मंसिर ३, २०८०
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
मंसिर २५, २०७८
विगतमा नेपाली कांग्रेसको महाधिवेशनका बेला देशको राजनीतिलाई दिशानिर्देश गर्नका लागि महत्त्वपूर्ण राजनीतिक निर्णय हुने गरेको थियो ।
यसपटक बाध्यात्मक परिस्थितिमा महाधिवेशन हुँदैछ । संविधान र पार्टी विधानले बाध्य नपारेको भए अहिले पनि महाधिवेशन हुन्थ्यो, हुन्नथ्यो यसै भन्न सकिन्न ।
समयमै पार्टीको महाधिवेशन गर्नेबारे नेताहरूले पटक्कै दूरदर्शिता देखाउन सकेनन् । लोकतान्त्रिक पार्टीको महाधिवेशनलाई पटक–पटक सारेर पार्टीलाई भागबण्डामा चलाउने काम भयो ।
जसरी हुन्छ, पावर ग्र्याप गर्ने नेताहरूमा जुन किसिमको चिन्तन देखियो, त्यो दुःखद् छ । समयको गति र शक्ति आकलन गर्न नसक्दा पछि पछुतो मात्र हुन्छ, कांग्रेसका लागि ।
नेपालमा लोकतान्त्रिक मूल्य मान्यता र इमानको राजनीतिको स्खलनको कुरा हामीले धेरै गर्यौं । संविधान सभामार्फत धेरै कुराको परिवर्तन गर्यौं । तर देशको अवस्था धापमा परेको जनावरजस्तो झन्झन् भासिँदै गएको देखिन्छ । देशका समस्या समाधान गर्ने मामिलामा नेताहरूमा पटक्कै दूरदर्शिता देखिएन ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन बाध्यताको उपज बनेको छ । समावेशिता आजको आवश्यकता हो, तर यसमा यति जटिलता थप्यौं कि केन्द्रको विवाद गाउँसम्म जाने कुरालाई प्रश्रय दिएका छौं ।
नेताहरूले तेरो/मेरो गुटको कुरा गरेर तलसम्म कार्यकर्तालाई विभक्त गर्यौं । नेताहरू राष्ट्रको गरिमा बढाउने र पार्टीलाई बलियो बनाउने भन्दा पनि गुटको पक्षपोषणमा दंग हुनुहुन्छ । मुलुकका अगाडि देखिएका समस्या समाधान नहुँदा देश दुर्घटनाउन्मुख छ, यसमा कांग्रेस अछुतो रहन्न ।
महाधिवेशनलगत्तै मुलुकमा सबै तहका निर्वाचन सामुन्नेमा आउँदैछ । देशको राजनीतिक परिस्थितिले गर्दा मुलुक अर्ली इलेक्सनमा पनि जान सक्ला । मुलुकमा कुनै राजनीतिक उथलपुथल हुनसक्ने संकेत मैले पाएको छु । त्यसको एउटा कारण एमसीसी पनि हुनसक्छ ।
इलेक्सनअघि कांग्रेसले आफ्ना भाँचिएका र कुँडिएका मनहरूलाई मिलाउन सक्नु पर्छ । महाधिवेशनलगत्तै कांग्रेसले प्रत्येक गाउँमा गएर कुँडिएका मनलाई मिलाउन सकेन भने ठूलो भुमरीमा फस्छ ।
सबै पद प्रतिष्ठाका लागि भागदौड गरिरहेको समयमा मैले यसपटकको महाधिवेशनबाट आफूले स्वैच्छिक अवकाश जस्तो लिएको छु । समाजमा एकपटक पद र मान पाएको व्यक्तिले सधैँ पदको हानथाप गर्नुहुँदैन भनेर हानथापबाट अलग्गै रहने निर्णय लिएको हुँ । म जस्ता हजारौं कार्यकर्ताले महाधिवेशनमा भाग लिन चाहेका छैनन् ।
कतिपयले वामपन्थी दल विभाजित छन्, त्यसैले धेरै मेहनत नगरे पनि कांग्रेसले सर्लक्क जित्छ भन्छन्, तर परिस्थिति त्यस्तो पनि छैन । अस्ति एमालेको अधिवेशनमा देख्यौं नि, सत्ता र पैसाको खर्च गरेर भीड उतार्नै प्रतिस्पर्धा । यो राजनीतिमा देखिएको नैतिकताको स्खलन पनि हो ।
राजनीतिक दलका ठूला सभामा अनेक किसिमका स्रोत र साधन प्रयोग भयो भन्ने कुराको कतै चिन्ता छैन, केवल यति मान्छे आए भनेर वाहवाही मात्र गरियो ।
कांग्रेसमा विवेक शून्य जमात
अधिवेशनपछि कांग्रेसमा विवेक शून्य मानिसको जमात र भीड लाग्ने खतरा देखिएको छ । अहिले जति पनि महाधिवेशन प्रतिनिधि आएका छन्, तलैबाट गुटको आधारमा विवेक शून्य हिसाबले केन्द्रको अधिवेशनमा आएका छन् ।
यसअघि तल अलिकति विवेक प्रयोग हुन्थ्यो, जसका कारण केन्द्रमा सन्तुलित परिणाम आउँथ्यो ।
अहिलेका प्रतिनिधि हेर्दा उनीहरूले विवेक प्रयोग गर्ने छाँट देखिएको छैन । केन्द्रको महाधिवेशनमा क्षेत्रको जस्तो नहोस्, सन्तुलित परिणाम आओस् भन्नेमा प्रतिनिधि सचेत हुनुपर्छ ।
२१ औं शताब्दीको माग सम्बोधन गर्न सक्ने नेतृत्व आओस् भन्ने हाम्रो चाहना छ । नेपाली कांग्रेस देशभित्र मात्र होइन बाहिर पनि एउटा विश्वसनीयता कमाएको दल हो ।
विदेशीले अहिले पनि कांग्रेसलाई विश्वास र भरोसा गर्छन् । लोकतन्त्रको मूल्य मान्यता रहँदासम्म अझैपनि कांग्रेस अरू दलभन्दा पृथक छ, किनभने लोकतान्त्रिक अभ्यासको खुला प्रयोग अरू पार्टीमा यति पनि छैन ।
निष्ठा र निरन्तरताको कुरा गर्दा अन्य पार्टी कांग्रेसको तुलनामा पनि छैनन् । अहिले नेपालका वामपन्थी दलमा इमानको कुनै लक्षण देखिँदैन । त्यो रोग कांग्रेसमा नसरोस् भन्ने हाम्रो शुभेच्छा हो । कांग्रेसले बीपीको आदर्शको कुरा बिर्सेर अरू कुराको बहस गर्न सकिँदैन । संस्थापक नेताहरूको आदर्श अनुशरण गरेका कारण कांग्रेस अहिलेसम्म बचेको हो ।
पछिल्लो समयमा कांग्रेस नेता कार्यकर्तामा आदर्शको क्षयीकरण शुरू भएको छ । आफ्नो पार्टीको निर्वाचनमा पनि लाखौँलाख खर्च गरेर निर्वाचित हुने होड चलेको छ । त्यो मानसिकताले हामी कहाँ पुग्छौं ?
राजनीतिले कोल्टे फेर्ला ?
समकालीन नेताहरूलाई पावरको तृष्णा मेट्न सत्तामा रहौं जस्तो लाग्छ होला । त्याग अहिलेको नेतृत्वबाट आउन सकेन ।
शेरबहादुरजीलाई पार्टीको अभिभावक बन्ने अवसर थियो यसपटक, त्यो उहाँले गुमाउनुभयो । उहाँकै पालमा पार्टी कार्यालयमा अनशन बस्नु परेको, प्रहरी लगाएर अधिवेशन गर्नु परेको जस्तो घटना अहिले भयो ।
अभिभावकत्व ग्रहण गर्नुस्, भन्ने आग्रह स्वीकार नगरेर आफ्नो गुटको पक्षपोषणमा लागेको देखियो ।
हिजो शेरबहादुरजीलाई अन्याय भयो भन्नेहरू आज शेरबहादुरजीबाट अन्याय भयो भनेर लागिरहेका छन् । विमलेन्द्र निधि र गोपालमानले आफ्नो कुरो राख्नुभएको छ ।
शेरबहादुरजीले आफ्नो एकछत्र कायम गर्ने, अर्को पक्षका आकांक्षी अलिकति पनि टसमस नहुने कुरा भयो । समयको औचित्य, आवश्यकता र जनभावनअनुसार काम गरेको देखिएन ।
पेलेर अगाडि बढ्ने जस्तो कांग्रेसमा देखियो । अझै पनि आशावादी छौं, कांग्रेसको आन्तरिक लोकतन्त्रमा यत्रो खारिएर आएको अभिमत र विचारले राम्रो नेतृत्व छान्ला भनेर विश्वास गरौं ।
महाधिवेशनपछि कांंग्रेसले आजको समस्या समाधन र चुनौती के हुन् भन्ने कुरा ब्लु प्रिन्ट गरेर जनतामा लैजानुपर्छ, सोहीअनुसार समाधानको विकल्प दिनुपर्छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायमा कांग्रेसप्रतिको आस्था र विश्वास घटेको छैन । लोकतान्त्रिक प्रक्रिया पनि भइरहेको छ । तर निष्ठा र इमान्दारितामा प्रश्न उठिरहेको छ । धेरै विकृति सहँदै यहाँसम्म आइपुग्यौं ।
भृकुटीमण्डपबाट निस्कँदै गरेको कांग्रेस
भृकुटीमण्डपबाट निस्कँदै गरेको कांग्रेसले देशको समस्या समाधान गर्नुपर्छ । महाधिवेशनबाट नयाँ पुस्ताको आगमन हुँदैछ ।
४० वर्षका युवाहरूले जन्मेदेखि अहिलेसम्म त्यही नेताको अनुहार देखिरहेका छन् । यस किसिमका चुनौतीलाई आशा जगाउने समाजवादउन्मुख भनेर बनायौं ।
चुनौतीलाई सामना गर्न सक्ने भिजनरी नेतृत्व आउनुपर्छ । क्षमतावान युवा नेतृत्व आउँछ भन्ने आशा गरौं । जसरी धापमा परेको जनावर जति चलायो झन् भासमा पुग्दै गर्छ, त्यसैगरी कांग्रेसलाई भासमा पर्न नदिन केही गर्नुपर्ने अवस्था छ ।
देशको अर्थतन्त्र जर्जर बनेको र असफलतातर्फ उन्मुख देशलाई सफलतातर्फ लैजान दूरदृष्टि र क्षमताको आवश्यकता छ ।
देशलाई निकास दिन सक्यो भने कांग्रेस महाधिवेशनको सार्थकता छ, होइन भने समयको बेगले कांग्रेसलाई पनि अछुतो राख्दैन ।
म भने नेपाली कांग्रेसको यो महाधिवेशनमा प्रतिस्पर्धा भन्दा बाहिर छु । किन भाग नलिने भन्दा, म जत्तिको मान्छेलाई पदको जरुरत छैन । नेताहरूले मलाई किन छाड्ने भनेर सोध्ने ? आज मैले त्याग गरे भोलि झन् राम्रो हुन्छ भन्ने कुरा बुझे हुने नि ! कांग्रेसलाई बलियो पार्टी बनाउन छाडेको हो । किसुनजी र गणेमानजीको प्रेरणा पनि हो ।
मैले त्यागें, साथीहरूले त्यागको भावना देखाएनन्, पद नै सबैथोक भनेर लड्दा कांग्रेस सिद्धिन्छ ।
(कुराकानीमा आधारित)
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...