२६ जेठ २०८३, मंगलबार

मिलन पाण्डेलाई रविन्द्र मिश्रले गरे पार्टीबाटै निष्कासन

मिलन पाण्डेलाई रविन्द्र मिश्रले गरे पार्टीबाटै निष्कासन

विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्कासन गरेको छ । मंगलवारको केन्द्रीय सम्पादन समितिको बैठकले पाण्डेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो । 

पार्टी विधान र केन्द्रीय समितिको निर्णय विपरीत गतिविधि जारी राखेको भन्दै कार्यसम्पादन समितिले पुस ४ गतेसम्म लिखित स्पष्टीकरण माग गरेको थियो । 

समयसीमाभन्दा एक दिन ढिलो गरेर सञ्चारमाध्यमबाटसमेत सार्वजनिक भएको पाण्डेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै कारवाही गरिएको विवेकशील साझाले जनाएको छ । 

अध्यक्ष रविन्द्र मिश्रले कारवाहीको पत्र लेख्दै पार्टी नामको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री प्रयोग नगर्न गरेमा कानूनबमोजिम कारवाही अघि बढाउने पनि जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्