असार २३, २०७९
चर्चित कवि तथा गीतकार बसन्त चौधरीले स्रष्टाको नाममा स्थापित पुरस्कार उनकै परिवारमा समर्पण गरेका छन् । केही समयअघि चौधरीले रु. १ लाख रुपैयाँ राशिको ‘नई इश्वरबल्लभ अवार्ड’ पाएका थिए । आफूले...
नेपाल सरकारका पूर्व सचिव एवम् वरिष्ठ साहित्यकार गोपी मैनालीको निबन्ध संग्रह 'घाउ आफैंलाई दुख्छ' विमोचन गरिएको छ ।
शनिवार सुरभि साहित्य प्रतिष्ठानले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी निबन्ध संग्रह लोकार्पण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् इतिहासविद् दिनेशराज पन्तले पुस्तकको लोकार्पण गरे ।
पुस्तकको समीक्षा गर्दै वरिष्ठ पत्रकार एवम् साहित्यकार विजय चालिसेले पुस्तकका लेखक मैनाली सरकारी क्षेत्रमा मात्रै नभई साहित्य क्षेत्रमा समेत अब्बल रहेको पाइएको बताए । बौद्धिकतालाई कलात्मक भाषामा ढाली विचारसमेत स्पष्ट पार्न सक्ने खुबी उनको कलममा रहेको चालिसेले बताए ।
प्रा.डा. खगेन्द्रप्रसाद लुईटेलले पुस्तकको समीक्षा गर्दै साहित्यप्रति पूर्ण लगाव भएका कमै प्रशासकहरूमध्ये लेखक मैनाली एक भएको बताए ।
उनले भने, 'पूर्वाग्रह नराखी तटस्थ हेर्ने हो भने उहाँले लेखनमा निकै धेरै लेख्नुभएको छ, ती सबै अब्बल छन् ।'
लेखक मैनालीले आफ्ना लेखाइमा लेखकीय पहिचान बनाएको उनले प्रतिक्रिया दिए । उनले कृतिमा कतिपय शब्द निकै जटिल रहे पनि यो गहन बौद्धिकता भएको टिप्पणी गरे ।
संग्रहमा लेखक मैनालीले 'मनको वह बाट उम्किन खोज्नेहरूप्रति !' समर्पण गरेका छन् । प्रा.डा. लुईंटेलले यो पुस्तक अहिलेको निकै उत्कृष्ट निबन्ध संग्रह भएको टिप्पणी गरे ।
कार्यक्रममा लेखकीय मन्तव्य राख्दै पुस्तकका लेखक मैनालीले निबन्धमा आफूले लेखेको पुस्तकमा सबैको भावना समेट्ने प्रयास गरेको बताए ।
'मैले निबन्ध संग्रहमा उन्मुक्त भएर मेरा कुनै परिवेशका घटना उठाएको छु । तर त्यो मेरो मात्र हैन सबैको हो,' उनले भने।
कार्यक्रममा प्रमुख अतिथि एवम् इतिहासविद् दिनेशराज पन्तले मैनाली सत्यप्रति उन्मुख व्यक्ति भएको बताए । उनले भने,'मैनालीज्यू सत्यप्रति उन्मुख मान्छे हुनुहुन्छ, उहाँको लेखनमा पनि त्यो शक्ति झल्किन्छ ।'
मैनालीको लेखाइ सलल बगेको र पढ्दा आनन्द आउने प्रकृतिको भएको उनले बताए । उनले भने, 'पुस्तक पढ्दा आनन्द आउँछ भने धेरै नै सूचना तथा जानकारीमूलक पनि छ ।'
पन्तले पुस्तक भोलिको नेपालको शैक्षिक, प्रशासनिक इतिहासमा दस्तावेज हुने समेत उल्लेख गरे ।
कार्यक्रममा पूर्व प्रशासक विमल कोइराला, प्रा.डा. तुलप्रसाद कोइराला, प्रा.डा. खेम कोइराला बन्धु, लीला लुइँटेललगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवम् कार्यक्रमका सभापति बाजुराम पौडेलले मैनालीको पुस्तक निकै उत्कृष्ट रहेको र यसलाई सार्वजनिक गर्न पाउनु गर्वको कुरा भएको बताए । यसअघि मैनालीका ४ वटा पुस्तक प्रकाशित छन् भने अन्य फुटकर रचनाहरू प्रकाशित छन् ।
शनिवार सार्वजनिक निबन्ध संग्रह सन्तोषी माता सञ्चार प्रालिले प्रकाशन गरेको हो । पुस्तकको मूल्य ४०० रूपैयाँ राखिएको छ ।
चर्चित कवि तथा गीतकार बसन्त चौधरीले स्रष्टाको नाममा स्थापित पुरस्कार उनकै परिवारमा समर्पण गरेका छन् । केही समयअघि चौधरीले रु. १ लाख रुपैयाँ राशिको ‘नई इश्वरबल्लभ अवार्ड’ पाएका थिए । आफूले...
कवि तथा चर्चित गीतकार बसन्त चौधरीले २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’ पाएका छन् । असार २६ गते राजधानीमा वरिष्ठ गीतकार रमोलादेवी शाह(छिन्नलता)को १०० औं जन्मजयन्ती तथा ४० औं छिन्नलता गीत ...
रमेश थापा यो मेरो सानो देश जहाँ केन्द्रीय सरकार छ यही सानो देशभित्र सात प्रदेश सरकार छन् यही सानो देशभित्र सात सय त्रिपन्न स्थानीय सरकार छन् यही सानो देशभित्र छ हजार सात सय त्रिचालीस वडाहर...
साहित्यकार रेणुका पन्थीको ‘प्यारो नेपाल’ नामक खण्डकाव्य विमोचित भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा देवी नेपाल, समालोचक प्रा डा रामप्रसाद ज्ञवाली र वाल्मीकि विद्यापीठका प्राचार्य प्रा डा भाग...
ओइलिएको फूललाई प्रकृतिले खसाउँछ सधैँ नटिप्नु कलिलैमा फूल जवानीमा बसाउँछ सधैँ छाता बोकेर हिँड ओत नभेटाउन पनि सक्छौ ठाउँ फेरि फेरि झरीमा पानी रसाउँछ सधैँ जो नाच्न जान्दैन उ...
साँझ करीब ७ बजेतिर आफू हराएको निष्कर्ष निकाल्यो गोपालले । माघ महिनामा साँझ ७ बजेको समय भनेको धेरै नै हो प्रयागराज (गंगायमुना संगम) को होचो भूमिमा । तथापि बिजुलीको उज्यालो र मेलाको रौनकका कारण अँध्यारो मह...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...