असार ४, २०७९
गुल्मीका तिलबहादुर थापा श्रीस ७ कक्षा पढेर लाहुर गए र लाहुरे भए । मरुभूमिभन्दा कम रुखो र कम कठिन छैन उनको जीवन । १७ वर्षको कलिलो उमेरमै संघर्ष गर्दै सन् १९७० मा भारतको गोरखपुरबाट भारतीय सेनामा भर्ती भए । ...
काठमाडाैं | पुस २९, २०७८
हेटौँडा सिमेन्ट उद्योगका लागि चुन ढुंगा ल्याउन २०२० सालमा स्थापना भएको रोपवेको जीर्ण संरचनाका कारण हेटौँडा उपमहानगरपालिका ९ स्थित त्रिवेणी आधारभूत विद्यालयका विद्यार्थी र शिक्षक जोखिममा छन् ।
२०५६ सालदेखि बन्द रहेको यो रोपवेका जीर्ण संरचना उद्योगले २२ वर्षसम्म पनि हटाएको छैन । रोपवेका डिब्बाभित्र अहिले पनि चुन ढुंगा छन् ।
लठ्ठा र खम्बाहरूमा खिया लागिसकेको छ । जुनसुकै बेला तार चुँडिएर ठूलो दुर्घटना हुन सक्ने भन्दै शिक्षक, विद्यार्थी र स्थानीयले चिन्ता व्यक्त गरिरहेका छन् ।
विद्यालयकी प्रधानाध्यापक सुशीला पौडेलले विद्यालयका ३ सय विद्यार्थी त्रासमै अध्ययन गर्न र शिक्षक त्रासैत्रासमा शैक्षिक क्रियाकलाप अघि बढाउन बाध्य भएको बताइन् ।
रोपवेका लठ्ठामा बाँदर झुन्डिएर आउँदा टिनको छानामाथि खस्ने गरेका छन्, जसले पठनपाठन समेत प्रभावित हुँदै आएको छ ।
‘कक्षामा पढाइरहेको समयमा टिनको छानामा बाँदर हाम्फाल्दा लठ्ठा चुँड्यो कि भनेर विद्यार्थीहरू त्रर्सिन्छन्, धेरै समयदेखि हामी त्रासमै छौं,’ उनले भनिन् ।
१ देखि ८ कक्षासम्म मात्र पढाइ हुने विद्यालयमा विद्यार्थीहरू स–साना रहेकाले पनि उनीहरू बढी जोखिममा रहेको विद्यालयका अर्का शिक्षक प्रकाश राईले बताए ।
भविष्यमा हुनसक्ने धनजनको क्षतिप्रति सम्बन्धित निकायको ध्यान नगएको उनको गुनासो छ ।
वि.सं. २०३३ सालमा स्थापना भएको हेटौंडा सिमेन्ट उद्योगले सामग्री ओसारपसारका लागि भन्दै २०२० सालबाट रोपवे सञ्चालनमा ल्याएको थियो ।
तर २०३३ सालदेखि मर्मत अभावमा पूर्ण क्षमतामा सञ्चालन हुन छोडेको रोपवे सेवाले २०५६ सालदेखि भने पूर्ण रूपमा विश्राम लियो ।
रोपवे चल्न छाडेको २२ वर्ष पूरा भइसक्यो, तर त्यसको व्यवस्थापनमा हालसम्म पनि उद्योगले खासै चासो दिएको छैन ।
रोपवेका ८ वटा टर्मिनल, ७ वटा स्टेसन र ३ सय ५३ वटा टावर थिए । ३ सय ६० वटा डब्बाबाट चुन ढुंगा आयात हुन्थ्यो । अहिले पनि रोपवेका जीर्ण लठ्ठा र डब्बाहरूमा चुन ढुंगा झुन्डिरहेका छन् ।
भैँसेदेखि हेटौँडा उपमहानगरको १, ९ र १० नम्बर वडाका स्थानीयहरू बढी जोखिममा रहेको भन्दै उद्योग प्रशासनलाई रोपवे हटाउन पटक–पटक पत्राचार गरिएपनि त्यसको सुनाई नभएको हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपानेले बताए ।
राज्य संघीय संरचनामा गैसक्यो । सम्बन्धित उद्योगले नहटाएमा यसलाई हटाउन प्रदेश तथा स्थानीय सरकारको पनि ध्यान जानु आवश्यक रहेको स्थानीय बताउँछन् ।
वडाध्यक्ष न्यौपाने आफूहरूले पटक–पटक ताकेता गरे पनि उद्योगले चासो नदिएको गुनासो गर्छन् ।
यता हेटौंडा सिमेन्ट उद्योगका कामु प्रबन्धक (अर्थ) रामबाबु शाहले भने जीर्ण संरचना हटाउन ३ पटक टेन्डर सूचना निकालिसकिएको जानकारी दिए । थोरै मूल्यमा टेन्डर निकालेको भन्दै उद्योग मन्त्रालयले लिलामी प्रक्रिया रोकेको शाहले बताए ।
उनका अनुसार ४ करोड २२ लाख रुपैयाँमा १५ सय ६३ टन मेट्रिकटन फलामे सामग्री लिलाम गर्न उद्योगले १ वर्षअघि प्रक्रिया अघि बढाउन उद्योग मन्त्रालयसँग सहमति मागेको थियो । तर मन्त्रालयले अझै सहमति दिएको छैन ।
सरकार र उद्योगको हानथापका बीच स्थानीय भने जोखिम मोलेरै बस्न बाध्य छन् ।
गुल्मीका तिलबहादुर थापा श्रीस ७ कक्षा पढेर लाहुर गए र लाहुरे भए । मरुभूमिभन्दा कम रुखो र कम कठिन छैन उनको जीवन । १७ वर्षको कलिलो उमेरमै संघर्ष गर्दै सन् १९७० मा भारतको गोरखपुरबाट भारतीय सेनामा भर्ती भए । ...
नेपालको सिमानाको कुरा गर्दा हामीमध्ये धेरैले भन्छौं पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म । तर, पूर्वको सीमामा पुग्दा मात्रै थाहा हुन्छ, मेची नदीभन्दा पारिपट्टि पनि नेपाल छ । सुदुरपूर्वको जिल्ला झापामा दुईवटा...
बुटवललाई औद्योगिक शहर भनिन्छ तर बुटवललाई औद्योगिक ‘हब’ बनाउने पात्रबारे खासै चर्चा/परिचर्चा हुँदैन । व्यापारको केन्द्र पुरानो बटौली, भट्टी पसलका रूपमा ख्याती कमाएको खस्यौलीको जति चर्चा छ, त्...
नेपालको औद्योगिक क्षेत्रमा एउटा ब्रान्डको रूपमा स्थापित नाम हो ‘सतिश कुमार मोर’ । वीरगञ्जमा जन्मिएका मोरको नाम आफैंमा ‘ब्रान्ड नेम’ त्यसै बनेको होइन । वीरगञ्जको हावापानी, बुवाको मार्...
एकातिर फोहोर व्यवस्थापनको चुनौती र अर्कातिर ग्यासको बढ्दो मूल्यका कारण आमसर्वसाधारण मारमा परिरहेका बेला सानो परिमाणमा भने पनि यी दुवै समस्या न्यूनीकरणमा काम आउने एउटा मशिन भक्तपुरमा झण्डै एक दशकदेखि बिग्रिएर अ...
बाबुराजा श्रेष्ठ मेकानिकल इन्जिनीयर हुन् । २०४६ सालमै उनले जापानबाट मेकानिकल इन्जिनीयरिङको पढाइ सकेका थिए । त्यतिबेला मेकानिकल इन्जिनीयर थोरै थिए । उनको मूल घर काठमाडौं हो तर उनले काठमाडौंलाई कर्मथलो बन...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...