×

NMB BANK
NIC ASIA

त्रिशूलीमा साढे ५ सय मिटरको जीपलाइन तयार, व्यावसायिक सञ्चालनको तयारी

पुस २७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

रिभर फन बिच रिसोर्टले त्रिशूली नदीमा साढे ५ सय मिटरको जीपलाइन निर्माण गरेको छ । जीपलाइन तयार भएर सफल परीक्षण भएको पनि रिसोर्टले जानकारी दिएको छ । 

Muktinath Bank

रिभर फनले पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारको रिसोर्टसम्म पुग्ने गरी बनाएको उक्त जीपलाइनको सफल परीक्षण भएको रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१२ वर्षदेखि सञ्चालनमा रहेको यो रिसोर्टले ग्राहकको सुविधा र आकर्षणका लागि जीपलाइन सञ्चालन गरेको उनले बताए । अधिकारीका अनुसार ५५८ मिटर लामो जीपलाइनको अधिकांश भाग त्रिशूली नदि माथि पर्छ । 


Advertisment
Nabil box
Kumari

जसकारण यो जीपलाइन साहसिक र रोमाञ्चक हुने अधिकारीले बताए । नदिमाथिको रोमाञ्चक उडान हुने भएकाले जीपलाइन नेपालकै नमूना जीपलाइन भएको पनि रिसोर्टका प्रबन्ध निर्देशक अधिकारी बताउँछन् । 

Vianet communication
Laxmi Bank

परीक्षण उडान सफल भएकोले अब केही हप्ताभित्रै आवश्यक प्रक्रिया पूरा गरी व्यावसायिक बुकिङ लिइने रिसोर्टले जानकारी दिएको छ । जीपलाइन खेल्न प्रतिव्यक्ति एक हजार ५०० रूपैयाँ र फोटो/भिडियोको थप ५०० रूपैयाँ लाग्ने उल्लेख छ । फोटो/भिडियोको काम एड्भेन्चर क्षेत्रको भिडियोग्राफीमा सक्रिय कम्पनी मदानी मिडिया नेटवर्कले गर्ने अधिकारीले बताए ।

१८ मिटर अग्लो पाँच तले टावरको चौथो तलाबाट जीपलाइन शुरू हुने जीपलाइनमा दुई समानान्तर रोप रहने भएकोले दुई जना एकैपटक एक अर्कालाई हेर्दै खेल्न मिल्ने गरी बनाइएको छ । 

यस रिसोर्टले ९५ मिटर स्काइ रोप साइक्लिङसमेत निर्माण भइरहेको परियोजना डिजाइनर सिभिल इन्जिनियर मुकेश अधिकारीले बताए । यो रिसोर्टले मिनि जीपलाइन, पिङ, रोप कोर्सलगायतका गतिविधिसहितको किड्स एड्भेन्चर पार्कसमेत निर्माण गरिरहेको छ ।

जीपलाइनका लागि बनाइएको टावरको तीन वटा तल्लामा ‘रिभर फन क्याफे’ सञ्चालन हुने उल्लेख छ । रिसोर्टमा आउने ग्राहकलाई प्याकेजमा नै सेवा दिन सकिने उल्लेख छ । 

रिसोर्टले कफी बार, कक्टेल, मक्टेल, क्रन्चीलगायत सामान्यतया राजमार्गका क्याफेमा नपाइने आइटमसहित क्याफे सञ्चालन गर्ने बताइएको छ ।

जीपलाइन, क्याफे, स्काइ साइक्लिङ, किड्स एड्भेन्चर पार्कसहितका योजना सम्पन्न गर्न करीब ७ करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । रिसोर्टमा ७० जना अट्ने नयाँ कोठाहरू समेत थप भइरहेको पनि उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x