×

NMB BANK
NIC ASIA

सर्वोच्चको फेरिएको दृश्य

सर्वोच्चको हाल: केही न्यायाधीश हाजिरीको बहानामा राणासँग चिया पिउँछन्, अधिकांशको हुन्न बोलचाल

पुस ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मंसिर १५ देखि सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्थाको शुरूआत भएयता प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा इजलासमा सहभागी भएका छैनन् ।

Muktinath Bank

सर्वोच्चका बाँकी १९ जना न्यायाधीशले भने आफ्ना लागि गोलाबाट आफैँ इजलास र पेशी छान्ने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुद्दाको पेशी तोक्ने तजबिजी अधिकार खोसिएपछि राणा न्यायिक प्रक्रियामा सामेल नभएका हुन् । तर, प्रशासनिक कामका लागि भने उनी प्रत्येक दिन सर्वोच्च अदालत पुग्ने गरेका छन् ।


Advertisment
Nabil box
Kumari

सर्वोच्च अदालत स्रोतका अनुसार राणा प्रत्येक दिन बिहान साढे १० बजेदेखि ११ बजेसम्ममा अदालत पुगिसक्छन् । दिनभर अन्य प्रशासनिक काम गरेर उनी अपराह्न ४ बजे घर फर्किने गरेका छन् ।

Vianet communication
Laxmi Bank

अन्य न्यायाधीश भने गोला तान्नुपर्ने भएकाले बिहान १० बजेसम्ममा अदालत पुगिसक्छन् । प्रधानन्यायाधीश राणा पुग्दा गोला तान्ने काम सकिइसकेको हुन्छ ।

प्रधानन्यायाधीश-न्यायाधीश भेटघाट र बोलचाल ठप्प !

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २० जना न्यायाधीश छन् । तर औपचारिक रूपमा राणासँग प्राय: न्यायाधीशको बोलचाल त के, आमनेसामने भेटघाट समेत भएको छैन ।

सामान्यतया न्यायाधीशहरूको हाजिरी पुस्तिका प्रधानन्यायाधीशको कार्यकक्ष अघिको कक्षमा हुन्छ ।

केही न्यायाधीश हाजिरीका लागि राणाको क्याबिन अगाडिसम्म पुग्छन् भने अधिकांशले तल गोला तान्ने ठाउँमा नै मगाएर हाजिरी गर्ने गरेका छन् ।

'हाजिरी गर्नुपर्ने अवस्थामा केही श्रीमान माथि सम्माननीयज्यूको कार्यकक्षमा आउनुहुन्छ,' सर्वोच्च स्रोतले भन्यो, 'धेरैजसो श्रीमानहरूले गोला तान्ने ठाउँमा नै हाजिरी पुस्तिका मगाएर हाजिरी गर्ने गर्नुभएको छ ।'

सर्वोच्चभित्रको विवाद उत्कर्षमा पुग्नुअघि राणा चियाब्रेकमा न्यायाधीशहरूसँग बसेर गफिने गरेका थिए । तर अहिले त्यसरी भेट हुन सकेको छैन । तर केही न्यायाधीश भने हाजिरीका लागि माथि पुगेको बेलामा राणालाई भेटेर चिया समेत खाने गरेको स्रोतको दाबी छ ।

'यो बीचमा पनि ईश्वर खतिवडा, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा, कुमार चुडाल, मनोजकुमार शर्मासहितका श्रीमानहरू हाजिरीका लागि माथि आउँदा सम्माननीयज्यूसँग बसेर चिया पिउनुभएको छ,' स्रोतले भन्यो, 'एकदिन विश्वम्भर श्रेष्ठ श्रीमान् पनि आउनुभएको थियो ।'

पहिलेजस्तो प्रधानन्यायाधीश र न्यायाधीशहरू सामूहिक रूपमा बसेर चिया तथा खाजा खाने दृश्य भने देखिन छाडेको छ ।

कर्मचारी तथा आगन्तुक न्यायाधीशहरू भेट्न जाँदा राणाले संविधान र ऐनले दिएको जिम्मेवारी पूरा गर्न कुनै पनि कसर बाँकी नराख्ने बताउने गरेका छन् ।

'पहिले पनि न्यायिक प्रक्रियामा म कम मात्र बस्ने गर्थें, पहिले पनि धेरै मुद्दा मैले हेरेको होइन, अहिले पनि बेञ्च नबस्दा पनि मलाई केही फरक परेको छैन भनेर उहाँले भन्नुहुन्छ,' राणानिकट स्रोतले भन्यो, 'अन्य प्रशासनिक काममा कुनै कमी हुन नदिने उहाँको अठोट छ ।'

दिनभर प्रशासनिक काम र भेटघाट

प्रधानन्यायाधीश राणाले प्रशासनिक काम र भेटघाट गरेर दिन बिताउने गरेका छन् ।

'सम्माननीयज्यू दिनभरि आफ्नो कार्यकक्षमा नै बस्नुहुन्छ,' उनी निकट स्रोतले भन्यो, 'न्यायाधीशहरूको बिदा स्वीकृतिदेखि जिल्ला तथा उच्च अदालतका न्यायाधीशहरूको खटनपटनसहित अन्य प्रशासनिक कार्यमा व्यस्त हुनुहुन्छ ।'

कार्यकक्षमा आउने जिल्ला न्यायाधीश, उच्च अदालतका न्यायाधीशसहित आगन्तुकसँग भेट्ने, उनीहरूको समस्या सुन्ने जस्तो काममा राणाको धेरै समय बित्ने गरेको स्रोतले जनायो ।

'अस्ति सर्वोच्च अदालतकै न्यायाधीश टंकबहादुर मोक्तान श्रीमानको तीन दिनको बिदा सम्माननीयज्यूले स्वीकृत गर्नुभयो,' स्रोतले भन्यो, 'त्यसैगरी देशभरका जिल्ला र उच्च अदालतका न्यायाधीशको बिदा समेत स्वीकृत गर्ने काम उहाँले गरिरहनुभएको छ ।'

क्याजुअल बिदा, पर्व बिदामा भने निवेदन दिएर स्वीकृति गराउनु पर्दैन ।

'त्यस्तो बिदा लिने श्रीमानहरूले उहाँको सचिवालयमार्फत जानकारी गराएर बिदा बस्ने गर्नुहुन्छ,' उनले लोकान्तरसँग भने 'जस्तै हिजै बुधवार मनोज शर्मा श्रीमान अकस्मात बिरामी भएपछि म आउँन सक्दिनँ, सम्माननीयज्यूलाई जानकारी गराइदिनुहोला भनेर सचिवालयमार्फत भन्नुभएको थियो ।'

गोलाप्रथाबाट पेशी तय हुनुअगावै यस्तो जानकारी प्रधानन्यायाधीशको सचिवालयले सम्प्रेषण गरिसक्ने गरेको छ ।

प्रधानन्यायाधीश राणालाई भने उनी कार्यालयमा आइपुगेपछि जानकारी गराउने गरिएको स्रोतले बतायो ।

न्यायाधीश प्रकाशमान सिंह राउत पनि प्रधानन्यायाधीशको सचिवालयमार्फत नै जानकारी गराएर तीन दिने बिदामा बसेका थिए ।

राणाले प्रशासनिक कामबाट फुर्सदिलो भएको बेलामा विगतमा आफैं संलग्न भएर गरेको फैसलामा दिएको राय अनुसारको पूर्णपाठमा हस्ताक्षर पनि गर्ने गरेका छन् ।

'उहाँले फैसला गर्दा दिएको रायअनुसार फैसलाको पूर्णपाठ लेखाउन लगाउनुहुन्छ,' स्रोतले भन्यो, 'त्यसपछि लेखिएको फैसला उहाँ आफैंले सरसर्ती पढेर अध्ययन गर्नुहुन्छ, अनि मात्र हस्ताक्षर गर्नुहुन्छ।'

यो बीचमा ६ वटा पुरानो फैसलाको पूर्णपाठ अध्ययन गरेर हस्ताक्षर गरेको उनले जानकारी दिए ।

त्यसबाहेक कतिपय वेबीनार कार्यक्रममा समेत राणा सहभागी हुने गरेका छन् । अहिलेसम्म जिल्ला तथा उच्च अदालतका न्यायाधीशहरू समेत संलग्न भएको ४ वटा वेबीनारमा उनी सहभागी भइसकेका छन् ।

'कानून, न्यायसँग सम्बन्धित ती वेबीनार कार्यक्रममा आफैं सहभागी हुनेदेखि अन्य वेबीनार कार्यक्रममा कुन न्यायाधीश सहभागी हुनुपर्ने भनेर खटनपटन मिलाउनेसम्मको कामका लागि उहाँले निर्देशन दिने गर्नुभएको छ,' स्रोतले भन्यो ।

कर्मचारीसँग बाक्लो भेटघाट

प्रत्येक दिनजसो कर्मचारीहरूसँगको भेटघाटमा पनि राणाको समय बितेको हुन्छ । गत पुस २९ गते नै सर्वोच्च अदालतमा कार्यरत महिला कर्मचारीहरूसँग राणाले लामो छलफल गरेका थिए।

कोरोना महामारी अघिसम्म कर्मचारीका साना बालबच्चा राख्नका लागि चाइल्ड केयर सेन्टर स्थापित थियो। तर कोरोना संक्रमण आएपछि उक्त सेन्टर हटेको हुनाले फेरि पनि चाइल्ड केयर सेन्टर सञ्चालन हुनुपर्ने माग महिला कर्मचारीहरूले राखेका थिए ।

त्यसैगरी लामो समयदेखि बेञ्चमा बसेका महिला कर्मचारीहरूले फाँट पाउनुपर्ने माग समेत गरेका थिए ।

'ती सबै समस्या समधान गर्न तयार रहेको तथा कर्मचारीको वृत्ति विकासमा आफू सधैं सहयोगी हुने भनेर सम्माननीयज्यूले आश्वासन दिनुभयो,' उनी निकट स्रोतले भन्यो, 'यहाँसम्म कि न्यायाधीशको जाँचका लागि तयारी गरिरहेका महिला कर्मचारीलाई पढ्नका लागि सहज वातावरण बनाइदिने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।'

यसबीचमा बुधवारका लागि राणाले न्याय सेवा आयोगको बैठक डाकेका थिए । तर, लोकसेवा आयोगका अध्यक्ष अनुपस्थित हुने कारण देखाउँदै अन्तिम समयमा बैठक स्थगित भयो ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x