×

NMB BANK
NIC ASIA

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सरल र सहज ढंगले सेवा प्रदान गर्न मन्त्रालयको निर्देशन

पुस २०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सरल र सहज ढंगले सेवा प्रदान गर्नका लागि आवश्यक व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार वैदेशिक रोजगार विभाग, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, वैदेशिक रोजगार कार्यालय र श्रम तथा रोजगार कार्यालयलाई सेवाग्राहीको हितलाई ध्यानमा राखी सकारात्मक सोचका साथ सेवा प्रदान गर्ने व्यवस्था मिलाउन आवश्यक निर्देशन दिएको हो ।

Sagarmatha Cement
Muktinath Bank

जसअनुसार हाल अनलाइन र म्यानुअल दुवै तरिकाबाट काम गर्दा सेवा प्रवाहमा दोहोरोपना देखिएकोले वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण कामलाई वैदेशिक रोजगार व्यवस्थापन सूचनाप्रणाली मार्फत गर्ने गरी आवश्यक प्रवन्ध मिलाउन भनिएको छ । यस्तै अग्रभागमा बसी काम गर्ने विभाग र कार्यालयका कर्मचारीहरुले वैदेशिक रोजगार सूचना प्रणाली र कम्प्युटर चलाउनै पर्ने अनिवार्य गरिएको छ ।  सो कार्य गर्न सक्ने गरी कर्मचारीले आफुलाई तयारी अबस्थामा राख्न पनि निर्देशन दिइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभाग र कार्यालयमा वेभसाईटलाई अद्यावधिक गर्ने, विभाग र सवै कार्यालयमा भरपर्दो विद्युत, ब्याकअपका साथै कम्तिमा २ लाईन इन्टरनेटको व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।
यस्तै मन्त्रालयले सेवा प्रवाहको सरलीकरण र व्यवस्थापन सम्बन्धमा पनि आवश्यक निर्देशन दिएको छ । सेवाग्राहीले वैदेशिक रोजगार सम्बन्धी सेवा प्रवाहका हरेक चरण र प्रक्रियामा बिचौलियाको सहयोग लिनै नपर्ने गरी सेवालाई सरलीकरण गर्ने, सेवाग्राहीलाई कार्यालय र कर्मचारी मार्फत नै आवश्यक सहयोग तथा सहजीकरण गर्ने जस्ता विषयमा लाग्न मन्त्रालयले भनेको छ ।


Advertisment
Nabil box
Kumari

कर्मचारीको आचरण, व्यवहार र अनुशासन सम्बन्धमा पनि मन्त्रालयले आवश्यक सर्कुलर गरेको छ । कर्मचारी आचरण र अनुशासनमा विशेष ध्यान दिँदै कार्यालयमा नियमितता, समय पालना, पोशाक, परिचय पत्रको पूर्ण रुपमा पालना गर्न गराउन निर्देशन दिइएको सचिव एकनारायण अर्यालले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

श्रममन्त्री कृष्णकुमार श्रेष्ठले सेवाग्राहीको गुनासो सम्बोधनका लागि कार्ययोजना बनाउन निर्देशन दिएसँगै मन्त्रालयले सुधारको थालनी गरेको हो ।

मन्त्रालयको निर्देशनको पूर्णपाठ

  श्री महानिर्देशक,

वैदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौं ।

श्री महानिर्देशक,

श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग,मिनभवन,काठमाडौं ।

श्री कार्यालय प्रमुख,

वैदेशिक रोजगार कार्यालय, तहाचल, काठमाडौं ।

श्री श्रम तथा रोजगार कार्यालय, सबै ।

विषय: सेवा व्यवस्थापन सम्बन्धमा

तहाँ विभाग र तहाचल कार्यालय एवं जिल्ला स्थित श्रम तथा रोजगार कार्यालयबाट हुने सेवा प्रवाहलाई व्यवस्थित गरी वैदेशिक रोजगारीमा जाने श्रमिक/कामदारलाई विना झन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट श्रमिक/कामदार एवं सेवाग्राहीको हितलाई ध्यानमा राखी सकारात्मक सोचका साथ सेवा प्रदान गर्ने व्यवस्था मिलाउन देहाय बमोजिम गर्न गराउनु हुन निर्देशन गरिएको छ ।

सूचना प्रविधिको प्रयोग सम्बन्धमाः

  1. हाल अनलाइन र म्यानुअल दुवै तरिकाबाट काम गर्दा सेवा प्रवाहमा दोहोरोपना देखिएकोले वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण कामलाई वैदेशिक रोजगार व्यवस्थापन सूचनाप्रणाली (FEIMS) मार्फत गर्ने गरी विभागले आवश्यक प्रवन्ध मिलाउने।सबै प्रकारका सेवालाई Faceless, Cashless र Paperless  बनाउने।
  2. अग्र भाग (Front Line)मा बसी काम गर्ने विभाग र कार्यालयका कर्मचारीहरुले वैदेशिक रोजगार सूचना प्रणाली (FEIMS) र कम्प्युटर चलाउनै पर्ने अनिवार्य गर्ने। सो कार्य गर्न सक्ने गरी कर्मचारीले आफुलाई तयारी अबस्थामा राख्ने।
  3. विभाग र कार्यालयमा वेभसाईटलाई अद्यावधिक गर्ने।विभाग/कार्यालयबाट प्रवाह हुने सेवाको जानकारी र सुचनाहरु वेभसाईट, सामाजिक सञ्जाल वा नागरिक वडापत्र मार्फत गराउने व्यवस्था मिलाउने।
  4. दैनिक रुपमा जारी गर्ने श्रम अनुमति लगायत प्रदान गरिएका सेवाहरुको दैनिक/साप्ताहिक प्रतिवेदन कार्यालयको वेभसाईट र सूचनापाटीमा प्रकाशित गर्ने।
  5. विभाग र सवै कार्यालयमा भरपर्दो विद्युत, Backup र कम्तिमा 2 लाईन इन्टरनेटको व्यवस्था मिलाउने।

सेवा प्रवाहको सरलिकरण र व्यवस्थापन सम्बन्धमाः

  1. सेवाग्राहीले वैदेशिक रोजगार सम्बन्धी सेवा प्रवाहका हरेक चरण र प्रक्रियामा बिचौलिया वा दोस्रो पक्षको सहयोग लिनै नपर्ने गरी सेवालाई सरलीकरण गर्ने। सेवाग्राहीलाई कार्यालय र कर्मचारी मार्फत नै आवश्यक सहयोग र सहजीकरण गर्ने।
  2. श्रम स्वीकृति लगायतका कामको लागी प्राप्त Online निवेदनहरु कार्यालय समयमा मात्र हेर्न समय अपुग भएमा अफ आवर अर्थात विहान, वेलुका र विदाको दिनमा समेत समय मिलाई कार्यसम्पादन गर्ने।
  3. मार्फत प्राप्त निवेदनहरुको कामको लागि सेवाग्राहीको भौतिक रुपमा कार्यालयमा उपस्थित नहुने भएकोले त्यस्ता कामलाई पहिलो प्राथमिकतामा राखी छिटो छरितो कार्य सम्पादन गरिदिने।
  4. विभाग र कार्यालयबाट प्रवाह हुने सेवाको वर्गीकरण गरी आवश्यक पर्ने कागजात, तिर्नुपर्ने राजस्व लगायतका विषयवस्‍तु समावेश गरी कार्यालय सञ्चालन कार्यविधि (Standard Operating Procedure-SOP) जारी गर्ने व्यवस्था मिलाउने र उक्त SOP लाई Website मा Upload गर्ने।
  5. सेवा प्रवाहलाई सरलीकरण गर्न हाल कार्यान्वयनमा रहेका कार्यविधि तथा निर्देशिकामा संशोधन गर्नुपर्ने भए छलफल गरी मन्त्रालयमा पेश गर्ने।
  6. नागरिक सहायता कक्ष (Help Desk) को व्यवस्था गरी सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने।
  7. सेवाग्राहीलाई सूचनाहरुको जानकारी गराउन प्रवक्ता/सूचना अधिकारीको व्यवस्था मिलाउने
  8. वैदेशिक रोजगार विभागले श्रम तथा रोजगार कार्यालयसँग नियमित सम्पर्क राख्ने । महानिर्देशक वा निर्देशकले हरेक दिन कम्तिमा एक पटक सबै कार्यालय प्रमुखसँग टेलिफोन सम्पर्क गरी सेवा प्रवाहको अवस्‍था र समस्या लगायत विषयमा जानकारी लिने र आवश्यक निर्देशन दिने/सहजिकरण गर्ने।
  9. वैदेशिक रोजगारको नाममा हुने ठगी लगायतका गलत क्रियाकलापलाई नियन्त्रण गर्न Rapid Response Team (RRT) को व्यवस्था गरिएको हुँदा त्यस्ता सूचना वा जानकारी उक्त RRT संयोजक वैदेशिक रोजगार विभागका उपसचिव श्री डम्वर सुनुवारको मोवाईल नं. ९८५११८०५६६, वैदेशिक रोजगार कार्यालय, तहाचल, काठमाण्डौंका निर्देशक हरिराम नागिलाको मोवाईल नं. ९८५१३१७३९३ वा वैदेशिक रोजगार बोर्डमा रहेको टोल फ्रि नं. १६६००१५०००५ वा ११४१ र मोवाईल नं. ९८०१८०००१३ मा तुरुन्त जानकारी गराउने।
  10. एकद्वार प्रणालीबाट सेवा प्रवाह गर्न कोठा प्रणालीलाई काउण्टर प्रणालीमा परिणत गर्ने, सकेसम्म अधिकृतदेखि सहायकस्तर सम्मका सबै कर्मचारी एकै स्थानमा बसी समन्वयात्मक रुपमा सेवा प्रवाह गर्ने।
  11. कार्यालय व्यवस्थापनमा विशेष ध्यान दिने। मूल गेट देखि फाँट सम्म सबै स्थानलाई सफा-सुग्घर राख्ने। समय समयमा सबै कर्मचारीको संलग्नतामा कार्यालय सफाई कार्यक्रम सञ्चालन गर्ने।
  12. अनावश्यक कागजात, सामग्री, पुराना फर्निचर र उपकरणलाई लिलाम विक्री वा डिस्पोज गरी कार्यालय परिसरलाई सफा-सुग्घर राख्ने।
  13. सेवा प्रवाहको स्थिति, भए गरेको कार्य प्रगति र कर्मचारीको कार्य सम्पादनस्तर मन्त्रालयमा मासिक/त्रैमासिक रुपमा प्रतिवेदन गर्ने।
  14. विचौलिया र असम्बन्धित व्यक्तिलाई कार्यालय प्रवेशमा पूर्ण निषेध गर्ने र सो कार्यको लागि नेपाल प्रहरीसँग समन्वय गर्ने।

कर्मचारी आचरण, व्यवहार र अनुशासन सम्बन्धमा

  1. कार्यालयमा कुनैपनि प्रकारको गैरकानूनी लेनदेन वा स्वार्थको द्वन्दको अवस्थालाई अन्त्य गर्ने, कार्यालय प्रमुखको अगुवाइमा सदाचारिता र निष्ठा कायम गरी सदाचार प्रवर्द्धनमा जोड दिने।
  2. विभागीय प्रमुख/कार्यालय प्रमुख पूर्ण अनुशासन र आचारणमा रहने। कार्यालय प्रमुखले अघि सारेका सुधारका कार्यमा सहयोग नगर्ने, विभिन्न वहाना गर्ने, काम भन्दा अन्य कुरामा ध्यान दिने,Chain of Command मा नरहने कर्मचारीको विवरण तत्काल विभाग वा मन्त्रालयमा पठाउने।
  3. कसैको दबाब र प्रभावमा नपर्ने, नविराउने, नडराउने। साथै, कानून बमोजिम काम गर्दा कसैबाट अनावश्यक दबाब वा प्रभाव पर्न आएमा त्यस्ता व्यक्ति वा समूहको सम्बन्धमा मन्त्रालयमा सूचना दिने।
  4. इमान्दार र कर्तव्यनिष्ठ कर्मचारीलाई उत्प्रेरित गर्न र मनोवल उच्च राख्न अवलम्बन गर्नुपर्ने विषयमा सुझाव पेश गर्ने तथा असल नियतले काम गर्ने।
  5. कर्मचारीलाई कर्तव्यपालनाको क्रममा कुनै समस्या आएमा त्यस्ता कर्मचारीको बचाउ र संरक्षण गर्ने।

कर्मचारी आचरण र अनुशासनमा विशेष ध्यान दिने। कार्यालयमा नियमितता, समय पालना, पोशाक, परिचय पत्रको पूर्ण रुपमा पालना गर्ने ,गराउने।

(एकनारायण अर्याल

सचिव  

बोधार्थ:

श्री उद्योग, वाणिज्य श्रम तथा उपभोक्ता हित समिति, सिंहदरवार ।

श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार ।

श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाण्डौं ।

श्री महाशाखा प्रमुख, सबै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो ।  खुला तथ...

पुस १३, २०८०

 पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्...

कात्तिक २७, २०८०

ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए ।  तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थि...

पुस ७, २०८०

नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाका लागि आवेदकको बाढी देखिएको छ । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढी नेपाली युवाले आवेदन फाराम  दिएका हुन् ।   ईपीएस को...

मंसिर १, २०८०

 सांसद एवं कांग्रेस नेता प्रदीप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिन र कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग आग्रह गरेका छन् । नेपाल ...

मंसिर १६, २०८०

काठमाडौं महानगरपालिकाले करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक तथा गणक माग गरिएको महानगरले जनाएको छ ।  काठमाडौं महानगरभित्र ग...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x