२६ जेठ २०८३, मंगलबार

चोङबाङ्ग बने यामाहा ‘रेस फर द एस’का बिजेता

चोङबाङ्ग बने यामाहा ‘रेस फर द एस’का बिजेता

यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राईजेजले दसैँलाई लक्षित गरी शुरू गरेको दसैं स्कीम “रेस फर द एस” को बिजेता इटहरी निवासी इन्द्र नारायण चोङबाङ भएका छन् ।

भाद्र १५बाट शुरू गरिएको यस दसैँ स्कीम मंसिर १४ सम्म भएको थियो ।

९ हप्तासम्म चलेको यस स्कीमको अवधीभरि यामाहाको जुनै बाइकको खरिदमा पनि ग्राहकलाई ८ ,०००/- देखि १००,०००/- सम्मको तत्काल छुट दिइएको थियो ।

त्यसैगरी, स्कीम अवधिभर बाइक खरिद गर्ने ग्राहकलाई हरेक हप्ता एक गोल्डेन एस टिकट र बम्पर बिजेताका लागि तीन गोल्डेन एस टिकट जित्ने मौका प्रदान पनि गरिएको थियो ।

प्रत्येक हप्ताका एस कार्ड बिजेताहरूलाई ४ तोला सुन र बम्पर बिजेतालाई १२ तोला सुन पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।

नेपालभरबाट लक्की ड्रमार्फत बिजेताहरू छनौट गरिएको यस “रेस फर द एस” स्कीमका बम्पर बिजेता इन्द्र नारायण चोङबाङले तिरुपती अटो सिटीबाट यामाहा एफजी डबल डिस्क ब्रेक खरिद गरेका थिए ।

यामाहा नेपालले आगामी दिनहरूमा पनि यस किसिमका स्कीमहरूलाई निरन्तरता दिइराख्ने एमएडब्लु इन्टरप्राईजका लागि कार्यकारी अधिकृत राजु क्षेत्रीले भन्नुभएको छ ।

salt training

कमेन्ट गर्नुहोस्