×

NMB BANK
NIC ASIA

वसन्त चौधरीले पाए भारतको प्रतिष्ठित केएलएफ अवार्ड

मंसिर २९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको बहुचर्चित कलिङ लिटररी फेस्टिबलमा साहित्यकार वसन्त चौधरीको कृतिले ‘पोएट्री बुक अफ दी इयर’को अवार्ड पाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

वर्ष २०२०–२१ का लागि ‘केएलएफ पोएट्री बुक अफ दी इयर’को अवार्ड चौधरीको हिन्दी कविता संग्रह ‘अनेक पल औ मैं’ ले पाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वाणी प्रकाशनबाट प्रकाशित यो पुस्तक नेपाल, भारत र विश्वभरका हिन्दीभाषीमाझ निकै चर्चित छ ।


Advertisment
Nabil box
Kumari

विभिन्न विधामा प्रकाशित उत्कृष्ट कृतिहरूका लागि प्रत्येक वर्ष केएलएफ बुक अवार्डस् वितरण गर्ने गरिन्छ । 

Vianet communication
Laxmi Bank

प्रत्येक वर्ष हिन्दी भाषामा प्रकाशित नन्फिक्सन, फिक्सन बुक, कविता संग्रह, हिन्दी बुक, बायोग्राफी अटोबायोग्राफी, भाषा, पर्यावरण, बच्चाहरूसँग सम्बन्धित कृति, बिजनेश बुक्स, लाइफ स्टाइल, इमरजिङ ट्रेण्ड बुक्स, खेल तथा सामरिक लगायतका विषयमा लेखिएका पुस्तकहरुबाट उत्कृष्ट छानेर अवार्ड घोषणा गर्ने गरिन्छ ।

कलिङ लिटररी फेस्टिबल (केएलएफ) अन्तर्राष्ट्रियस्तरमै चर्चित साहित्य महोत्सव समेत हो, जुन प्रत्येक वर्ष भारतको ओडिसास्थित मन्दिरै मन्दिरहरूको शहरले चिनिने भूवनेश्वरमा आयोजना गर्ने गरिन्छ । यो वर्ष भूवनेश्वरको स्वस्ती प्रिमियम होटलमा आठौं कलिङ साहित्य महोत्सव आयोजना गरिएको हो । 

स्वतन्त्र अवार्ड छनोट समितिबाट छनोट भएका पुस्तकका सर्जकलाई डिसेम्बर १० देखि १२ सम्म आयोजित साहित्य उत्सवमा अवार्ड वितरण गरिएको हो । 

कलिङ लिटररी फेस्टिबलका संस्थापक तथा निर्देशक रश्मी रञ्जन परिदाका अनुसार यो पटकको महोत्सवमा नेपाल साझेदारी देशको रुपमा सहभागी थियो । महोत्सवमा नेपालका राजनीतिज्ञ तथा साहित्यकारहरूको समेत सहभागिता थियो । 

यो वर्षको महोत्सवका क्रममा भारतबाहिर पहिलोपटक नेपालमा समेत कलिङ साहित्य महोत्सव गर्ने महत्त्वपूर्ण सम्झौतासमेत भएको परिदाले जानकारी दिइन् ।  यस सम्बन्धमा ‘श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर’सँग केएलएफको एक सम्झौता समेत भएको छ । 

नेपालमा अब यो महोत्सव प्रत्येक वर्षको अप्रील–मईमा आयोजना गरिनेछ । परिदाका अनुसार केएलएफ बुक अवार्डस् विभिन्न शैलीका साहित्यिक प्रतिभाहरूको पहिचान गर्न, उनीहरूलाई प्रोत्साहित गर्न र सम्मान गर्नका लागि अवसर प्रदान गर्ने माध्यम हो ।

पुरस्कारका लागि एक स्वतन्त्र निर्णायक मण्डलहरूले पुस्तकहरूको चयन गर्ने गर्छ । यस्तो मण्डलमा साहित्यकार, कलाकार तथा अन्य क्षेत्रका विद्धानहरू समेत सहभागी हुने गर्छन् ।

प्रतिष्ठित विधामा केएलएफ अवार्ड पाउने वसन्त चौधरी नेपालका साहित्यिक जगतमा एक स्थापित नाम हो । उनले हिन्दी, अंग्रेजी, नेपाली, मैथिलीलगायतका भाषामा निरन्तर साहित्य सिर्जना गर्दै आएका छन् । 

उनले विशेष गरी गीत, गजल, कथा, निबन्ध जस्ता साहित्यिक विधामा कलम चलाउँदै आएका छन् । उनका दर्जनौं कृतिहरू समेत प्रकाशित छन् भने उनीद्वारा लिखित दर्जनौँ गीतहरू चर्चित छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x