×
Bajaj Top
Khukuri
FONEPAY

अन्तर्वार्ता

काठमाडौंवासीले घरमै बसीबसी सेवा लिन सक्ने व्यवस्था गर्दैछौं– राजेश्वर ज्ञवाली [अन्तर्वार्ता]

काठमाडाैं | मंसिर २२, २०७८

NTC
TVS INSIDE

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन्, राजेश्वर ज्ञवाली । राजधानी शहर रहेको देशकै पुरानो महानगरको प्रशासकीय नेतृत्व गरिरहेका ज्ञवालीले एक कुशल प्रशासकको परिचय बनाइसकेका छन् । देश विदेशका विश्वविद्यालयमा अध्ययन गरेका ज्ञवालीले दक्षिण कोरियाको आजु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय व्यापारमा स्नातकोत्तर, इटालीको टुरिन विश्वविद्यालयबाट बौद्धिक सम्पत्ति कानूनमा एल.एल.एम. गरेका छन् । 

Sanima Bank
morang Auto yamaha

यसैगरी दक्षिण कोरियाको सिओल नेशनल विश्वविद्यालयबाट इ–गभर्नेन्समा पी.एच.डी.अध्ययन पूरा गर्ने तयारीमा छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा समेत काम गरेका ज्ञवालीले काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतको रूपमा एक वर्ष पूरा गरेका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

महानगरले गरिरहेका काम, भोगिरहेका समस्या र आगामी दिनका योजनाबारे महानगर दिवसको सन्दर्भमा ज्ञवालीसँग लोकान्तरका लागि सुशील पन्तले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

तपाईं काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत बनेपछि सुधारका लागि के काम गर्नुभयो ? एक वर्षको उपलब्धि कस्तो रह्यो ?

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

प्रमुख प्रशासकीय अधिकृतको रूपमा मैले एक वर्ष पूरा गरें । त्यो भन्दा पहिला पनि म महानगरमा कार्यरत थिएँ । म आइसकेपछि वार्षिक नीति तथा कार्यक्रम र बजेटहरूमा द्रूत गतिमा काम गर्नुपर्छ भनेर त्रैमासिक, चौमासिक समीक्षा गर्‍यौं । बजेटमा समेटिएका विकास कार्यक्रमलाई समयमै कार्यान्वयनमा लैजान भनेर निर्णय प्रक्रिया र निर्णय गर्ने अवधि छोट्टिएको छ ।

कर्मचारीतन्त्रमा निर्णय गर्न प्रायः ढिला गर्ने र महत्त्वपूर्ण र राष्ट्रहितका निर्णय लिने बेला पछाडि हट्ने भइरहेकोमा सार्वजनिक हितका कामलाई ढिलो नगर्न कतिपय अवस्थामा जोखिम मोलेर पनि काम गरिएको छ । महानगरको कार्यपालिका र नगर सभाबाट निर्णय गराएर कार्यान्वयनमा लगेका छौं, यसले पारदर्शिता पनि कायम गरेको छ । अहिलेसम्म गरेका कामको सेवाग्राहीबाट राम्रो प्रतिक्रिया आएको छ । ११८० नम्बरको हटलाइन फोनको व्यवस्था पनि गरेका छौँ ।

म आइसकेपछि काठमाडौंका ३२ वडाका ३६ ठाउँमा बुथ राखेर साढे १४ हजार नागरिकलाई सेवाग्राही सर्वेक्षण फारममार्फत उनीहरूको धारणा बुझेका थियौं । काठमाडौं महानगरका मेयरको सन्देशसहित सर्वेक्षण फाराम भरेपछि १० वटा मास्क निःशुल्क दिएका थियौं । साढे १४ हजारले सर्वेक्षणमा सहभागिता जनाएकोमा ७५ प्रतिशतले एक घण्टादेखि ३ घण्टाभित्र महानगरपालिकाबाट पाउने सेवा प्राप्त गरेको बताएका थिए ।

एक घण्टामा काम भएको ५० प्रतिशतले बताएका थिए भने तीन घण्टामा काम भएको भन्नेको संख्या ७५ प्रतिशत थियो । तीन घण्टा देखि १ दिन भित्रमा काम भयो भन्ने ९ प्रतिशत थिए । अर्थात् महानगरबाट एकदिनमा काम सकेर जानेको संख्या ८४ प्रतिशत थियो । 

कामको गुणस्तरको कुरा गर्दा २६ प्रतिशत सेवाग्राहीले एकदम राम्रो भन्ने प्रतिक्रिया दिए भने ३० प्रतिशतले राम्रो र ३७ प्रतिशतले महानगरको सेवा ठीक लाग्यो भन्ने प्रतिक्रिया जनाएका थिए । समग्रमा ९३ प्रतिशत सेवाग्राही महानगरको कामबाट सन्तुष्ट रहे भने राम्रो लागेन भन्ने ७ प्रतिशत मात्र रहे । 

संघीय मामिला मन्त्रालयले स्थानीय तहमा गर्ने स्वमूल्याङ्कन (लिजा)मा पनि काठमाडौं महानगरले ७८ नम्बर पाएको छ, त्यो भनेको राम्रो नम्बर हो । हामीले गरेका कामबाट हामी सन्तुष्ट छौं । 

स्थानीयवासी र यहाँ बसोबास गर्ने अन्य नागरिकले पनि काठमाडौं महानगरपालिकाबाट धेरै अपेक्षा राखेका हुन्छन् । महानगरमा काम गर्नका लागि के छन् समस्या ?

भूकम्पले भवन क्र्याक बनाएपछि महानगरको केन्द्रीय कार्यालय नै अस्तव्यस्त छ । अहिले हामीले विभिन्न ११ ठाउँबाट महानगरको कार्यालय सञ्चालन गरिरहेका छौं । कुनै कार्यालय चाबहिलमा छ, कुनै बालाजु, बिजुली बजार, टेकु, राष्ट्रिय सभागृह र केही सुन्धारा आदि ठाउँहरूमा रहेको छ । विभागीय प्रमुखको बैठक बोलाउनुपर्‍यो भनेपनि एकदिन अगाडि खबर गर्नुपर्ने अवस्था छ । 

काठमाडौं महानगरको पुरानो कार्यालय रहेको सुन्धारामै नयाँ भवन बनाउने योजना थियो, तर सम्पदा बचाऊ अभियानले सर्वोच्चमा मुद्दा हालेपछि त्यो काम अगाडि बढ्न सकेन । अहिले टेकुमा महानगरपालिकाको प्रशासनिक भवन बनाउन शिलान्यास भएको छ । सँगै पार्किङका लागि अर्को भवन पनि बन्दैछ । महानगरपालिकाको शुरूको कार्यालय रहेको धर्मपथमा सांस्कृतिक भवन नेवाः छेँ बन्दैछ । यसैगरी कमलपोखरीलाई चारैतिरबाट क्लियर (अनधिकृत भवनहरू भत्काइ) गरी निर्माण कार्य करीब सकिन लागेको छ । 

राजधानीको शहर समेत रहेको महानगर भएकाले काठमाडौंबाट अन्य नगरपालिकाले समेत अनुभव लिन खोज्छन् । सुशासन र जनतालाई सेवा प्रवाहमा कसरी सहजीकरण गर्नुभएको छ ?

देशको पुरानो र राजधानी शहर भएकाले काठमाडौं महानगरको सेवालाई समयानुकूल सुधार गर्दै जानुपर्छ भन्ने महानगरबासीको चाहनालाई हामीले कार्यान्वयन गर्दैछौँ ।

महानगरमा अहिले पनि धेरै काम पर्ने भनेको नक्सा पासको काम हो, जसलाई इलेक्ट्रोनिक बिल्डिग पर्मिट सिष्टम (ई.बी.पी.एस.) सिष्टममार्फत काम भइरहेको छ । यसलाई अपडेट गर्दै लग्ने काम भइरहेको छ । त्यो सिष्टममा नगई काठमाडौं महानगरको कुनै पनि भवनको नक्सा पास हुँदैन ।

काठमाडौं महानगरमा राजस्व प्रणालीमा फड्कोको रूपमा अनलाइन पेमेन्टको व्यवस्था गरेका छौं । झण्डै २ लाख सदस्यको डाटाबेस बनेको छ । डाटाबेसमा समावेश भएकाको नम्बर दिनेबित्तिकै सिष्टमले सबै कर देखाउँछ । पेमेन्ट गेटवेमार्फत घरमै बसेर कर तिर्न मिल्ने अनलाइन व्यवस्था गरेका छौं । महानगरको बेवसाइटमार्फत पनि हामीले धेरै सुविधा दिएका छौं । 

काठमाडौं महानगरको वेबसाइट (www.kathmandu.gov.np)अरू भन्दा केही फरक छ, सेवाग्राहीलाई जानकारी दिन इन्टर्याक्टिभ च्याटबोर्ड पनि समावेश छ । लेखा प्रणालीमा पनि सूत्रमा गएका छौं । महानगरको सूचना प्रविधि व्यवस्थित गर्न यस वर्ष मात्र ३० करोड तथा जी.आई.एस.प्रणालीका लागि १९ करोड बजेट छुट्ट्याएका छाँै । सेवा प्रवाह सुधार र द्रूत डाटा ट्रान्सफरका लागि ३२ वटै वडा, ९१ वटा सामुदायिक स्कूल र महानगरको केन्द्रलाई कनेक्ट गर्न आफ्नै अप्टिकल फाइबर तथा शहरी सुरक्षा प्रणाली व्यवस्थापन गर्दैछौं ।

महानगरभित्र अब चौबीसै घण्टा कल सेन्टर सञ्चालनमा आउँदैछ । कल सेन्टर सञ्चालनमा आएपछि महानगरभित्रको कुनै ठाउँमा फोहोर उठेन कि, कतै छाडा गाईवस्तु आए कि, कतै केही ठोक्कियो कि ? यस्ता समस्या कलसेन्टरमार्फत तत्कालै सम्बोधन हुनेछ । 

थोरै जनसंख्या छँदा बनेका पूर्वाधारले बढ्दो जनसंख्यालाई धान्नुपरेको छ । पूर्वाधार विकासको कामलाई महानगरले कसरी अगाडि बढाएको छ ?

पूर्वाधार विकासमा महानगरले खासगरी बाटो, ढल र सडक बत्तीहरूको व्यवस्थापन गर्ने काम गर्छ । महानगरभित्रका अधिकांश सडक कालोपत्रे या ढलान भएको छ । ८ मिटरमाथिका बाटो सडक विभागले हेर्ने भएकाले त्यो भन्दा तलको बाटो मात्र महानगरले व्यवस्थापन र मर्मतसम्भार गर्छ । यसवर्ष पनि झण्डै ५ सय जति टेण्डर भएको छ, महानगरभित्रको बाटो र ढलको व्यवस्थापनका लागि । 

साढे चार वर्षमा ६/७ वटा आफ्नै सुविधा सम्पन्न वडा कार्यालय बनेका छन् । वडा कार्यालय भएपनि ती अत्यन्त आकर्षक छन् । लैनचौरमा गएर २६ नम्बरको वडा हेर्दा पाँचतारे जस्तै लाग्छ । वडाध्यक्षको कोठा र कार्यकक्षहरू कर्पोरेट अफिसभन्दा कम छैनन्, भन्न खोजेको पूर्वाधार विकासमा धेरै काम भएको छ । महानगरको सुविधा सम्पन्न आफ्नै भवन बनाऔं भनेर पहल पनि भइरहेको छ । 

सानाठूला गरेर सयौँ पार्क बनेका छन् । आकाशे पुलहरू बनिरहेका छन्, माइतीघरमा बनेको छ । चाबहिलमा बनेको छ  । अन्य चार ठाउँमा बन्दैछ । सडक विभागसँग पनि स्वीकृति लिनुपर्ने भएकाले केही ढिला भएको छ । महानगरभित्रको नदी र खोला संरक्षणको काम हामीले नै गरेका छौँ । 

राजधानी शहर भएर पनि काठमाडौं महानगरभित्र सार्वजनिक शौचालय जस्तो शहरका लागि अत्यावश्यक न्युनतम पूर्वाधार नभएको भन्ने टिप्पणी भइरहन्छ । आधुनिक शहरका लागि ठाउँ–ठाउँमा सार्वजनिक शौचालय जरुरी हुँदैन ?

विदेशतिर महानगरले सबै काम गर्छ । खानेपानी, ढल, बिजुली लगायत शहरका आवश्यक सबै । हाम्रोमा महानगरले गरेको हो कि शहरी विकास विभागले वा अन्य निकायले गरेको भन्ने थाहै हुँदैन । खानेपानीको लागि छुट्टै निकाय छ । ढलका लागि ढल निकास विभाग छ । प्रदूषण नियन्त्रणसम्बन्धी कुरा यातायात व्यवस्था विभागले गर्छ । मानिसहरू महानगरले काम गरेन भन्छन्, तर धेरै निकायले काम गर्नुपर्ने भएकाले कहिलेकाहीँ सोचेजस्तो काम भइरहेको हुन्न । दोष जति महानगरले बेहोर्नु पर्ने अवस्था छ । 

काठमाडौं महानगरमा शौचालय बनाउन मुख्य समस्या स्थान अभाव छ । नागरिकको विरोध छ । कलंकी चोकमा सडक विभागसँग सहमति लिएर व्यवस्थित सार्वजनिक शौचालय बनाउन खोजेको स्थानीयको विरोधका कारण सम्भव भएन । महानगरले ४२ ठाउँमा शौचालय जरुरी भनेर पहिचान गरेका छौँ । हामीले चाहँदैमा मात्र समन्वयको अभाव तथा अन्य विविध कारणहरूले सबै काम गर्न सकिँदो रहेनछ, तैपनि प्रयास गरिरहेका छौँ । 

स्थानीय तहको चुनाव भएको पाँच वर्ष पुग्न लाग्यो, चुनावमा धेरै आश्वासन बाँडिएका थिए । चुनावमा गरिएको प्रतिबद्धता कति कार्यान्वयन भए ? जनप्रतिनिधिले गरेका कामको समीक्षा गर्ने बेला भयो कि भएन ?

चुनावी घोषणा पत्रमा त ठूला विषयवस्तु आउने नै भए, ती प्रतिबद्धता कार्यान्वयन गर्न व्यावहारिक छ/छैन भन्ने कुरा त गर्दै हेर्दै जाँदा देखिने हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ जारी भएको छ, बितेको साढे ४ वर्ष जनप्रतिनिधिको लागि लर्निङ पिरियड भयो जस्तो लाग्छ । दुई/तीन वर्ष प्रणाली बुझ्न र व्यवस्थापन गर्नमा लाग्यो । 

अलिकति समय सिकाइमा गयो । अब राम्रोसँग बुझ्न थाल्नुभएको छ । नयाँ ऐनपछिको पहिलो पाँच वर्ष सिकाइ भएकाले अर्कोपटक परिपक्व ढंगले स्थानीय सरकार अगाडि बढ्छन् जस्तो लाग्छ । संविधान र स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई आवश्यक ऐन नियम बनाउने अधिकार दिएको छ । 

अहिलेको कानून तथा व्यवस्था हेर्दा जनप्रतिनिधिहरूले पर्याप्त समय दिन नसके धेरै कुरा अड्केर बस्छ । कर्मचारीले कुन–कुन भूमिका निर्वाह गर्ने र जनप्रतिनिधिले के गर्ने भन्ने कुरा व्याख्या गर्‍यो भने समस्या समाधान हुन्छ । 

काठमाडौंलाई ‘डस्टमान्डू’ भनेर पनि व्यंग्य गर्ने गरिएको छ, देशको राजधानी शहरमा यो हदको प्रदूषण कसरी भयो ? धूलो नियन्त्रणमा महानगर कहाँ चुक्यो ?

हामीसँग अहिले ७ वटा इटालीयन ब्रुमर, २ वटा चीनको छेन्दु सरकारले दिएका ठूला ब्रुमर र एउटा पहिलाको पुरानो गरी १० वटा ब्रुमर छन् । साँझको समय भयो भने ब्रुमर हिँडेकाहिँड्यै हुन्छन् । ब्रुमरको ब्रस फेरेका फेर्‍यै छन् । पहिला जस्तो काठमाडौंमा धूलोको लेयर छैन । तर अहिले पनि शहरमा निर्माण कार्य जारी रहँदा धूलो पूरै नियन्त्रण हुन सकेको छैन । 

बाटोमा निर्माणका कार्य जारी हुँदा पेटीदेखि सडकसम्ममा निर्माण सामग्री राखिएकाले पूर्णरूपमा धूलो नियन्त्रण हुन नसकेको हो । महानगरबाहिरका सबै बाटो पिच भएमा मूल बाटोमा धूलो आउने थिएनन् । २०७५ मंसिरदेखि ब्रुमर चलेका कारण काठमाडौं महानगरभित्र धूलो कम भएको छ । महानगरभित्र ७० प्रतिशत धूलो घटाएका छौँ । 

महानगरभित्रको सडकलाई धूलोमुक्त बनाउने हाम्रो दायित्व हो, हामीले भ्याएसम्म गरेका छौँ । राजधानी शहरलाई स्वच्छ बनाउन हाम्रो प्रयास जारी रहन्छ । 

कोभिड–१९ को प्रकोष बढेपछि काठमाडौं महानगरको भूमिका कस्तो रह्यो ?

कोभिड–१९ नेपालमा प्रवेश गरेको थाहा पाउनेबित्तिकै २०७६ चैत्र ११ गते लकडाउन हुनुअगाडि नै हामीले महामारी रोग नियन्त्रणका लागि ५ करोडको कोष खडा गरेर शहरलाई निर्मलीकरण (म्ष्कष्लाभअतष्यल) गर्ने कार्य शुरू गर्‍यौं । यसैगरी रोगबाट बच्न प्रचार प्रसार तथा प्रमुखको सन्देश दिने, माक्स स्यानिटाइजर बाँड्ने, वडा कार्यालयहरूलाई पनि परिचालन गर्ने कार्य गर्‍यौं ।

राहत वितरणको मापदण्ड, न्यूनतम जीवननिर्वाहका लागि रोजगारीसम्बन्धी मापदण्ड तयार गरी राहत वितरण तथा रोजगारी प्रदान गर्‍यौं । यसैगरी शहिद गंगालाल, टिचिङ हस्पिटल, कान्ती बाल अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल, नेपाल कोरिया मैत्री अस्पताललगायत अन्य सामुदायिक अस्पतालहरूलाई करीब ६० वटा भेन्टिलेटर र स्वास्थ्य सामग्रीहरू खरिद गर्न करीब ४० करोड हाराहारीमा अनुदान उपलब्ध गरायौं ।

राधास्वामी आइसोलेसन सामाखुशी, छत्रपाटी निःशुल्क चिकित्सालय तथा नरदेवी आयुर्वेद अस्पतालमा अक्सिजनसहितको आइसोलेसन केन्द्र महानगरकै खर्चमा सञ्चालन गर्‍यौँ । यसैगरी महानगरका सबै वडा, शहरी स्वास्थ्य विभाग परिचालन गरी खोप कार्यलाई व्यापकता प्रदान गर्‍यौं । हाल पनि गरिरहेका छौँ ।

महानगरका सीईओको परिकल्पनाको ड्रिम काठमाडौं कस्तो हुने हो ? भविष्यमा के योजना बनाउनु भएको छ ?

मेरो ड्रिमको महानगर भनेको धूलोधँुवामुक्त शहर बनाउने हो । जहाँ नागरिकले घरबाटै सेवा सुविधा लिन सक्ने प्रविधिको विकास होस् । जन्मदर्तादेखि स्थानीय तहबाट पाउने सुविधा घरबाट लिन सकियोस् । सेवाग्राहीप्रति सभ्य र नरम, तालिम प्राप्त मेनपावर, गुणस्तरीय सर्भिस । फोहोरमैलाको राम्रो व्यवस्थापन । सफा चिटिक्क महानगर मेरो पनि कल्पना हो । सार्वजनिक शौचालयदेखि सार्वजनिक यातायातको राम्रो व्यवस्थापन भएको शहर । हामीले काम गर्दैछौं, काठमाडौंलाई आकर्षक शहर बनाउने हाम्रो योजना छ । 

काठमाडौं महानगरले देशका विभिन्न ५ नगरपालिकासँग भगिनी सम्बन्ध विस्तार गरेको तथा नगर–नगर साझेदारीमार्फत परियोजनामा साझेदारी गरेको छ । यसैगरी काठमाडौंभित्रका विभिन्न नगर कार्यपालिका कार्यालयलाई हरेक वर्ष साझेदारी स्वरूप १/१ करोड सहयोग गरेका छौं । निकट भविष्यमा पौरखी मेला भनेर स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने खालको ठूलो महोत्सव गर्दैछौं ।

काठमाडौंको खुलामञ्चमा गर्ने पौरखी मेलामर्फत देशका विभिन्न स्थानका उत्पादनलाई एकैठाउँमा राखेर प्रदर्शनी गर्ने, ठूला व्यावसायिक प्रतिष्ठान, चेन पसलहरू आदिसँग समन्वय गराई स्थानीय उत्पादनहरूलाई प्रवर्द्धन र विकास गराउने प्रयास गर्न गइरहेका छौं ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
पुस ८, २०७८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको कार्यदिशामा ठूलो परिवर्तन आउने बताएका छन् । २०६९ सालमा हेटौँडामा भएको महाधिवेशनले लिएको नीति र कार्यदिशा समग्रमा लागू हुन&...

मंसिर १, २०७८

२०७१ सालको एमालेको नवौं महाधिवेशनबाट सचिव निर्वाचित भएका पृथ्वीसुब्बा गुरुङ २०७४ सालसम्म एमालेको संगठन विभाग प्रमुख थिए । २०७४ सालको निर्वाचनपछि उनी गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भए । नेकपा एमालेमा स...

असोज २१, २०७८

नेकपा एमालेको पोलिटब्यूरो एवं केन्द्रीय कमिटी सदस्य अरुण नेपाल बागमती प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री भइसकेका नेता हुन् । एमालेमा यसअघि माधव नेपाल समूहमा रहेका उनले पार्टी विभाजनको समयमा उनल...

मंसिर ७, २०७८

वामपन्थी राजनीतिमा रुचि राख्नेका लागि लिलबहादुर थापा मगर (लीला थापा) नौलो नाम होइन । २०४६ सालको जनआन्दोलनदेखि २०६२/०६३ सालको जनआन्दोलनसम्म अग्रस्थानमा खटिनेमध्ये एक थिए, लीला । त्यसअघि २०३७ सालमा भएको जन...

माघ ३, २०७८

बद्रीबहादुर कार्की नेपालको संवैधानिक र कानूनी क्षेत्रमा एक परिचित नाम हो । लामो समय कानूनको अध्यापन र सर्वोच्च अदालतमा वकालत गरेका कार्की अहिले पनि सक्रिय छन् ।  कानूनी क्षेत्रमा फराकिलो पहिचानसहित विश...

पुस ९, २०७८

कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाको निवास रातोपुलमा शुक्रवार बिहान देशका विभिन्न जिल्लाबाट आएका कांग्रेस नेता/कार्यकर्ताको भीड थियो । डेमोक्रेटिक चिकित्सक संघलगायत संगठित तप्का पनि गगनलाई बधाई ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...