माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
मंसिर २२, २०७८
अमेरिकाका राष्ट्रपति जो बाइडन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच मंगलवार दुई घन्टाभन्दा बढी चलेको वार्तामा अन्य कुराका अलावा युक्रेन संकटको बारेमा चर्चा भएको रुस सरकार तथा ह्वाइट हाउस दुवैले जारी गरेको ‘रीडआउट’मा उल्लेख छ ।
पुटिनले युक्रेनमा आक्रमण गरेमा अमेरिकाले रुसमाथि कठोर प्रतिबन्ध लगाउने चेतावनी बाइडनले दिएको बाइडनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले शिखरवार्ता सकिएपछि सञ्चारकर्मीहरूलाई जानकारी दिए ।
सन् २०१४ मा रुसले युक्रेनमा आक्रमण गरेर क्राइमिया हात पारेको बेलामा अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्ध निष्फल भएको थियो । तर त्यसभन्दा कठोर प्रतिबन्ध लगाएर पुटिनलाई अप्ठ्यारोमा पार्ने चेतावनी बाइडनले दिएको बताइएको छ । यद्यपि पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय लिइसकेको जस्तो नलागेको जानकारी पनि सलिभानले दिए ।
अमेरिकाका गुप्तचर संस्थाहरूले युक्रेनमाथि रुसले सन् २०२२ को आरम्भतिर आक्रमण गर्न लागेको चेतावनी दिएको भए पनि मस्कोले त्यो झूटो खबर भएको दाबी गरेको छ । बाइडनसँग पुटिनको वार्तापछि अमेरिकी अधिकारीहरूले युक्रेनमाथि रुसले तत्काल आक्रमण नगर्ने संकेत पाएको देखिन्छ ।
रुसले युक्रेन सीमा नजिक विगत कैयौं महिनादेखि लगभग १ लाख सैनिक तथा सैन्य उपकरणहरू तैनाथ गरेपछि अमेरिकाले सम्भावित आक्रमणको आकलन सार्वजनिक हो । रुसले चाहिँ युक्रेनमाथि आक्रमण गर्ने आफ्नो कुनै योजना नरहेको बरू युक्रेनले नै रुसमाथि आक्रमण गर्ने योजना बनाइरहेको थाहा पाएकाले निवारणका लागि सैन्य तैनाथी गरिरहेको बताएको छ । युक्रेनले रुस सीमा नजिक १ लाख २५ हजार सैनिक तैनाथ गरेको बताइन्छ ।
युक्रेनलाई रुसले आफ्नो प्रभावक्षेत्र मान्ने गरेको छ र त्यहाँ पश्चिमी सैन्य गठबन्धन नेटोको उपस्थिति नहोस् भन्ने चाहना राखेको छ । युक्रेन नेटोको सदस्य हैन तर सन् २०१९ मा त्यहाँको संसद्ले दुईतिहाइ बहुमतका साथ मुलुकलाई नेटो तथा युरोपेली संघको सदस्य बन्नका लागि बाटो खोलेको छ ।
त्यति हुँदा पनि युक्रेन नेटोको सदस्य चाहिँ बनिसकेको छैन । तर नेटोका सदस्य मुलुकहरूले युक्रेनलाई जेभलिन एन्टी–ट्यांक क्षेप्यास्त्र, गाइडेड मिसाइल युद्धपोत तथा एन्टी–एयर मिसाइल ब्याट्रीज लगायतका घातक हातहतियार उपलब्ध गराएका छन् । युक्रेन र नेटोका सैनिकबीच सैन्य सहकार्यका लागि समझदारी समेत बनेको छ ।
सबभन्दा खतरनाक कुरा, युक्रेनमा मिसाइल बेस राख्दा रुसको राजधानी मस्को नै सुरक्षा जोखिममा पर्ने भएकाले रुस सतर्क बनेको हो । ती बेसहरूबाट प्रहार गरिएका क्रुज क्षेप्यास्त्रहरू जम्मा ६ मिनेटमा मस्कोको मध्यभाग पुग्ने सैन्य विश्लेषकहरूको आकलन छ ।
त्यसैले युक्रेनमा मिसाइल बेस राख्नु भनेको रुसले बनाएको लक्ष्मणरेखा नाघ्नु हो भनी पुटिनले चेतावनी दिएका छन् । तर बाइडनले यस्तो लक्ष्मणरेखालाई वास्ता नगर्ने बताएका छन् ।
यसैलाई ध्यानमा राखेर बाइडनसँग मंगलवार भएको शिखरवार्तामा पुटिनले नेटोको थप विस्तार नहुने कानूनी प्रत्याभूतिको माग गरेका छन् । नेटोले रुसविरुद्ध आक्रामक कदमहरू चालिरहेको आरोप लगाउँदै पुटिनले रुसको सीमामा रहेका कुनै पनि मुलुकमा आक्रामक हतियार प्रणाली स्थापित नगर्नका लागि ठोस प्रत्याभूतिको अपेक्षा गरेका छन् ।
तर आफ्ना शत्रुहरूलाई घेराबन्दी गरेर उनीहरूमाथि सुरक्षा जोखिमको तरवार झुण्ड्याउने अमेरिकाको नीतिअन्तर्गत नेटोले रुसको सीमा नजिक आफूलाई विस्तार गर्न खोजेको छ । पुटिन जस्ता चतुर रणनीतिक खेलाडीले यो चाल नबुझ्ने कुरै थिएन । त्यसलाई रोक्नका लागि उनले युक्रेन सीमा नजिक सेना तैनाथी गरेका हुन् र युक्रेनको दोनेत्स्क र लुहान्स्क क्षेत्रमा रहेका विद्रोही समूहहरूलाई समर्थन गरिरहेका हुन् ।
नेटोको आक्रामकतासँगै अमेरिकाको आर्थिक स्वार्थ समेत युक्रेन संकटको प्रमुख कारण हो । रुसले बाल्टिक समुद्र हुँदै जर्मनीसम्म ग्यास पुर्याउन १२ अर्ब डलर लगानीको नोर्ड स्ट्रीम २ पाइपलाइन बनाएपछि अमेरिका र (जर्मनीबाहेक अन्य) युरोपेली मुलुकहरूको पारा तातेको हो ।
संसारको लगभग २४ प्रतिशत प्राकृतिक ग्यासको भण्डार भएको रुसको ग्याजप्रोम कम्पनीले बनाएको यस पाइपलाइनको काम पूरा भइसकेको छ र ग्यास प्रवाह गर्न मात्र बाँकी छ । जर्मनीको उत्पादनमा आधारित अर्थतन्त्रका लागि रुसबाट आएको ग्यास अत्यन्तै महत्त्वपूर्ण स्रोत भएकाले ऊ नोर्ड स्ट्रीम २ को पक्षमा दृढतापूर्वक उभिएको छ ।
उता अमेरिका चाहिँ जर्मनी तथा युरोपलाई आफ्नो लिक्वेफाइड नेचुरल ग्यास (एलएनजी) बेच्न चाहन्छ । तर टाढाबाट ल्याइएको महंगो ग्यास किन्न युरोप इच्छुक छैन ।
युरोपले रुससँग मात्र ग्यास किनेकोमा अमेरिका असन्तुष्ट छ र आफ्नो ग्यासले पनि युरोपेली बजारमा पहुँच पाउनुपर्ने माग गरिरहेको छ । ग्यासमार्फत रुसले शक्ति आर्जन गर्न लागेको अमेरिकाले पचाउन सकेको छैन ।
यहाँ युक्रेन कसरी जोडिन्छ त ? अहिले युक्रेनको बाटो हुँदै पाइपलाइनमार्फत रुसी ग्यास युरोप पुगिरहेको छ । युक्रेनले त्यसबापत ग्यास ट्रान्जिट फी कमाइरहेको छ ।
नोर्ड स्ट्रीम २ ले चाहिँ युक्रेनको बाटो छलेर बाल्टिक समुद्रको बाटो अपनाएपछि युक्रेनमाथि लगाम कस्न रुसलाई सजिलो हुने भएको छ ।
युक्रेन र पोल्यान्ड जस्ता रुसका छिमेकी पूर्वी युरोपेली मुलुकहरू र लिथुआनिया, लाट्भिया र एस्टोनिया जस्ता बाल्टिक मुलुकहरूले रुससँग निहुँ खोजेमा रुसले उनीहरूको ग्यास आपूर्ति रोकिदिन सक्छ । त्यसरी ग्यास आपूर्ति रोकेको सजाय पनि उसले भोग्ने छैन किनकि नोर्ड स्ट्रीम २ मार्फत उसले युरोपेली संघका बजारहरूमा पहुँच कायम राख्नेछ र पैसा पनि कमाइरहनेछ ।
अनि युरोपेली मुलुकहरूले रुससँग निहुँ खोजेमा उसले ग्यास आपूर्ति रोकिदिन सक्ने भएकाले यो रुसको बलियो हतियार भएको विरोधीहरूको तर्क छ । युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले यो पाइपलाइन परियोजना क्रेमलिन (रुस सरकार) को खतरनाक भूराजनीतिक हतियार भएको दाबी गरेका छन् ।
अनि क्राइमिया हात पारेको र युरोपेली संघलाई कमजोर बनाउनका लागि विभिन्न गतिविधि गरिरहेको रुसलाई पाइपलाइन परियोजनामार्फत किन पुरस्कृत गर्नुपर्ने भनेर समेत केही युरोपेली मुलुकहरूले प्रश्न उठाइरहेका छन् ।
रुसले चाहिँ ग्यास आपूर्तिको अविरल प्रवाह रोक्ने गैरजिम्मेवार काम आफूबाट नहुने बताउँदै आएको छ ।
नोर्ड स्ट्रीम २ पाइपलाइन जसरी पनि विफल होस् भन्ने अमेरिका र केही युरोपेली मुलुकको उत्कट चाहना रहेको रहस्य ब्लूमबर्ग पत्रिकाले मंगलवार छापेको एउटा खबरमा खुलेको छ । ब्लूमबर्गले हात पारेको दस्तावेजमा उल्लेख भएअनुसार, रुसले युक्रेनमाथि आक्रमण गरेमा अमेरिकाले जर्मनीलाई नोर्ड स्ट्रीम २ ग्यास पाइपलाइन परियोजना बन्द गर्नका लागि दबाब दिनेछ ।
बाइडन प्रशासनले यस्तो परिस्थिति निर्माण भएमा जर्मनीको नयाँ सरकारबाट पाइपलाइन रोक्ने विषयमा प्रतिबद्धता खोजिरहेको ब्लूमबर्गले गोप्य वार्तामा सहभागी एक स्रोतलाई उद्धृत गर्दै लेखेको छ । भनाइको मतलब, नोर्ड स्ट्रीम २ पाइपलाइन रोकियोस् भन्ने अमेरिकी चाहनालाई युक्रेनमाथि रुसको आक्रमणले साकार पार्नेछ । त्यही कारणले गर्दा युक्रेनमाथि आक्रमण गर्न रुसलाई उत्तेजित पार्ने गतिविधिहरू नेटोले हालका दिनमा गरिरहेको हो ।
जर्मनीकी बहालवाला चान्सलर अंगेला मर्कलले अमेरिकाको दबाब सहेर भए पनि नोर्ड स्ट्रीम २ लाई अघि बढाइरहेकी छन् । उनका उत्तराधिकारी (चान्सलर बन्न लागेका) ओलाफ शोल्ज पनि यस पाइपलाइनको पक्षमा देखिएका छन् भने भाइस चान्सलर बन्न लागेका रोबर्ट हाबेकले चाहिँ युक्रेनमा विकसित घटनाक्रमले पाइपलाइन परियोजनामा असर पार्ने बताएका छन् ।
जर्मनीको नियामक संस्थाले यस पाइपलाइनलाई प्रमाणीकरण गर्न मानेको छैन किनकि पाइपलाइनको जर्मन सञ्चालकले जर्मनीको कानूनबमोजिमको काम नगरेको उसको तर्क छ । युक्रेन संकटको बहाना बनाएर अमेरिका र युरोपेली मुलुकहरूले जर्मनीलाई यस पाइपलाइनमार्फत रुसबाट ग्यास प्रवाह नगराउनका लागि दबाब दिने सम्भावना पनि प्रबल छ ।
युरोपलाई आफ्नो ग्यास बेच्नका लागि दबाब दिने उद्देश्यले युक्रेनलाई अमेरिका तथा नेटोले रणभूमि बनाउन खोजेको यसबाट देखिन्छ । बाइडन र पुटिनबीच मंगलवार भएको वार्तामा युद्ध चर्किने परिस्थिति बन्न नदिने भनिए पनि दुवै पक्षको भूराजनीतिक र भूआर्थिक स्वार्थका कारण युद्ध हुन सक्ने सम्भावनालाई पूरै नकार्न भने सकिँदैन ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...