जेठ ६, २०७९
नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै सो प्रणालीमा थप १ विकास बैंक र ३ वित्त कम्पनीहरुलाई आवद्ध गराइएको छ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले उपलब्ध...
काठमाडाैं | पुस २०, २०७८
एनआईसी एशिया बैंकको मोबाइल एप वेभसाइट, आईसर्भिस तथा एनसेलमा निःशुल्क चलाउन सकिने भएको छ ।
डिजिटल बैंकिङ्ग प्रबद्र्धन गर्न यस्तो सुविधा व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकका ग्राहकहरूले एनसेलको डाटा प्रयोग गरी एनआईसी एसिया मोब्यांक एपमार्फत इन्टरनेट बैंकिङ सुविधा निःशुल्क प्रयोग गर्न पाउनेछन् । मोब्यांक एपमार्फत अन्तरबैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवम् बुझ्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी, क्यूआर भुक्तानी, आफ्नो गुनासोको सुनुवाई तथा प्रोग्रेस ट्य्राकिङजस्ता सुविधाहरू प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
साथै, विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर (आईपीओ) मा पनि मोब्यांकमार्फत आवेदन दिन सकिनेछ । प्रयोगकर्ताले कार्डबिनै एटीएमबाट नगद रकम झिक्न सकिने सुविधा र एपमा रहेको कस्टुमर केयरबाट ग्राहकको समस्या र जिज्ञासा समाधान गरिने बैंकले जानकारी दिएको छ ।
यसैगरी, आईसर्भिसमार्फत ग्राहकहरूले मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन÷पासवर्ड रिसेट), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर भर्ने) र कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, डेबिट कार्ड रिप्लेस्मेन्ट आवेदन र इन्स्टा बाइ सुविधा प्राप्त गर्नेछन् ।
वेभसाइटबाट अनलाइन खाता र आईपीओ आवेदन, कर्जा प्रतिफल हिसाबकिताब, ईएमआई हिसाबकिता लगायत अन्य सेवासुविधाबारे जानकारी उपलब्ध हुने बैंकले जनाएको छ । बैंकका पछिल्ला योजनाहरू र सूचनालगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणहरूबारे पनि वेभसाइटबाट जानकारी लिन सकिनेछ । इन्टरनेट बैंकिङका माध्यमबाट अन्तरबैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी लगायतका सुविधाहरू उपभोग गर्न सकिनेछ ।
एनआईसी एसिया बैंकले देशभर ३५८ शाखा कार्यालय, ४७३ एटीएम, ७० वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखारहित बैंकिङ्गमार्फत सेवा प्रदान गरिरहेको छ ।
नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै सो प्रणालीमा थप १ विकास बैंक र ३ वित्त कम्पनीहरुलाई आवद्ध गराइएको छ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले उपलब्ध...
धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले विभिन्न पदमा कर्मचारीहरू सिफारिश गरेको छ । बोर्डले लिखित परीक्षा तथा अन्तर्वार्ताबाट छानिएकाहरूलाई पदपूर्तिका लागि सिफारिश गरेको हो । सूचना...
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिन्धुली मुलकोटमा रहेको अक्क्षित रिसोर्ट एण्ड र्याफिटिङ्गबीच बैंकका ग्राहकहरुलाई रकम भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट दिने सम्बन्धमा बुधबार सम्झौता भएको छ । सम्झौतापत्र...
पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले अन्नपूर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १०% छुट दिने गरी व्यावसायिक सम्झौता गरेको छ ।&nb...
शनिवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २३ रुपैयाँ ७८ पैसा र बिक्री दर १ सय २४ रुपैयाँ ३८ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले शनिवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युर...
शेयर बजारमा पहिलो पटक शुक्रबार पनि कारोबार शुरू हुन थालेको छ । सरकारले सातामा २ दिन विदा दिने निर्णय लागू भएसँगै शुक्रवार शेयरको कारोवार हुन थालेको हो । अब हरेक साता शुक्रवार शेयरको कारोबार भएर आ...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...