×

NMB BANK
NIC ASIA

कागजमा मात्र विकास

प्रदेश सरकारलाई गिज्याउँदै ‘मुख्यमन्त्री एकीकृत बस्ती’

पुस २१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गर्न थालेको मुख्यमन्त्री एकीकृत बस्तीहरू १ वर्षको अवधिमा पनि बन्न सकेका छैनन् । गत आर्थिक वर्ष २०७७/०७८ भित्रै हस्तान्तरण गरिसक्नुपर्ने बस्तीहरू हालसम्म पनि बन्न नसकेका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा हस्तान्तरण भइसकेको बस्ती भनेर समावेश गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बस्ती निर्माण कार्यक्रम प्रदेशको ३ ठाउँमा लागू गरिएको छ । ५७ वटा २ कोठे आवास १ वर्षमा पनि बन्न नसक्दा विपन्न परिवारको बिचल्ली भएको छ ।


Advertisment
Nabil box
Kumari

कैलालीको भजनी नगरपालिका–९ भुरुवाको राजीबस्ती, कञ्चनपुरको बेदकोट नगरपालिका–५ धर्मपुरमा २५/२५ वटा, डोटीको दिपायलसिलगढी नगरपालिका–७ राजपुरको वादी बस्तीमा ७ वटा आवास गृह र अछामको मेल्लेख गाउँपालिकास्थित पहिरोबाट विस्थापित ८ परिवारका लागि घर निर्माण भइरहेको छ तर गत वर्ष पुस महिनादेखि शुरू भएको निर्माण कार्य अझै पूरा भएको छैन ।

Vianet communication
Laxmi Bank

निर्माण कार्य निकै सुस्त भएपछि विपन्न परिवारलाई सास्ती भएको छ ।

भजनीको भुरुवा राजी बस्तीकी केशु राजीले भनिन्, ‘विपन्न राजी बस्तीमा आएर पक्की घर बनाइदिने भनेपछि हामीमा खुशीको सीमा नै थिएन । ठाउँ खाली गर्न भनेपछि भएको घर भत्कायौं । २ जाडो गोठमै बित्दैछ । गर्मी र बर्खा पनि सहेकै हो । जसरी वस्तुभाउ झरीले भिज्छन्, त्यसरी हामी पनि बर्खामा रुझेकै हुन्छौं । छोराछोरीलाई जोगाउनै मुस्किल छ । खाद्यान्न जोगाउन पनि मुस्किल छ, हाम्रो घर अझै बनेन ।’ 

मुख्यमन्त्री एकीकृत बस्ती विस्तार कार्यक्रम कार्यान्वयन गरिरहेको सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भजनीमा बीएण्डबी बिल्डर्स तथा बेदकोट र दिपायल सिलगढीमा नागार्जुन कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएका छन् ।

भजनीमा बीएण्डबीले १ करोड १ लाख २९ हजार ३१६ रुपैयाँ, नागार्जुनले बेदकोटमा १ करोड १ लाख ८० हजार ८२७ र दिपालय सिलगढीमा ३६ लाख ४० हजार ७९५ रुपैयाँ (भ्याटबाहेक) मा ठेक्का कबुल गरेका छन् तर निर्माण कम्पनीहरूले पेटी ठेकदारमार्फत् घर निर्माण गराइरहेका छन् भने पहिरोबाट विस्थापितको घर मेल्लेख गाउँपालिकाले सशर्त अनुदान अन्तर्गत निर्माण थालेको मन्त्रालयले जनाएको छ ।

स्थानीयका अनुसार बीएण्डबीले निर्माण सामग्री आफूले उपलब्ध गराउने पेटी ठेकदार विष्णु डंगौरालाई १५ लाख रुपैयाँमा निर्माणको जिम्मा लगाएको छ ।

डगौराले निर्माण भइरहेको सबै २५ वटा घरको चुलीसम्मको संरचना बनेको बताए । निर्माणाधीन घरमा छाना हाल्ने, प्लास्टर गर्ने, ग्यालरी जोड्ने, शौचालय, बाथरुम बनाउने र रंगरोगन गर्ने काम बाँकी छ । निर्माण सामग्री उपलब्ध भएमा अबको २ महिनामा सबै घरको निर्माण पूरा गरी हस्तान्तरण गर्न सकिने बताउँदै उनले मुख्य ठेकेदारले समयमा निर्माण सामग्री उपलब्ध नगराउँदा ढिलाइ भएको बताए ।

१ वर्षदेखि घर निर्माण पूरा नहुँदा घर निर्माणका लागि भएको काठेघर भत्काएर जग्गा दिएका अल्पसंख्यक राजी समुदाय समस्यामा परेका छन् ।

स्थानीय झोपु राजीले दुःखेसो सुनाए, ‘तत्कालै पक्की घर निर्माण गरेर दिन्छौं भनेपछि पुसको चिसोमा घर भत्काएर गोठमा बस्यौं । गत वर्षको चिसो खपिनसक्नु भयो । बर्खा पनि गोठमै काट्यौं । यसपालिको चिसोमा त नयाँ घर बस्न पाइएला भन्ने आशा थियो । त्यो पनि पूरा नहुने भयो ।’

नयाँ घर पाउने आशमा बसेका स्थानीयले चिसो र बर्खामा बालबालिका र बूढापाकालाई बचाउनै मुस्किल भइरहेको दुःखेसो सुनाएका छन् । 

कञ्चनपुरको बेदकोटमा बनिरहेको मुक्तकमैया, मुक्तहलिया र आरक्षपीडित समुदायको घर निर्माण कार्यको प्रगति पनि राजी बस्तीको जस्तै छ । दिपायल सिलगढीमा निर्माण कार्य झनै सुस्त रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय धनगढीले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता गोकुल बोहराले प्रदेश सरकारले विपन्न परिवारको घर बनाउन चाहेको तर कहिले कोरोना महामारी त कहिले ठेकेदारको ढिलासुस्तीले काम हुन नसकेको स्वीकारेका छन् ।

गत असारमा काम सम्पन्न नभएपछि प्रदेश सरकारले कात्तिकसम्म म्याद थप गरेको थियो तर संघीय सरकारले चैत महिनासम्म म्याद थप गरेको मन्त्रालयका प्रवक्ता बोहराले बताए । 

उनले भने, ‘असोज र कात्तिकसम्म थपिएको म्याद चैतसम्म लम्बिएको छ । हामीलाई सार्वजनिक खरिद ऐन अन्तर्गत दिइने टेण्डर प्रक्रियाले पनि मारेको छ । ढिलाइ गर्ने ठेकेदारलाई कारवाही गरौं भने नयाँ टेण्डर आह्वान गर्नुपर्ने र अझै ढिलाइ हुने भएकाले ठेकेदारहरूलाई हजुर हाम्रो काम गरिदिनुपर्‍यो भन्नुपरेको छ । हेरौं चैतसम्म नभए कडा रूपमा प्रस्तुत हुनैपर्ला ।’

कागजमा ‘मुख्य उपलब्धि’

हालसम्म अधुरै रहेका ती बस्तीका घरहरू हस्तान्तरण भइसकेको भन्दै प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा मुख्य उपलब्धिको रूपमा समावेश गरेको छ ।

पूर्व प्रदेश प्रमुख गंगाप्रसाद यादवले गत जेठ २७ गते नै प्रदेश सभामा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आर्थिक वर्ष २०७७/२०७८ का मुख्य उपलब्धिहरू भन्दै उल्लेख गरेका थिए तर उपलब्धि मानिएका ती योजनाहरू हालसम्म अधुरै रहेका पाइएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x