असार १४, २०७९
सर्वोच्च अदालतले बाजुराको बूढीगङ्गा नगरपालिकामा पुनः मतदान रोक्न माग गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथे...
बुटवल | पुस १४, २०७८
रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ का बिपिन गौतमले चकलेट खाएपछि त्यसको खोल जथाभावी फाल्दैनन् । चकलेट खाएको ठाउँमा डस्टबिन नभए उनले त्यसलाई आफ्नै खल्तीमा राख्छन् र डस्टबिन भेट्टिएपछि त्यसमा फाल्छन् ।
फोहोर जथाभावी फाल्नु हुँदैन भन्ने कुरा उनलाई विद्यालयमा सिकाइएको हो । तिलोत्तमा नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रममा ‘मेरो खल्तीः मेरो पहिलो डस्टबिन’ अर्थात् ‘माई पकेटः माई फर्स्ट डस्टबिन’ समावेश गरिएको छ ।
७५३ स्थानीय तहमध्ये तिलोत्तमा मुलककै पहिलो पूर्ण सरसफाईउन्मुख नगरपालिका हो । २०७६ चैत ३० गते तिलोत्तमालाई मुलुकको पहिलो पूर्ण सरसफाईउन्मुख र शून्य खुला पोलिथिन नगरपालिका घोषणा गरिएसँगै त्यसलाई दीगो बनाउन स्थानीय पाठ्यक्रममा ‘माई पकेटः माई फर्स्ट डस्टबिन’ समावेश गरिएको छ ।
नगर प्रमुख बासुदेव घिमिरे भन्छन्, ‘एउटाले फोहोर गर्दै जाने अर्काेले उठाउँदै जाने प्रवृत्तिले नगर सफा हुन नसक्ने भएकाले आफ्नो फोहोर आफैं व्यवस्थापन गर्ने बानीको विकासको लागि विद्यार्थीलाई यसबारे सिकाउन थालिएको छ । अहिलेका विद्यार्थीहरू परिपक्व हुँदा सार्वजनिक ठाउँ, सडकमा हुने फोहोरमा स्वतः कमी आउने अपेक्षा गरेका छौं ।’
नगर सफाईमा ख्याती कमाएको तिलोत्तमाले त्यसलाई दीगो राख्न र नगरबासीको सोच परिवर्तन गराउन विभिन्न अभियान चलाउँदै आएको छ । २०७६ सालमा अभियानकै रूपमा शून्य खुला पोलिथिन अभियान चलाइएको थियो । जनप्रतिनिधि आएसँगै हरेक महिनाको १ र १५ गते नियमित रूपमा सरसफाई चल्दै आएको छ ।
तिलोत्तमाको सिक्सलेन सडक चिटिक्क राखिएको छ । बुटवल–भैरहवाको बीचमा पर्ने तिलोत्तमाले सिक्सलेनमा राखेको सडकबत्ती, ग्रीनरी र सरसफाईले सबैको मन लोभ्याउने गरेको छ । स्थानीय पालिकाहरू तिलोत्तमाको असल अभ्यासलाई पछ्याइरहेका छन् । सडकको बीच डिभाइडरमा बुद्धका मूर्ति समेत राखिएको छ ।
तिलोत्तमाले सफाईलाई महत्त्व दिँदै १७ वडामै फोहोर संकलन र व्यवस्थापनको काम गरिरहेको छ । २०७१ सालमा स्थापना भएको नयाँ नगरपालिकाले सरसफाईमा देखाएको तत्परता अरुको लागि सिकाइ भएको छ ।
शुरूबाटै फरक काम गरेर पहिचान बनाएको तिलोत्तमाको अनुभव लिन २ दर्जन बढी टोली पालिकागत भ्रमणमा आइसकेका छन् ।
गत वर्ष नेपाल नगरपालिका संघबाट उत्कृष्ट नगरपालिकाको सम्मान पाएको तिलोत्तमाका टोल विकास संस्थाहरू सरसफाईमा उत्तिकै क्रियाशील छन् ।
नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरी सहितका जनप्रतिनिधि आफैं नगर सफाईमा जुट्ने गरेका छन् । नगरका चोकचोकमा डस्टबिन राखिएका छन् । नगर प्रमुख घिमिरे घोषणा भएको पूर्ण सरसफाईउन्मुख नगरपालिकालाई दीगो राख्न थप कार्यक्रम सञ्चालन गर्न थालिएको बताउँछन् ।
तिलोत्तमाले भौतिक पूर्वाधार विकासलाई मात्र विकास मानेको छैन । यहीँ कारण अन्य पालिकाभन्दा फरक–फरक अभियान र काम चलेका छन् । तिलोत्तमाका जनप्रतिनिधि स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार पूर्ण कार्यान्वयनमा लागेका छन् ।
नगरा्पालिकाले मानव विकासलाई प्राथमिकतामा राखेको छ । अहिले नगरलाई बालमैत्री नगरपालिका बनाउने गरी विभिन्न कार्यक्रम भइरहेका छन् ।
शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको तिलोत्तमा स्थानीय कानून निर्माण गर्ने नेपालको पहिलो स्थानीय तह हो । तिलोत्तमामा ५ वर्षको आवधिक योजना र १५ वर्षको रणनीतिक योजना निर्माण भएको छ । काठमाडौं बाहिर पहिलो पटक तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गरेको छ ।
नगरपालिकाको आर्थिक स्रोतबाट बाल विकास केन्द्र र १ देखि ५ कक्षासम्मका लक्षित वर्गका विद्यार्थीलाई हरेक दिन २५ रुपैयाँ बराबरको दिवा खाजाको व्यवस्था शुरू गरिएकोमा हाल कार्यक्रम संघीय सरकारको कार्यक्रममा समावेश भएको छ ।
‘हामीले शुरू गरेका दिवा खाजा, छात्रालाई निःशुल्क स्यानेटरी प्याड लगायतका कार्यक्रम हाल संघीय सरकारको कार्यक्रममा पर्नुले हामीले असल कार्यक्रमको शुभारम्भ गरेका थियौं भन्ने कुरालाई पुष्टि गरेको छ,’ उपप्रमुख जगेश्वरदेवी चौधरीले भनिन् ।
तिलोत्तमामा सबै सामुदायिक विद्यालयमा एकै प्रकारको रंगरोगन गरेर चिटिक्क पारिएको छ । सबै विद्यालयको कम्पाउन्ड वाल छ । दरबन्दी कम रहेका विद्यालयमा नगरपालिकाको शिक्षक अनुदान कोटामा १४ जना शिक्षक नियुक्त गरिएका छन् । ९ वटा सामुदायिक विद्यालयका आफ्नै बस छन् । विद्यालयलाई प्रतिविद्यालय १० लाख रुपैयाँको दरले अनुदान दिँदै बस सञ्चालनका लागि वार्षिक १ लाख रुपैयाँका दरले सञ्चालन अनुदानको व्यवस्था मिलाइएको छ ।
तिलोत्तमामा सबै वडामा स्वास्थ्य संस्था स्थापना भएका छन् । नगरमा सरकारी स्तरका ३ वटा अस्पताल निर्माणको क्रममा रहेका छन् । नगरबासीले रक्तसञ्चार केन्द्रबाट रगत सेवा लिएमा बिलअनुसार शोधभर्ना दिने व्यवस्था मिलाइएको छ ।
नगरलाई शून्य होम डेलिभरी बनाउन नगरका बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिने महिलालाई प्रोत्साहन भत्ता दिइएको छ । गर्भवती महिलालाई नगरपालिकाको स्रोतबाट निःशुल्क क्यालसियम चक्कीका साथै गर्भवती र सुनौलो हजार दिनका बालबालिकाको पोषणमा सुधार ल्याउन ‘सुत्केरीसँग उपमेयर कार्यक्रम’ सञ्चालन गरिएको छ ।
तिलोत्तमामा कृषिको लागत घटाई कृषि कार्यमा नयाँ पुस्तालाई समेत आकर्षित गर्ने नीतिअनुरूप नगरपालिकाले कृषि उत्पादकत्व वृद्धिका बिउबिजन, कृषि औजारमा अनुदानको व्यवस्था मिलाइएको छ । अनुदानलाई साना किसानको पहुँचमा पुर्याउन दुग्ध उत्पादक किसानलाई प्रतिलिटर दूधमा १ रुपैंयाँ अनुदानको व्यवस्था गरिएको छ । पशुपालक किसानले व्यहोर्नुपर्ने बीमा शुल्कमा ५० प्रतिशत अनुदान दिइएको छ । नगरबासीलाई सहज सेवा दिन अनलाइनबाट कर भुक्तानी सेवा, ई–पेमेन्ट, अनलाइन सिफारिस, अनलाइन नक्सा पासको व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल बताउँछन् ।
तिलोत्तमाले सार्वजनिक महत्त्वका कार्यक्रममा विदेशी फूल तथा खादा–ब्याज निषेध गरिएसँगै नगरमा पुष्पखेती फस्टाउँदै गएको छ । सार्वजनिक महत्त्वका कार्यक्रम तोकिएकै समयमा शुरू गर्नुपर्ने निर्देशिकाले नगरबासीमा समयको महत्त्वलाई बुझाएको छ । नगरका मुख्य सडकको ‘राइट अफ वे’ निर्धारण गरिएको छ ।
नगरको स्वीकृति विना जग्गा प्लटिङमा रोक, ल्यान्ड पुलिङको अवधारणा ल्याइएको छ । नगरको आफ्नै नगर गीत र लोगो निर्माण गरिएको छ । नगरको अतिव्यस्त हुने मणिग्राममा प्रदेशकै पहिलो ‘ट्राफिक लाइट’ व्यवस्थापन गरिएको छ ।
सर्वोच्च अदालतले बाजुराको बूढीगङ्गा नगरपालिकामा पुनः मतदान रोक्न माग गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथे...
सर्वोच्च अदालतका न्यायाधीशहरूबीच निजगढ विमानस्थलसम्बन्धी फैसलामा मत बाझिएको छ । पाँच न्यायाधीशले गरेको फैसलामा तीन जनाले निजगढको विकल्प खोज्नुपर्ने राय दिएका छन् । न्यायाधीश हरिकृष्ण कार्की र मनोज शर्...
सर्वोच्च अदालतका न्यायाधीशहरूबीच निजगढ विमानस्थलसम्बन्धी फैसलामा मत बाझिएको छ । पाँच न्यायाधीशले गरेको फैसलामा तीन जनाले निजगढको विकल्प खोज्नुपर्ने राय दिएका छन् । न्यायाधीश हरिकृष्ण कार्की र मनोज शर्माल...
रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। गरेको कामभन्दा २ लाख ६१ हजार ८५५ रूपैया...
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा १४ जना कर्मचारी बढुवा सिफारिसमा परेका छन् । मन्त्रालयको बढुवा समितिको सचिवालयले मन्त्रालयमा विभिन्न तहमा काम गर्ने १४ जना कर्मचारी बढुवा सिफारिस गरेको जानकारी दिएको हो । ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङको काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनामाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खीमबहादुर...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...