२६ जेठ २०८३, मंगलबार

वनमन्त्री हमाल र लुम्बिनी कांग्रेस संसदीय दलका नेता कानोडिया केन्द्रीय सदस्यमा पराजित

वनमन्त्री हमाल र लुम्बिनी कांग्रेस संसदीय दलका नेता कानोडिया केन्द्रीय सदस्यमा पराजित

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता वीरेन्द्र कानोडिया र वन वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र हमाल केन्द्रीय सदस्यमा पराजित भएका छन् । 

केन्द्रीय सदस्य (खुलातर्फ) पदका उम्मेदवार उनीहरू तोकिएको संख्या ३५ भित्र पर्न असफल भए । कानोडिया कपिलवस्तु र हमाल बाँकेबाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् ।  

कानोडियाले एक हजार ५१९ मत ल्याएका थिए । मन्त्री सुरेन्द्र हमाल पनि कांग्रेस केन्द्रीय सदस्यमा हारे । उनले एक हजार २०३ मत मात्र ल्याए । 

कानोडिया र हमाल संस्थापन प्यानलबाट उम्मेदवार थिए । कानोडिया लुम्बिनी प्रदेशको ‘वेयटिङ’ मुख्यमन्त्री रहेको बताइन्छ । 

लामो समय गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव रहेका रूपन्देहीका गोकर्ण पौडेल पनि केन्द्रीय सदस्यमा हारेका छन् । 

पाल्पाका हरि नेपाल पनि कांग्रेसको केन्द्रीय सदस्य पदमा दोहोरिन सकेनन् । गुल्मीका पूर्वसांसद त्रैलोक्य प्रताप सेनले पनि पार्टी चुनाव हारे ।

salt training

कमेन्ट गर्नुहोस्