×

Nic Asia
Dabur
Prabhu Bank

आणविक युद्धको खतरा

'लिमिटेड न्युक्लीयर एक्सचेन्ज'को चर्चा : अमेरिका-रुस तनाव आणविक युद्धसम्म पुग्ला ?

काठमाडाैं | मंसिर २९, २०७८

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

युक्रेनको विषयमा रुस र पश्चिमबीच तनाव बढिरहँदा परम्परागत युद्ध मात्र नभई आणविक युद्ध समेत हुने आशंका व्यक्त गरिएको छ । रुस आणविक हतियारसम्पन्न मुलुक भएकाले पश्चिमले यस्तो आशंका गरेको हो । 

yONNEX
IME BANK INNEWS

पश्चिमले रुसमाथि आणविक हतियार प्रयोगको शंका गरिरहेको बेलामा अमेरिकाका रिपब्लिकन सिनेटर रोजर विकरलेरुसमाथि आणविक आक्रमण समेतको विकल्पलाई अमेरिकाले बेवास्ता गर्न नहुने गत साता बताए । सिनेट आर्म्ड सर्भिसेस कमिटीका दोस्रा सबभन्दा प्रभावशाली सदस्य विकरले अमेरिकी सैनिकहरूलाई रुसका छिमेकी मुलुकहरूको जमीनमा उतार्ने काम अनि आणविक कारवाही समेतलाई ‘रुल आउट’ गर्न नहुने भनाइ राखेका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

अमेरिकाले स्पष्ट रूपमा आणविक हतियारको प्रथम प्रयोग नगर्ने (नो फर्स्ट युज) नीति लिएको छैन । यस विषयमा अमेरिकी अधिकारीहरूले विचार विमर्श चाहिँ गरिरहेका छन् । 

अमेरिकी संसद्को अनुसन्धान शाखा कंग्रेसनल रिसर्च सर्भिसको वेबसाइटमा उल्लेख गरिएअनुसार, बाइडन प्रशासनले गत जुलाई महिनादेखि न्युक्लीयर पोस्चर रिभ्यु अर्थात् आणविक हतियारको प्रयोग विषयक समीक्षा थालेको थियो । अध्ययनलाई सन् २०२२ को आरम्भसम्ममा टुंग्याउने बताइएको छ । 


Advertisment
Lokantar App
Saurya island

यसमा अमेरिकाले शत्रुहरूलाई आक्रमण गर्नबाट रोक्न (डिटरेन्स) तथा साझेदारहरूलाई प्रतिरक्षाको प्रतिबद्धता व्यक्त गर्न कहिले, कसरी र किन आणविक हतियार प्रयोग गर्ने विषयमा समीक्षा गर्नेछ । युद्धको स्थितिमा अमेरिकाले आणविक हतियारको प्रथम प्रयोग कहिल्यै नगर्ने भनी प्रतिज्ञा गर्ने कि नगर्ने विषयमा समीक्षाले जोड दिएको छ । 

भनाइको मतलब, अमेरिकाले रुस र चीन जस्ता आणविक हतियारसम्पन्न मुलुकलाई रोक्नका लागि आफैं आणविक हतियार उपयोग गर्न सक्ने सम्भावना जीवितै छ । यस्तो स्थितिमा सिनेटर विकरको बयानलाई उनको निजी अभिव्यक्ति भनी सामान्य ठान्न मिल्दैन किनकि अमेरिकाको संस्थापन पक्ष नै आणविक हतियारको उपयोगलाई परहेज गर्ने सोच राख्दैन ।

Vianet communication

लगभग दुई वर्षअघि अमेरिकाले रुससँग युद्धको स्थितिमा आणविक हतियार उपयोग गरिने नक्कली युद्ध (सिमुलेटेड) अभ्यास गरेको कुरा यहाँ स्मरणीय छ । द गार्डियन पत्रिकामा छापिएको खबरअनुसार, अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले पत्रकारहरूलाई सीमित दायरामा गरिने आणविक युद्ध (लिमिटेड न्युक्लीयर एक्सचेन्ज) का विषयमा त्यतिखेर जानकारी दिएको थियो । 

यसलाई अझै स्पष्ट पारौं । आणविक हतियारहरू दुई किसिमका हुन्छन् : ट्याक्टिकल र स्ट्राटेजिक । ट्याक्टिल हतियारले शत्रुको सीमित क्षेत्रमा विनाश मच्चाउँछन् भने स्ट्राटेजिक हतियारको दायरा विशाल हुन्छ । स्ट्राटेजिक हतियारलाई दुवै पक्षले उपयोग गरेमा यो ग्रहलाई नै समेत ध्वस्त पार्न पनि सक्छ ।

दुई वर्षअघि अमेरिकी सैनिकहरूले नेब्रास्कामा रहेको यूएस स्ट्राटेजिक कमान्डमा सीमित दायराको आणविक हतियार सहितको युद्ध अभ्यास गरेका थिए । त्यसमा तत्कालीन रक्षामन्त्री मार्क एस्पर समेत सहभागी थिए । 

रुससँगको युद्धको परिस्थिति कल्पना गर्दै रुसले नेटो सदस्य मुलुकको भूभागमा सीमित दायराको आणविक हतियार उपयोग गरेको खण्डमा अमेरिकाले आणविक हतियारमार्फत नै जवाफ फर्काउने अभ्यास त्यतिखेर गरिएको थियो । 

सीमित दायरको आणविक युद्धको अवधारणा नै मूर्खतापूर्ण रहेको अमार लेख्छन् । उनका अनुसार, आणविक हतियारहरूले शत्रु मुलुकका हतियार प्रणाली, सैन्य जत्था र शहरहरूलाई ध्वस्त पार्नेछ । 

सीमित दायरामा प्रभाव पार्ने गरी आणविक हतियारमार्फत जवाफ फर्काउने भनी यहाँ सानो संख्याका आणविक हतियारको उपयोगलाई इंगित गर्न खोजिएको हो । त्यही प्रयोजनका लागि आन्ध्र महासागरमा अमेरिकाले सन् २०१९ मा पनडुब्बीबाट प्रक्षेपण गरिने डब्ल्यू७६–२ आणविक क्षेप्यास्त्र समेत तैनाथ गरेको छ । 

रुसले सीमित दायराको आणविक हतियार प्रयोग गर्न सक्ने आकलन गरेर अमेरिकाले उक्त तैनाथीलाई जायज ठहर्‍याएको छ । 

सन् १९८२ देखि १९९३ सम्म आणविक हतियारको प्रथम प्रयोग नगर्ने नीति रुसले अपनाएको थियो । तर सोभियत संघको पतनपछि परम्परागत शक्ति कमजोर बनेको अवस्थामा अमेरिकाले आफूलाई सिध्याइदेला भन्ने डरले गर्दा रुसले आणविक हतियारको प्रथम उपयोग गर्न सकिने नीति अपनायो । 

सन् २०२० को जुन २ मा रुस सरकारले आणविक निवारणका विषयमा एउटा दस्तावेज जारी गरेको थियो ।

प्रिन्सिपल्स अफ स्टेट पोलिसी अफ द रसियन फेडरेसन इन द स्फियर अफ न्युक्लीयर डिटरेन्स नामक ६ पृष्ठ लामो उक्त दस्तावेजमा रुसले विशेष परिस्थितिमा आणविक हतियारको उपयोग गर्न सक्ने उल्लेख गरिएको छ । रुसको भूमिमा ब्यालिस्टिक क्षेप्यास्त्र वा आणविक हतियार प्रयोग गरिएको खण्डमा वा रुसका हतियार प्रणालीलाई बेकामे बनाउने गरी आक्रमण गरिएमा रुसले आणविक हतियार उपयोग गर्ने स्पष्ट लेखिएको छ । 

रुससँग ४३ सयभन्दा बढी आणविक वारहेडहरू रहेको अनुमान गरिन्छ । अहिले रुस र पश्चिमबीच तनाव चर्किरहेको अवस्थामा जानाजान वा भूलवश आणविक हतियारको उपयोग गरिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । 

हुन पनि रुसका परराष्ट्र राज्यमन्त्री सर्गे र्‍याबकोभले मंगलवार रुसको आरआईए समाचार संस्थासँग कुराकानी गर्दै पश्चिमले युरोपमा मध्यम दूरीको आणविक हतियारमाथि रोक नलगाएमा रुसले आणविक हतियार उपयोग गर्न सक्ने बताए । युक्रेन सीमाको तनाव घटाउनका लागि रुसले चाहेमुताबिक पश्चिमले गर्नुपर्ने विभिन्न पहलमध्ये यो हतियार प्रणालीमाथिको रोक पनि हो । 

५०० देखि ५५ सय किलोमिटर दायराका मध्यम दूरीका आणविक हतियारमा सन् १९८७ मा प्रतिबन्ध लगाइएको थियो । तत्कालीन सोभियत संघका नेता मिखाइल गोर्भाचोभ र अमेरिकाका राष्ट्रपति रोनल्ड रेगनले शीतयुद्धकालीन तनाव घटाउनका लागि प्रतिबन्ध सम्झौता गरेका थिए । 

तर सन् २०१९ मा अमेरिका उक्त सम्झौताबाट पछि हटेको थियो । रुसले जमीनबाट मार हान्ने क्रुज क्षेप्यास्त्रहरू विकसित गरिरहेको आरोप लगाउँदै अमेरिका सम्झौताबाट बाहिरिएको थियो । 

उक्त सम्झौतामा अमेरिका पुनः फर्किनुपर्ने र युरोपबाट मध्यम दूरीका क्षेप्यास्त्र हटाउनुपर्ने माग रुसले गरेको छ । अन्यथा आफूले परिस्थितिबमोजिम आणविक हतियार उपयोग गर्न सक्ने उसको भनाइ छ ।

आणविक हतियारको उपयोग आफैंमा भयावह हुन्छ । सीमित दायरामा प्रभाव पार्ने हतियारको असर पनि विशाल नै हुन्छ । 

आरटीमा प्रकाशित इस्तानबुलस्थित कोच विश्वविद्यालयका इतिहासकार तारिक सिसिल अमारको विश्लेषणमा उल्लेख भएअनुसार, आणविक हतियारको उपयोगले जनधनको ठूलो क्षति गर्नेछ र अहिले नै निकै बिग्रिसकेको वायुमण्डललाई दीर्घकालीन असर पर्ने गरी थप बिगार्नेछ । आणविक हतियारका कारण सीमित क्षेत्रमा नभई विश्वव्यापी रूपमा नै वातावरणीय क्षति पुग्ने तथ्यलाई विश्वका वैज्ञानिकहरूले औंल्याएका छन् । 

सीमित दायरको आणविक युद्धको अवधारणा नै मूर्खतापूर्ण रहेको अमार लेख्छन् । उनका अनुसार, आणविक हतियारहरूले शत्रु मुलुकका हतियार प्रणाली, सैन्य जत्था र शहरहरूलाई ध्वस्त पार्नेछ । 

त्यसपछि त्यो युद्ध कुनै दायरामा सीमित रहनेछैन । आक्रमण गरिएको मुलुकका अधिकारीहरूले अस्तव्यस्तता तथा आक्रोशको स्थितिमा आफ्ना हतियारहरू उपयोग गर्नेछन् अनि पूर्ण आणविक युद्ध चर्किनेछ । 

ठ्याक्कै यस्तै किसिमको परिस्थितिको परिकल्पना गत मार्च महिनामा प्रकाशित उपन्यास ‘२०३४ : ए नोभल अफ द नेक्स्ट वर्ल्ड वार’मा गरिएको छ । एलियट एकरम्यान र जेम्स जी स्टाभरिडिसले लेखेको उपन्यासमा अमेरिकाले चीनविरुद्ध परम्परागत हतियारमार्फत दबाब कायम गर्न नसकेपछि सीमित दायराको आणविक हतियार उपयोग गरेको अनि त्यसले अमेरिका आफैं र संसारमा विनाश मच्चाएको वर्णन गरिएको छ । 

रुस र पश्चिमबीचको तनाव कूटनीतिक माध्यमले अन्त्य नगरिएमा त्यस्तै परिदृश्य सन् २०२२ मा देख्न सकिने सम्भावना छ ।

अमेरिका र रुस जस्ता जिम्मेवार महाशक्तिहरूले त्यस्तो परिस्थितिको निर्माण नगर्लान् भन्ने अपेक्षा संसारले गरिरहेको छ । 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ३, २०७९

गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा जसपा नेता रामसहायप्रसाद यादव विजयी भएका छन् । शुक्रवार सम्पन्न निर्वाचनमा यादवले ३० हजार ३२८ मत प्राप्त गर्दा उनकी निकटतम् प्रतिद्वन्द्वी अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मत प्राप्त...

चैत १०, २०७९

फ्रान्समा अहिले आम हडताल र हिंस्रक विरोध प्रदर्शनको माहौल छ । राष्ट्रपति इम्मानुएल म्याक्रोंको सरकारले कामदारहरू सेवानिवृत्त हुने उमेर ६२ बाट बढाएर ६४ पुर्‍याउने विधेयक पारित गरेपछि त्यसको विरोधमा हिंस्रक प्र...

चैत ७, २०७९

राष्ट्रपति निर्वाचनमा धोका पाएका नेकपा एमालेका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपादेयता उपराष्ट्रपति निर्वाचनसम्म मात्र भनेर टिप्पणी गर्ने गरेका थिए । राष्ट्रपति आफ्नो ढोक्सामा पारेपछ...

चैत ७, २०७९

चीनका राष्ट्रपति सी चिनपिङले गरेको मस्को भ्रमण अभूतपूर्व रूपमा तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि गरेको पहिलो विदेश भ्रमण मात्र हैन । यो भ्रमण कुन परिस्थितिमा भइरहेको छ भन्ने कुरा महत्त्वपूर्ण छ ।  अहि...

चैत ७, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि अबको कोर्स सरकार विस्तारमा नै केन्द्रित हुने भएको छ । दुई महिनामा दोस्रोपटक विश्वासको मत पाएपछि प्रचण्डले २/४ दिनभित्रै सरकार विस्तार हुने...

चैत ६, २०७९

अमेरिकाले इराकमाथि युद्ध शुरू गरेको आज २० वर्ष पूरा भएको छ ।  तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले इराकमा आमविनाशकारी हतियार रहेकाले संसारलाई गम्भीर खतरा पुगेको जिकिर लिँदै आक्रमणलाई जायज ठ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x