
तनहुँमा हालसम्म १ लाख ३५ हजार ८२७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
१ लाख ९५ हजार २९६ जनाले पहिलो मात्रको खोप लगाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
१० पालिकामध्ये ७ वटा पालिकामा कोरोनामुक्त भएका कार्यालयका सूचना अधिकारी शंकरबाबु अधिकारीले जानकारी दिए । कोरोनामुक्त हुने १ नगरपालिका र ६ गाउँपालिका रहेका छन् ।
भिमाद नगरपालिका, देवघाट, आँबुखैरेनी, म्याग्दे, घिरिङ र ऋषिङ गाउँपालिका कोरोनामुक्त भएको हुन् ।
व्यास नगरपालिकामा ३ र भानु र शुक्लागण्डकीमा १/१ जना गरी ५ जना सक्रिय कोरोना संक्रमित रहेका स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले जानकारी दिए ।
जिल्लामा वैशाखदेखि हालसम्म १२९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।