×

NMB BANK
NIC ASIA

कांग्रेस महाधिवेशन

कांग्रेस सभापतिको प्रतिस्पर्धाबाट पछि हटे शशांक

मंसिर २१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

१४ औं महाधिवेशनमा कांग्रेस सभापतिमा उठ्ने बताउँदै आएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला नेतृत्वको प्रतिस्पर्धाबाट पछि हट्न तयार भएका छन् । संस्थापन इतर समूहबाट साझा उम्मेदवार तय गर्न आफू बाधक नबन्ने कोइरालाले बताएका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहको चाक्सीवारीस्थित निवासमा मंगलवार दिउँसो भएको छलफलमा शशांकले सभापतिका लागि आफू बलियो उम्मेदवार भएपनि सहमतिका लागि पछि हटेने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सभापतिका लागि म अहिले पनि बलियो उम्मेदवार हुँ, तर एउटै उम्मेदवार बनाउनको लागि म पछाडि हट्न तयार छु’ कोइरालाले भनेका थिए । शशांकले कात्तिक २९ गते सर्लाहीमा आयोजित एक कार्यक्रममा पनि सभापतिबाट पछि हट्ने संकेत गरेका थिए ।


Advertisment
Nabil box
Kumari

‘रामचन्द्र पौडेल यसअघि नै उठिसक्नु भएको हो, प्रकाशमानलाई काठमाडौं बाहिरका कार्यकर्ताले चिन्दैनन्, शेखरदा’ले मलाई कन्भिन्स गर्नुभयो भने म कन्भिन्स हुन्छु’ सर्लाहीको हरिवनमा कात्तिक २९ गते आयोजित कार्यक्रममा यस्तो अभिव्यक्ति दिएका थिए । त्यसपछि शशांक प्राय मौन बसेका थिए ।

Vianet communication
Laxmi Bank

शशांक पछि हटेसँगै कांग्रेसमा सभापतिका लागि अब डा. शेखर कोइराला र प्रकाशमान सिंह मुख्य दावेदार देखिएका छन् । शशांकले पछि हट्ने संकेत गरेसँगै संस्थापन इतरबाट सर्वसम्मत भए सभापतिका लागि प्रतिस्पर्धा गर्ने बताएका रामचन्द्र पौडेलले सभापतिमा उठ्ने तयारी गरेका शेखर र प्रकाशमानलाई मिल्न आग्रह गरेका थिए ।

‘तपाईंहरू आपसमा मिल्नु भयो भने म मान्न तयार छु’ पौडेलको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने । शेखर र प्रकाशमानले भने सभापतिमा उठ्ने अडान राख्दै आफूमै सहमति गर्न आग्रह गरेका थिए ।

मंगलवार सहमति नभएपछि बुधवार बिहान पुनः छलफल गर्ने सहमति भएको बैठकमा सहभागि ती नेताले लोकान्तरलाई बताए । आफूपक्षीय केन्द्रीय सदस्य, जिल्ला सभापति र जिल्लाका निवर्तमान सभापतिसहित भोलि बिहान ९ बजे छलफलको समय तय भएको छ ।

‘सभापतिसँगको छलफल पछि उनीहरुको समेत सुझावका आधारमा भोलि साझँसम्म साझा उम्मेदवार तय गर्नेगरी छलफल चलिरहेको छ,’ ती सदस्यले भने । प्रकाशमानको निवासमा नेताहरुको बैठक चलिरहेको समयमा साझा उम्मेदवार तय गर्न भन्दै युवाहरुले दवाव दिएका थिए ।  

नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि काठमाडौंमा शुरु हुँदैछ । नयाँ नेतृत्व चयनका लागि मंसिर २५ गते मनोनयन गर्ने कार्यक्रम छ । संस्थापन पक्षबाट पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सभापतिको दावेदार छन् । उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x