×

NMB BANK
NIC ASIA

एमाले कैलाली अध्यक्षमा ४ मतले विजयी भए थापा, अधिवेशनमा भीम रावल र लेखराजलाई झट्का

पुस २७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमाले कैलालीको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा रतन थापा विजयी भएका छन् । अध्यक्षका प्रत्यासी रणबहादुर चन्दलाई ४ मतले पराजित पार्दै थापा विजयी भएका हुन् । 

Muktinath Bank

थापाले २८७ मत पाएका थिए भने चन्दले २८३ मत पाएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपाध्यक्षमा सीताराम बुढाथोकीलाई पराजित गर्दै दुर्गाप्रसाद जोशी विजयी भएका छन् । जोशीले ३२७ मत पाए भने बुढाथोकीले २०९ मत पाए । 


Advertisment
Nabil box
Kumari

सचिवमा डेजी पाण्डेले २९४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी दानबहादुर विकले २६० मत पाए । यस्तै उपसचिवमा ममता चौधरी र लोकेन्द्रबहादुर शाही विजयी भएका छन् ।

Vianet communication
Laxmi Bank

सर्वसम्मत नेतृत्व चयन गर्न नसक्दा मतदान भएको थियो । एकातिर पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापाको प्यानल र अर्कोतिर पार्टीका पूर्वउपाध्यक्ष भीम रावल र पार्टी अध्यक्ष ओली पक्षीय मानिने एमाले केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज नारदमुनि रानाको प्यानल चुनावी मैदानमा उत्रिएको थियो ।

भट्ट र थापाको प्यानलबाट अध्यक्षका लागि कैलाली अध्यक्ष तथा प्रदेश सभा सदस्य रतन थापाले उम्मेदवारी दिएका थिए, जो ४ मतले विजयी भए । 

भीम रावलको प्यानलबाट अध्यक्षमा उम्मेदवारी दिएका रणबहादुर चन्द र उपाध्यक्षमा उम्मेदवारी दिएका सीताराम बुढाथोकी पराजित भए । 

उपाध्यक्षमा विजयी भएका जोशीले भट्ट प्यानलबाट उम्मेदवारी दिएका थिए ।

अध्यक्ष र उपाध्यक्षका उम्मेदवार हारे पनि पदाधिकारीतर्फ पार्टीका भीम रावल प्यानलकै पदाधिकारीको वर्चश्व देखिएको छ । बाँकी ३ पदाधिकारी रावल प्यानलबाटै विजय भएका हुन् । रावल प्यानलबाट सचिवमा पाण्डे, उपसचिवमा चौधरी र शाही विजयी भए ।

केन्द्रीय लाइन ‘क्लियर’ नदेखिए पनि सुदूरपश्चिममा नेतापिच्छे गुटमा विभाजित भएको एमालेमा पूर्वमाओवादी धारलाई भने एमाले कैलालीको अधिवेशनमा झट्का लागेको छ । पूर्वमाओवादी अर्थात् लेखराज भट्टकै लाइनबाट सचिवमा उम्मेदवारी दिएका दानबहादुर विश्वकर्मा फराकिलो मतान्तरका साथ पराजित भए ।

तर, सचिवमा विजयी भएका पाण्डेले अब पार्टीभित्र पूर्व एमाले र पूर्वमाओवादी धार नभएको बताएका छन् । पार्टीको आन्तरिक लोकतन्त्रको आधारमा उम्मेदवार हुन पाउने र नेता छान्न पाउने अधिकार रहेकोले यो वा त्यो खेमा भन्न नपाइने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x