२६ जेठ २०८३, मंगलबार
संसदमा गतिरोध

साढे ३ महिनादेखि संसद्को उही दृश्य– सभामुखले बैठक शुरू गर्न नपाउँदै वेलमा एमालेको नाराबाजी

साढे ३ महिनादेखि संसद्को उही दृश्य– सभामुखले बैठक शुरू गर्न नपाउँदै वेलमा एमालेको नाराबाजी

प्रतिनिधि सभाको मंगलवारको बैठकमा पनि एमालेले अवरोध जारी राखेको छ ।

पार्टीका तर्फबाट १४ सांसदलाई गरिएको कारवाही अनुसारको सूचना सभामुखले प्रकाशित नगरेको विरोधमा एमालेले भदौ २३ गतेदेखि संसदमा नाराबाजी गर्दै आएको छ ।

एमालेले माधव नेपालसहित पार्टीका तत्कालीन १४ सांसदलाई कारवाही गरेको थियो ।

तर, सभामुखले तत्काल सूचना प्रकाशित नगरी केही दिन ढिलाइ गरेपछि एमाले औपचारिक रूपमा विभाजित भयो अनि सभामुखले त्यही कारण देखाउँदै सूचना प्रकाशित गर्नु नपर्ने निर्णय गरे ।

त्यसैको विरोधमा एमालेले संसदमा अवरोध गर्दै आएको छ । कि त कारवाहीको सूचना प्रकाशित गर्नुपर्ने कि सभामुखले राजीनामा दिनुपर्ने एमालेको अडान छ ।

अहिले ती १४ सांसद नेकपा (एकीकृत समाजवादी) पार्टीमा छन् ।

मंगलवार एमालेको नाराबाजीका बीच नेमकिपाका प्रेम सुवालले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेशविरुद्ध विरोधको सूचना पेश गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्