२६ जेठ २०८३, मंगलबार

कांग्रेस महिला खुलातर्फको केन्द्रीय सदस्यमा ९ जना विजयी (मतपरिणामसहित)

कांग्रेस महिला खुलातर्फको केन्द्रीय सदस्यमा ९ जना विजयी (मतपरिणामसहित)


नेपाली काँग्रेसको महिला खुलातर्फको केन्द्रीय सदस्यमा ९ जना विजयी भएका छन् । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत एक साताअघि भएको निर्वाचनको सोमबार सम्पन्न महिला खुलातर्फको मतगणनामा ९ जना विजेताको टुंगो लागेको हो ।

निर्वाचन समितिका अनुसार  डा डिला संग्रौला (पन्त) ले सर्वाधिक २८८५ मत पाएकी छन् भने पुष्पा भुसालले २७१८ मत पाएकी छन् । यस्तै तेस्रो स्थानमा रहेकी आरजु देउवा राणाले २५३६ मत पाएकी छन् ।
यस्तै अम्बिका बस्नेतले २३३९, ईश्वरी न्यौपानेले २२५९, सरिता प्रसाईंले २०९६, रमा कोइराला पौडेलले १८५८, सुशीला ढकाल आचार्यले १८०४ र रंगमती शाहीले १७८९ मत पाएर विजयी भए ।

अन्य उम्मेदवारहरू अनिता देवकोटा, जानुका ढकाल, उमा दाहाल, किरण कोइराला, रुक्मिणि देवी कोइराला, बिजुला शर्मा राणा, कल्पना अधिकारी, बासना थापा नम्रता बराल, सावित्री बोगटी (पाठक), अकला गुरुङ, धन खतिवडा, अम्बिका सुवेदी, तुलसा पन्त, सीतादेवी देवकोटा (पाण्डे), रीता दवाडी, उषाकुमारी राउत, शान्ति कार्की, गौरी कुमारी श्रेष्ठ, मोदती केसी र अम्बिका केसी लामिछाने पराजित बने । उनीहरु कम मत ल्याएका आधारमा पराजित बनेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्