बैशाख ६, २०७९
सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीलाई दिन सहमत भएपछि पोखरामा कांग्रेसभित्र विद्रोह भयो । कांग्रेस कास्की समितिका सचिवद्वयले सभापतिलाई जानकारी नै नदिई विज्ञप्ति प्रकाश...
काठमाडाैं | मंसिर २९, २०७८
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बेवसाइटमा राखिएको विवरणअनुसार दोस्रोपटक कांग्रेसको सभापति बन्दै गर्दा शेरबहादुर देउवा ७५ वर्ष (जन्मः १९४६ अर्थात् २००३ जेठ ३१ गते)मा चलिरहेका छन् । कांग्रेस सभापतिको दोस्रो कार्यकाल सकिने बेलामा उनी ८० कटेर ८१ वर्षमा लागेका हुनेछन् ।
नेपाली कांग्रेसको विधानअनुसार सभापतिको कार्यकाल चार वर्षको हुन्छ । तर, असाधारण अवस्थामा एक वर्ष म्याद थप गर्न सकिने व्यवस्था छ ।
विधानमा भएको सुविधालाई उपयोग गर्दै प्रायः सभापतिले समय थपेर कार्यकाल लम्ब्याउँदै आएका छन् । पार्टीको दर्ता खारेज हुने अवस्थामा मात्र कांग्रेसको महाधिवेशन हुने गरेको छ । अन्य कुरा यथावत रहेमा कांग्रेसको महाधिवेशन अब २०८३ सालमा हुनेछ । जतिबेला शेरबहादुर देउवा ८० पुगेर ८१ वर्षमा लागिसकेका हुनेछन् ।
कांग्रेसको ज्येष्ठ सभापतिको रेकर्ड भने गिरिजाप्रसाद कोइरालाले कायम गरेका थिए । २०६६ चैत ७ गते ८५ वर्षको उमेरमा निधन हुँदासम्म सभापति कोइराला नै थिए । त्यसपछि सभापति बनेका सुशील कोइराला २०७२ माघ २६ गते ७६ वर्षको उमेरमा निधन हुने बेलासम्म सभापति रहे । संस्थापक बीपी कोइरालाई अपवाद मान्दा ७० वर्षको उमेरमा नेतृत्वमा पुग्ने र ८० वर्षको उमेरसम्म नेतृत्वमै रहिरहने देखिन्छ ।
देउवा मात्र होइन अहिले सभापतिको प्रतिस्पर्धामा रहेका नेताहरूको उमेरले डाँडो काट्ने छ । अहिले ‘युवा’ नेता रहेका गगन थापा समेत १५ औं महाधिवेशनको बेलामा ५० वर्षमा प्रवेश गर्नेछन् ।
प्रचण्ड–ओलीलाई अनुकूलता
नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी हुँदा त्यसको प्रत्यक्ष फाइदा भने कांग्रेसका प्रतिस्पर्धी पार्टीलाई हुनेछ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी भएर एक्लै नहिँड्न कांग्रेसलाई सुझाव दिएका थिए । अहिलेको गठबन्धन आमनिर्वाचनसम्म नै कायम रहोस् भन्ने प्रचण्डको चाहना छ । देउवा स्वयंले आफू पराजित भए प्रधानमन्त्रीबाट हटाउने, वर्तमान सत्ता गठबन्धन ढल्ने भन्दै कार्यकर्तालाई सेन्टिमेन्टल बनाएका थिए ।
माघमा हुने राष्ट्रिय सभाको निर्वाचनसम्म सहकार्य गर्न भनेर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र समेत बनिसकेको छ । महाधिवेशन अघिसम्म देउवाले गठबन्धनको सहकार्य राष्ट्रिय सभा चुनावसम्म हुने बताएका थिए ।
प्रचण्डको चाहनाचाहिँ वर्तमान गठबन्धन चुनावसम्म लैजाने छ, चाहे अर्ली होस् या आवधिक चुनाव नै किन नहोस् । गठबन्धनमा दोस्रो तहका नेताहरूको भनाइ अनुसार प्रभावशाली नेताहरूको ठाउँमा कम्तिमा दश सीटमा तालमेल गर्न गृहकार्य भइरहेको छ ।
देउवा निर्वाचित हुँदा एमाले अध्यक्ष ओलीले पनि लाभ देखिरहेका छन् । सभापतिमा निर्वाचित भएपछि स्वाभाविक रूपले आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार देउवा बन्ने छन् । देउवालाई प्रधानन्त्रीको रूपमा अगाडि सारेर जाँदा जनताले नपत्याउने र त्यसको लाभ आफूले पाउने ओलीको विश्लेषण छ । राजनीतिक परिस्थितिभन्दा ज्योतिषशास्त्रमा भर गर्ने देउवाको अझै दुईपटक प्रधानमन्त्री बन्ने योग रहेको ज्योतिषीले बताइसकेका छन् । फेरि पनि कांग्रेसले देउवालाई अगाडि सार्दा एमालेलाई फाइदा नै छ । एमाले अध्यक्ष केपी शर्मा ओली र देउवा व्यक्तिगत रूपमा पनि नजिक छन् । मंसिर १० मा चितवनमा पुगेर देउवाले सँगै जेल बसेको साथी भनेर ओलीको प्रशंसा गरे । मंसिर २४ मा भृकुटीमण्डपमा आएर ओलीले पनि देउवाको प्रशंसा गरे । भलै ओली हिँडेपछि देउवाले ‘ओलीको त्रासबाट मुक्ति दिएको’ भन्दै कार्यकर्तासँग भोट मागे ।
पहिलो प्रतिनिधि सभा विघटनमा देउवाको मौनतलाई कांग्रेसभित्रकै कतिपयले ओलीसँगको मिलेमोतोको आरोप लगाएका थिए । पहिलो प्रतिनिधि सभा विघटनमा मौन बसेर देउवाले ओलीलाई सघाएका थिए । प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा देउवाले ओली सरकारको खासै आलोचना गरेनन् । बरु गगन थापा र मीनेन्द्र रिजालले संसद् तताए ।
कांग्रेसमा देउवाको पुनरागमनले दलभित्र भइरहेको नेतृत्व हस्तान्तरणको बहसलाई अस्वीकार गरिदिँदा वर्षौंसम्म पार्टीको नेतृत्वमा रहेका नेतालाई राहत महशुस भएको छ ।
देउवाका केही गुण, केही अवगुण
पाको उमेरको व्यक्ति नेतृत्वमा पुग्न हुँदैन भन्ने अवधारण गलत हो । पुरानो सोचाइको युवाभन्दा नयाँ सोचाइको वृद्धले पनि काम गर्न सक्छ भन्ने उदाहरण मोहम्मद महाथिर हुन् । जो ९२ वर्षको उमेरमा सन् २०१८ मा मलेसियाको प्रधानमन्त्री बनेका थिए ।
विश्वको दोस्रो जनसंख्या भएको मुलुकको नेतृत्व गरेका नरेन्द्र मोदीको उमेर ७१ वर्ष छ । केही अद्भुद क्षमता र निष्ठाका कारण मोदीले सवा अर्ब जनसंख्या भएको भारतलाई नेतृत्व प्रदान गरिरहेका छन् । उमेरले ७० कटेको भएपनि उनमा युवामा जस्तै जोश र जाँगर देखिन्छ । उनले युवालाई परिचालन गरिरहेका छन् । उनको सक्रियताले उमेर बिर्साइदिन्छ ।
खराबै किन नहोस्, डोनाल्ड ट्रम्पले ७० वर्षको उमेरमा संसार हल्लाए । नेपालमा पनि उमेरले ७५ पुगेपनि कांग्रेस कार्यकर्ताले आफ्नो भविष्य देउवा सभापति हुँदा नै देखे ।
तमाम् कमजोरीका बावजुद देउवाका केही विषेषता छन् । उनी धेरै बोल्दैनन्, मंसिर २४ गते कांग्रेस महाधिवेशनको उद्घाटन शत्रमा अन्य नेताहरूले सम्बोधन र भूमिका बाँध्न लगाएको भन्दा कम समयमा देउवाले आफ्नो सम्बोधन नै सके ।
निकटस्थहरूका अनुसार देउवामा प्रतिशोधको कुनै भावना छैन । देउवाको विकल्प खोज्न भन्दै उम्मेदवारी दिएर हिँडेका विमलेन्द्र निधि र प्रकाशमान सिंहलाई आफ्नै प्यानलमा फर्काउन सक्नु त्यसैको उपज भएको कांग्रेसका एक पुराना नेता बताउँछन् । ‘२०७४ सालमा आफ्नो सरकारमा सहभागी भएको माओवादी भूमिगत शैलीमा एमालेसँग चुनावी तालमेल गर्न गएको लामो समय नबित्दै माओवादीसँग सहकार्य गर्न तत्पर हुनु एउटा उदाहरण हो,’ पार्टीको सक्रिय राजनीतिमा नरहेका कांग्रेसका एक पूर्व केन्द्रीय सदस्यले भने ।
तर देउवा पटक–पटक प्रधानमन्त्री बन्ने असवर पाएपनि कुनैपनि कार्यकाल सम्झनलायक बनेको छैन । पहिलोपटक प्रधानमन्त्री बन्दा पजेरो काण्डदेखि जम्बो मन्त्रिपरिषद् बनाएको, दोस्रोपटक प्रधानमन्त्री बन्दा संसद् विघटनमार्फत प्रजातन्त्र दरबारमा बुझाएको आरोप लाग्यो । गोर्खाली राजाबाट न्याय पाएर तेस्रोपटक प्रधानमन्त्री बनेको समयमा आफँै अपदस्तमा परे ।
चौथोपटक प्रधानमन्त्री बनेर संविधान कार्यान्वयन गराउने चुनाव गराए, तर पार्टीलाई पराजय गराएको भन्दै अपजसको भागी बने । पाँचौपटक प्रधानमन्त्री बन्दा परमादेशको शासन चलाएको, प्रधानन्यायाधीशलाई भागबण्डामा मन्त्री दिएको जस्ता आरोप लाग्यो ।
र, शेखरले पाएको १८५५ मतको अर्थ
सस्थापन इतरका रामचन्द्र पौडेल, शशांक कोइराला लगायतको असहयोगका बावजुद शेखरले सभापतिका लागि भएको दोस्रो चरणको मतदानमा १ हजार ८ सय ५५ मत प्राप्त गरे । पहिलो चरणमाभन्दा कम मत खसेपनि शेखरले झण्डै डेढ सय मत बढाए । सभापतिका सबै प्रत्यासीले देउवालाई समर्थन गरिसकेपछिको माहोलमा पनि कोइरालाले पाएको १८ सय ५५ मतको अर्थ कांग्रेसभित्रको रूपान्तरणमा व्यक्त अभिमत हो ।
निर्वाचन जस्तो उत्कृष्ट लोकतान्त्रिक प्रणालीमा पनि कहिले काहीँ भीडको निर्णय विवेकभन्दा पनि आवेगमा हुन्छ । किन्तु, शेरबहादुर देउवालाई सभापतिमा मतदान गर्नेहरू विवेकशून्य भनेको होइन ।
रामचन्द्र पौडेल सक्रिय राजनीतिबाट पछि हटेपछि संस्थापन (देउवा) इतर समूहको नेतृत्व अब शेखर कोइरालमा सरेको छ । गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङलगायत कांग्रेसमा सुधारको अभियान चलाउनहरूको नेतृत्व शेखरले गर्नेछन् । पदाधिकारी कस्तो आउँछ भन्न सकिने अवस्था छैन, जति आउँछन् उनीहरूले यथास्थिनिमा रहन भने कदापी दिने छैनन् ।
पार्टी विधान संशोधन नगरी देउवा अर्को कार्यकालका लागि सभापति बन्न पाउने छैनन्, आफैँ अन्तिमपटक भनेका पनि छन् । तर देउवा ८० मा पुग्दै गर्दा गगन थापा पुस्ताले कांग्रेसलाई यथास्थितिमा चलाउन भने दिने छैन ।
सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीलाई दिन सहमत भएपछि पोखरामा कांग्रेसभित्र विद्रोह भयो । कांग्रेस कास्की समितिका सचिवद्वयले सभापतिलाई जानकारी नै नदिई विज्ञप्ति प्रकाश...
रुसले युक्रेनविरुद्ध चलाइरहेको सैन्य कारवाही दोस्रो चरणमा प्रवेश गरेसँगै डोनबास नियन्त्रणमा लिनका लागि भयानक लडाइँ चलिरहेको छ । डोनबासमा युक्रेनले रुसीभाषीहरूमाथि विगत आठ वर्षदेखि दमन गरेको भन्दै उन...
रुसले युक्रेनविरुद्ध सैन्य कारवाही चलाएपछि जापान र रुसको सम्बन्धमा तिक्तता आउन थालेको छ । अमेरिकाको साझेदार मुलुक जापानले हालैका दिनमा रुसमाथि विभिन्न किसिमका प्रतिबन्ध लगाएको छ । आजै (२० अप्रिलमा) ...
रणनीतिक रूपमा महत्त्वपूर्ण मरिउपोल शहरमा नियन्त्रण कायम गरेपछि रुसले पूरै डोनबास क्षेत्रमा आक्रमण बढाएको छ । किएभ र चर्निहिभबाट फिर्ता बोलाइएका रुसी सैनिकहरू डोनबास क्षेत्रमा तैनाथ भएर आक्रमणमा खटाइएका छन् ।&nbs...
तमाम अन्योल र आशंकाबीच शुक्रवार स्थानीय तह निर्वाचनको मतदान सम्पन्न भएको छ । एकाध ठाउँमा भएका झडपबाहेक प्रायः मतदान शान्तिपूर्ण भएको छ । प्रचण्ड गर्मी र झरीको पर्वाह नगरी मतदाताले आफ्नो विवेकको मत बाकसम...
केन्द्रीय गठबन्धनले गरेको सहमतिविपरीत बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा जनता समाजवादी पार्टीले प्रमुख/उपप्रमुख दुवै पदमा उम्मेदवारी मनोनयन दर्ता गराएको छ । सहमतिविपरीत जसपाले प्रमुखमा सोहन शर्मा र उपप्र...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...