२६ जेठ २०८३, मंगलबार

नोबेल मेडिकल कलेजमा कर्मचारी र विद्यार्थीबीच ढुंगा हानाहान, एक विद्यार्थी घाइते

नोबेल मेडिकल कलेजमा कर्मचारी र विद्यार्थीबीच ढुंगा हानाहान, एक विद्यार्थी घाइते

अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा आन्दोलनरत नोबेल मेडिकल कलेजका विद्यार्थी र कर्मचारीबीच झडप हुँदा एक विद्यार्थी घाइते भएका छन् । 

झडपका क्रममा नेकपा (एकीकृत समाजवादी)को भातृ संगठन अनेरास्ववियूका केन्द्रीय सचिव किसन भगत घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको छ । 

आइतवार धर्ना बस्न गएका विद्यार्थी र सुरक्षा गार्डबीच झडप भएको थियो । 

विद्यार्थीहरू अनशन बस्न आएपछि शुरूमा कलेजको प्रवेशद्वारमा नै औषधि व्यवसायीहरूले ‘गरिखान देऊ’ भन्दै नाराबाजी गरेका थिए । धेरै विद्यार्थी देखेपछि औषधि व्यवसायीहरू त्यहाँबाट हटेका थिए । 

त्यस्तै विद्यार्थीहरू कलेजमा प्रवेश गरेपछि कर्मचारीहरूले पनि रोजगारी गर्न देऊ भन्दै विद्यार्थीविरूद्ध नाराबाजी गरेका थिए । 

कर्मचारीहरूसँग विद्यार्थी नेताहरूले छलफल गर्न थालेपछि भाटा लिएर पहिलेदेखि नै तयारी अवस्थामा रहेका सुरक्षा गार्डले विद्यार्थी नेता भगतमाथि एक्कासि भाटा प्रहार गरेको विद्यार्थी नेताहरूको आरोप छ । 

भाटा प्रहार गर्न थालेपछि विद्यार्थीहरूले पनि ढुंगामुढा गरेका थिए । विद्यार्थी नेताहरूले ढुंगामुढा गर्न थालेसँगै क्याम्पसभित्रबाट समेत विद्यार्थीहरूलाई लक्षित गरेर ढुंगा प्रहार गरिएको थियो । 

मेडिकल कलेजमा तनाव बढेपछि प्रहरी परिचालन गरिएको छ । अहिले पनि विद्यार्थीहरूले नाराबाजी गरिरहेका छन् । विद्यार्थीको आन्दोलनले अस्पताल सेवा अवरूद्ध भएको छ । 

विद्यार्थीहरू पुस १० देखि आन्दोलित छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी)को भ्रातृ संगठन अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन मोरङ र चिकित्सा शिक्षा विद्यार्थी आन्दोलन संघर्ष अभियानको सहयोगमा पीडित विद्यार्थीहरूले आन्दोलन गर्दै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्