसरी भएछ ? एक जना श्रीमानले अमेरिकाबाट इमेल गर्नु भो– जुन इमेल सर्वोच्चमा वाचन भो ।’

एमाले अध्यक्ष ओलीले प्रधानन्यायाधीश राजीनामा दिन तयार नहुनुमा वस्तु, पदका लेनदेन भए कि भन्ने शंका व्यक्त गरे । 

‘अब सर्पको खुट्टा सर्पले देख्छ । श्रीमानजीहरूले भनेपछि न हामीले थाहा पायौं, लेनदेन भएको रहेछ,’ उनले भने, ‘कांग्रेसबाहेकको राजनीतिक नेताले भन्नु भयो- यो कांग्रेसको कोटाबाट उहाँलाई नियुक्त गरेको हो । प्रधानन्यायाधीशसँग कुनै लेनदेन भएको छैन । अब महाअभियोग दर्ता हुन्छ कसरी ? दर्तै हुँदैन महाअभियोग ।’ 

अध्यक्ष ओलीले आफूले अदालतसँग कुनै लेनदेन नगरेको पनि बताए । उनले न्यायालयको सुधारका लागि मनैदेखि लाग्न पनि आन्दोलनरत कानून व्यवसायीहरूलाई आग्रह गरे । 

उनले एकापक्षीय ढंगले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दैमा न्यायालयमा सुधार नआउने दाबीसमेत गरे । 

यस्तै उनले आफू अदालतको विषयलाई लिएर कुनै पनि व्यक्तिको बचाऊमा नलाग्ने स्पष्ट पारे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x