×

NMB BANK
NIC ASIA

ललितपुर महानगरमा उदाहरणीय प्रयोग

काभ्रेको ढुंगा ललितपुरमा 'ट्राफिक', नपत्याए आउनुस् हेर्न !

पुस २६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

ललितपुरको कुपण्डोलबाट पुल्चोकतर्फ जाँदा सडकको डिभाइडरमा स–साना ढुंगा राखेर कलात्मक ढंगले सन्देशहरू लेखेको देख्न सकिन्छ ।

Muktinath Bank

बिरुवा समेत रोपिएको डिभाइडरमा सवारी चालकलाई सुरक्षित यात्राका लागि प्रोत्साहित गर्ने खालका सन्देश लेखिएका ढुंगा प्रस्टै देख्ने गरी राखिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती ढुंगामा सेतो रंगले रङ्ग्याएर ड्राइभ स्लो, टेक केयर, शुभ यात्रा, गुड डे, सुरक्षित यात्रा गरौं, हाम्रो ललितपुर, ज्वजलपा जस्ता २८ फरक–फरक सन्देश लेखिएका छन् ।


Advertisment
Nabil box
Kumari

सडक आसपासमा यात्रुलाई सुरक्षित यात्राका लागि प्रोत्साहित गर्ने खालका सन्देश राख्नु सामान्य भए पनि यहाँ गरिएको ढुंगाको प्रयोग अलि नौलो र पर्यावरणमैत्री देखिन्छ ।

Vianet communication
Laxmi Bank

ती​ ढुंगाहरूले सचेतना फैलाउन एक हदसम्म ट्राफिक प्रहरीको काम गरिरहेका छन् ।

कम खर्च, वातावरणमैत्री

सवारी चालकलाई लक्षित गरी यसरी सन्देश राख्ने काम ललितपुर महानगरपालिकाले गरेको हो ।

बाटोमा फ्लेक्स बोर्डहरू राख्दा घाम र पानीले छिट्टै बिग्रिने भएकाले यसको विकल्पमा ढुंगा प्रयोग गरिएको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।

‘फ्लेक्स बोर्डहरू घामपानीले छिट्टै बिग्रिन्छ । त्यसलाई राख्न खर्च पनि धेरै लाग्छ । तर, ढुंगामा सन्देश राख्दा आकर्षक, दिगो र वातावरणमैत्री हुने भएकाले यो उपाय अपनाएका हौं,’ हाछेथुले भने ।

ललितपुरको सडक सजावटमा नगरपालिकाले पछिल्लो समय लगानी र विभिन्न प्रयोगहरू गर्दै आएको छ, त्यसैमध्येको एक हो ढुंगामा राखिएको सन्देश । 

हाछेथुका अनुसार, महानगरपालिकाले अहिलेसम्म कुपण्डोलदेखि पुल्चोकसम्मको डिभाइडरमा २२० वटा ढुंगामा विभिन्न सन्देशहरू राखिएको छ ।

अब तत्कालै थप १०० वटा ढुंगामा रंगरोगन गरेर सन्देश लेखी जावलाखेल–लगनखेल सडक खण्डमा राख्ने तयारी छ ।

सन्देश राख्नका लागि गोलो आकारका ती ढुंगाहरू काभ्रेदेखि ल्याएको हाछेथुले बताए ।

‘हामीले काभ्रेको रोशी खोलाबाट तीन ट्रक ढुंगा ल्याएका थियौं । त्यसैलाई डिभाइडरमा सजाइएको हो’, उनले भने, ‘यसरी सन्देश राख्ने क्रममा खासै ठूलो खर्च भएको छैन ।’

तीन महिना अगाडिबाट शुरू भएको यो कामका सम्बन्धमा निकै सकारात्मक प्रतिक्रिया आएको उनले बताए ।

कसरी आयो सोच ?

ललितपुरका नगर प्रहरी प्रमुख सीताराम हाछेथु केही समयअगाडि भक्तपुरतर्फ जाँदै थिए । 

भक्तपुरको जीतपुर पुग्दा ‘सरस्वती मन्दिर यता’ भनेर लेखिएको ठूलो ढुंगामा उनको नजर पर्‍यो । ढुंगामा लेखिएको उक्त सन्देशले हाछेथुको दिमागमा नयाँ आइडिया फुर्‍यो ।

‘बाटोमा राखिएका फ्लेक्सहरू घामपानीले खिइएका थिए । तिनमा राखिएका सन्देश पनि प्रस्ट बुझिने खालको थिएन,’ हाछेथुले भने, ‘यसरी ढुंगामा सन्देश लेख्दा घामपानीले पनि असर नगर्ने र जमेको धूलो पनि पानीले सजिलै पखाल्ने भएकाले यो निकै प्रभावकारी देखियो ।’

उनले यो आइडिया ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसँग शेयर गरे । महर्जनले पनि सकारात्मक जवाफ दिएपछि काभ्रेबाट ढुंगा ल्याएर काम शुरू गरेको हाछेथुले बताए ।

सकारात्मक प्रतिक्रियाबाट हौसिएका हाछेथु यसलाई ललितपुर महानगरभरी फैलाउने योजनामा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x