
नबिल बैंकले दराज नेपाल तथा आइमार्कसँग नबिल स्मार्टपोसको संचालनका लागि त्रिपक्षीय सम्झौता गरेको छ ।
आधुनिक प्रविधिमा आधारित नबिल स्मार्टपोसद्वारा जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिन्छ ।
नबिल स्मार्टपोस मार्फत बैंकले डिजिटल भुक्तानी सार्थक गर्ने सन्दर्भमा एउटा ठूलो कदम अगाडि बढाएको छ ।
यस सम्झौता अन्तर्गत, दराज मार्फत किनमेल गर्ने ग्राहकहरूले अब नबिल स्मार्टपोस भित्र उपलब्ध परिष्कृत स्मार्ट सुविधाहरू मार्फत भुक्तानी गर्न सक्षम हुने बैंकले जनाएको छ ।
दराजले चाँडैै नै १०० भन्दा बढी नबिल स्मार्टपोस मार्फत आफ्ना ग्राहकहरूलाई भुक्तानी सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।
त्यस्तै, आइमार्कले बैंकलाई ४ हजारभन्दा बढी नबिल स्मार्टपोस उपलब्ध गराएको छ, जसले सुरक्षित भुक्तानी समाधानका साथै स्मार्टफोन जस्तै हरेक अनुभवको लाभ प्रदान गर्र्नेछ ।