×

NMB BANK
NIC ASIA

कांग्रेस महाधिवेशन

३६ हजार जनालाई खुवाउन बूक भएको कांग्रेस महाधिवेशनको मेनु– मटन करीदेखि स्वीट योगर्टसम्म

मंसिर २१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा आउने प्रतिनिधिले मटन करीदेखि स्वीट योगर्टसम्म खान पाउने भएका छन् । 

Muktinath Bank

२४ गतेदेखि शुरू हुन लागेको नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा आउने प्रतिनिधिहरूलाई खाना खुवाउनका लागि गौशालामा रहेको अनुपम फूडल्यान्डसँग सम्झौता भइसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्झौताअनुसार महाधिवेशनमा आउने प्रतिनिधिलाई हरेक बिहानको ब्रेक फास्ट, लञ्च (बिहानको खाना) र डिनर (रातिको खाना) उपलब्ध हुनेछ ।


Advertisment
Nabil box
Kumari

उनीहरूले महाधिवेशनको पहिलो दिन २४ गते बेलुका मात्र खाना खान पाउने छन् । लञ्च/डिनर दुवैमा ९ प्रकारका डिस उपलब्ध हुनेछन् ।

Vianet communication
Laxmi Bank

त्यो रात जिरा राइस, मटन करी, चिकेन फ्राइ, मिक्स भेज फ्राइ, दाल पञ्चरत्न, साग, सलाद, मिक्स असार र दहीको मेनु रहेको छ । 

२५ गतेदेखि २७ गतेसम्म बिहानमा चना, उसिनेको अण्डा, ब्रेड जाम, चिया र कफी ब्रेकफास्टका रूपमा उपलब्ध हुनेछ ।

बिहानको खानामा जिरा राइस, चिकेन फ्राइ, फिस फ्राइ, बोडी दाल, भेज करी, साग, सलाद, आँपको अचार र दही खान पाउने छन् । बेलुका भने २४ गतेकै मेनु अनुसार खाना खान पाउने व्यवस्था गरिएको छ ।

प्रत्येक बिहान र बेलुकाको खानामा अचार र डेजर्ट फरक–फरक खुवाउने मेनु रहेको अनुपम फूडल्यान्डका सञ्चालक कृष्ण पौडेलले जानकारी दिए । 

अचारमा मिक्स अचार, आँपको अचार, मेथी अचार र हट पिकल खुवाउन लागिएको छ भने डेजर्टमा दही, फ्रुट एन्ड कर्ड र स्वीट योगर्ट मेनुमा रहेको पौडेलले जानकारी दिए ।

महाधिवेशनको पहिलो दिनको बेलुका ६ हजार कार्यकर्ता तथा प्रतिनिधिहरूलाई खान खुवाउन लागिएको छ ।

२५ गते बिहान ४ हजार ५ सय जनालाई ब्रेकफास्ट र ६ हजार जनालाई खाना खुवाउनका लागि सम्झौता गरेको अनुपम फूडल्यान्डले जनाएको छ । 

२५ गते बेलुका भने ४ हजार जनालाई मात्रा खाना खुवाउनका लागि सम्झौता भएको छ ।

महाधिवेशन अवधिभरका लागि समग्रमा ३६ हजार प्लेट खाना खुवाउने गरी सम्झौता भएको छ । छिटोछरितो खाना उपलब्ध गराउनका लागि महाधिवेशन स्थलमा २० वटा लाइन बनाएर खाना वितरण गरिने बताइएको छ ।

खाना खुवाउनका लागि सर्भिसमा १७० जना, किचनमा ७० सेफ र सफाइमा ९० जना गरी प्रत्येक दिन ३३० जना कर्मचारी परिचालन गर्न लागेको अनुपम फूडल्यान्डका कार्यकारी सेफ ध्रुवप्रसाद आर्चायले बताए । 

‘हामीले प्रत्येक दिन ३३० जना कर्मचारी परिचालन गर्न लागेको छौं, जसले गर्दा खाना खुवाउन सजिलो र छरितो हुन्छ भन्ने लागेको छ,’ सेफ आचार्यले लोकान्तरसँग भने, ‘बिहानको खाना खुवाइसकेपछि बाँकी रहेको खानालाई डिस्पोज गरेर बेलुका नयाँ किचन बनाउने हिसाबले तयारी गरेका छौं ।’

खाना स्वस्थ्य र ताजा खुवाउने तथा बिहान प्रयोग भएका सबै सामानहरू बेलुकाको खानामा पुनः प्रयोग नगर्ने गरी तयारी थालेको उनले बताए ।

त्यहाँ जम्मा भएको फोहोर व्यवस्थापन गर्नका लागि काठमाडौं महानगरपालिकासँग समेत सहकार्य भइसकेको छ ।

२०७२ सालमा स्थापना भएको फूडल्यान्डमा शुरूमा ११ करोड लगानी थियो, अहिले २१ करोड पूँजी पुगेको छ ।

अनुपम फूडल्यान्डमा कक्षपात्र, कल्पवृक्ष र गार्डेन हल गरी एक दिनमा ३५ सयजना सम्मलाई खाना खुवाउन सक्ने क्षमता छ ।

७० जना एकैपटक अट्न सक्ने रेस्टुरेन्ट रहेको फूडल्यान्डमा सिग्नेचर डिसको रूपमा घ्यूमा पकाएको मटन पक्कु पनि उपलब्ध हुन्छ ।

त्यसका साथै इन्डियन खाना, नेपाली खाना र चाइनिज खाना समेत रेस्टुरेन्टमा पाइने सेफ आचार्यले बताए । 

३५० देखि ४ सयवटा गाडी पार्किङ गर्न मिल्ने गरी १२ रोपनी जग्गामा पार्किङ सुविधा उपलब्ध रहेको सञ्चालक कृष्ण पौडेलले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x