२६ जेठ २०८३, मंगलबार

रक्सी पिएपछि पत्रकारले मेयरविरुद्ध मुख छाडे, साथीलाई सम्झाउन सकस (भिडियो)

पुस १८, २०७८
रक्सी पिएपछि पत्रकारले मेयरविरुद्ध मुख छाडे, साथीलाई सम्झाउन सकस (भिडियो)

अमेरिकाको सीएनएन टेलिभिजनका होस्ट एन्डरसन कूपरले आफ्ना सहकर्मीलाई मुख छाड्नबाट रोक्नका लागि संघर्ष गर्नुपरेको भिडियो सार्वजनिक भएको छ । 

एन्डी कोहेनले लाइभमै टकिला पिएर न्युयोर्क शहरका मेयर बिल डी ब्लासियोका विरुद्ध बयान दिएका थिए । उनलाई कूपरले पटकपटक रोक्न खोजेका थिए । 

‘म एउटा कुरा भन्छु । मेयर डी ब्लासियोले न्युयोर्कमा चार वर्ष झूर सरकार चलाएपछि विजयको खुशी मनाउँदै नाचेको हेरें । उनी खत्तम मेयर हुन् भन्ने कुरामा डेमोक्रेट र रिपब्लिकनहरू सहमत छन्,’ कोहेनले रक्सीबाट लर्बरिएको बोलीका साथ भने । 

उनका साथी कूपरले भने, ‘यसरी मुख नछाड । अँह, अँह, अँह । नयाँ वर्षको आरम्भ यसरी गर्न चाहन्छौ ?’

तैपनि कोहेनले कराउन नछोडेपछि कूपरले असहज अनुभव गरेका थिए । अर्को वर्ष डी ब्लासियोले उत्सव मनाएको हेर्नुपर्दैन भनी कोहेनले खुशियाली मनाए । 

न्युयोर्क सिटीमा दुई कार्यकाल मेयर चलाएपछि डी ब्लासियोलाई उनकै दलका एरिक एडम्सले जनवरी १ मा विस्थापित गरेका छन् । माइक ब्लूमबर्गपछि मेयर बनेका डी ब्लासियोको कार्यकालमा न्युयोर्कमा अपराध र अव्यवस्था उल्लेख्य रूपमा बढेकाले उनलाई अहिलेसम्मकै सबभन्दा खराब मेयर मानिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्