२७ जेठ २०८३, बुधबार

हतियार प्रहारबाट १ जनाको मृत्यु

हतियार प्रहारबाट १ जनाको मृत्यु

झापाको दमक बजारमा बुधवार साँझ ७ बजेतिर १ युवकको हत्या भएको छ ।

दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

हतियार प्रहारबाट गम्भीर घाइते भएका पराजुलीलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकामा तत्कालै मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

घटनामा संलग्न कोही पनि तत्काल पक्राउ परेका छैनन् । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान शुरू गरेको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्