
फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी मृत्यु हुनेको संख्या २०८ पुगेको छ ।
योसँगै विनाशकारी टापुहरूमा पानी र खाद्यान्न पुर्याउने प्रयासहरू बढ्दै गएको छ ।
हालैका वर्षहरूमा फिलिपिन्स आएको घातक आँधीमध्ये एक भएको जनाइएको छ ।
राई आँधीले द्वीपसमूहको दक्षिणी र मध्य क्षेत्रलाई तहसनहस पारेपछि कम्तीमा २३९ जना घाइते भएका र ५२ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
यस आँधीको कारण यस क्षेत्रका तीन लाख भन्दाबढी मानिस आफ्नो घर र समुद्र तटको रिसोर्ट छोडेर भागेका थिए ।
आँधीले धेरै क्षेत्रमा सञ्चार र बिजुली अवरुद्ध पारेको छ । छाना उडाएको छ । बिजुलीका पोल ढलेका छन् र गाउँ बाढीमा परेका छन् ।
राईले गत बिहीवार प्रतिघण्टा १९५ किलोमिटर ९१२० माइल० गतिको हावाको गतिमा आएको सुपर टाइफुनको रूपमा देशमा प्रहार गरेको थियो । सबैभन्दा बढी प्रभावित क्षेत्रमा खोजी र उद्धार कार्यमा सहयोग गर्न हजारौं सेना, प्रहरी, तटरक्षक र दमकल खटिएका छन् ।
खाना, पानी र चिकित्सा आपूर्ति बोकेका नौसेनाका जहाजहरू प्रभावित क्षेत्रतर्फ पठाइँदै छन् । परोपकारी र आपत्कालीन सेवाहरूले चन्दाका लागि अपिल गरेका छन् ।
सन् २०१३ मा आएको हाइयान नामक आँधी यस देशको इतिहार घातक रहेको यसमा परी सात हजार ३०० व्यक्तिको मृत्यु वा बेपत्ता भएका थिए । -रासस/एएफपी