×

NMB BANK
NIC ASIA

पुराना ब्याट्रीको व्यवस्थापन गरिँदै

पुस १९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

विद्युतीय उपकरणमा प्रयोग हुने ब्याट्रीको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेको छ । पछिल्ला समय मोबाइल फोन, टर्चलाइट, ल्यापटपलगायत विद्युतीय उपकरणमा प्रयोग भइरहेका ब्याट्री वातावरणमा यत्रतत्र भेटिन्छन् ।

Muktinath Bank

ब्याट्रीमा प्रयोग गरिने मर्करी, लेडलगायत घातक वस्तुले मानव स्वास्थ्यका साथै वातावरणमा गम्भीर अवस्था सिर्जना गरेका छन् । वातावरणमा यत्रतत्र फालिएका त्यस्ता ब्याट्रीले वातावरणमा पार्ने असरबारे जानकारी गराउँदै पुराना ब्याट्री सङ्कलन गरी पुनः प्रयोगमा ल्याउने उद्देश्यले विभिन्न काम सुरु भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    काठमाडौँस्थित इजरायली दूतावासको सहयोगमा उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थीलाई पुराना ब्याट्रीले पार्ने असरबारे जनचेतना अभिवृद्धि गरिनाका साथै पुराना ब्याट्री सङ्कलन अभियान थालनी गरिएको छ ।


Advertisment
Nabil box
Kumari

    वातावरण प्रदूषण रोक्न पुराना ब्याट्री सङ्कलन गर्ने र उचित ढङ्गबाट पुनः प्रयोगमा ल्याउन जनचेतना जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको इजरायली दूतावासले जनाएको छ । ब्याट्रीमा प्रयोग हुने कडा फलाम, लेड, मर्करी तथा विभिन्न केमिकलले माटोमा सङ्क्रमण हुने, पानी तथा वायु प्रदूषित बनाउने गर्छ । यसबाट मानव जीवनका साथै पृथ्वी नै प्रभावित हुने गर्छ ।

Vianet communication
Laxmi Bank

    दूतावासको सहकार्यमा काठमाडौँ उपत्यकाका प्रज्ञाकुञ्ज, शान्ति शिक्षा, केएमसी, काव्यलगायत विद्यालयमा पुराना ब्याट्रीले मानव स्वास्थ्य साथै पृथ्वीमा पार्ने असरबारे विभिन्न जानकारी दिने र सङ्कलन गर्ने काम भइरहेको छ ।

    वातवरण संरक्षणमा महत्वपूर्ण सन्देश दिने उद्देश्यले काठमाडौँको नयाँ बानेश्वरस्थित काठमाडौँ प्रज्ञाकुञ्ज विद्यालयमा आज आयोजित कार्यक्रममा विद्यार्थीले सङ्कलन गरेको पुराना ब्याट्री इजरायली राजदूत होनान गोदारले वन तथा वतावरणमन्त्री रामसहायप्रसाद यादवलाई हस्तान्तरण गरे । त्यसरी सङ्कलन गरिएका ब्याट्री डोको रिसाइकलर्सले पुनः प्रयोगमा ल्याउनेछ ।

    वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले इजरायली दूतावासको सहयोगमा विद्यालयले चलाएको अभियानले वातावरण संरक्षणको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x