×
Bajaj Top
Khukuri
FONEPAY

भक्तपुरमा सम्पन्न भारोत्तोलनमा सन्देश र विशालको राष्ट्रिय कीर्तिमान

काठमाडाैं | पुस ३०, २०७८

NTC
TVS INSIDE

महिलातर्फ ३० स्वर्ण, ३० रजत, कास्य ३० र पुरुषतर्फ ३० स्वर्ण, ३० रजत, कास्य ३० गरी १८० पदक प्रदानका लागि यहाँ सम्पन्न २४औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीका सन्देश गुरुङ र विशालसिंह विष्टले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

Sanima Bank
morang Auto yamaha

नेपाल भारोत्तोलन सङ्घले यही पुस २७ देखि २९ गतेसम्म मध्यपुरथिमिमा आयोजना गरेको प्रतियोगितामा सन्देशले सिनियर पुरुष ९६ किलोको स्न्याचतर्फ १०९ किलो भारवहन गर्दै राजविराजमा विसं २०७७ मा भएको राष्ट्रव्यापी भारोत्तोलनमा विशालसिंह विष्टले बनाएको १०८ किलोको कीर्तिमान भङ्ग गर्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

सन्देशले स्न्याचमा १०९ किलोसहित क्लिन एण्ड जर्कमा १३७ किलो गरी कूल २४६ किलो भार उठाउँदै स्वर्ण पदक हात पारे। एपिएफका सुजन विकले रजत तथा धनुषाका उज्ज्वलकुमार मिश्राले कास्य पदक हासिल गरे ।

सिनियर पुरुष १०२ किलोमा विशालले स्न्याच, क्लिन एण्ड जर्क र कूलमा राष्ट्रिय कीर्तिमान स्थापित गरे । उनले स्न्याचमा १११ र क्लिन एण्ड जर्कमा १५० किलो गरी २६१ किलो भार उठाएका थिए । यसअघि सन्देश गुरुङको नाममा स्न्याचमा १०३ किलो र क्लिन एण्ड जर्कमा १३५ किलोको राष्ट्रिय कीर्तिमान रहेको थियो । प्रतियोगितामा आर्मीका विनोद खड्का दोस्रो तथा एपिएफका रणबहादुर नगरकोटी तेस्रो भए ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

प्रतियोगिताको सिनियर पुरुष ८९ किलोमा नेपाल प्रहरीका ओमप्रकाश वैश्यले स्न्याचमा १०५ किलो र क्लिन एण्ड जर्कमा १३० किलो गरी कूल २३५ किलो भारवहन गर्दै प्रथम भए भने नेपाली सेनाका दिनेश कार्की दोस्रो तथा एपिएफका सन्तोष चौधरी तेस्रो भए ।

जुनियर पुरुष ८९ किलोमा बाँकेका सुरज वैश्यले स्न्याचमा ७३ किलो र क्लिन एण्ड जर्कमा १०५ किलो गरी १७८ किलो वजन उठाउँदै स्वर्ण हात पारे भने चितवनका समिर थापा क्षेत्रीले रजत तथा पर्साका शिवनारायण यादवले कास्य हात पारे । युथतर्फ पुरुषको ९६ किलोमा सप्तरीका सञ्जय यादवले स्न्याच र क्लिन एण्ड जर्कमा समान ९०–९० किलो गरी कूल १८० किलो तौल उचाल्दै शीर्षस्थानमा पुग्न सफल भए ।

प्रतियोगिताको युथतर्फ महिला ८१ किलोमा कास्कीकी सिन्जल गुरुङले स्न्याचमा ३३ किलो र क्लिन एण्ड जर्कमा ४२ किलो गरी कूल ७५ किलो भार उठाउँदै प्रथम भए । सिनियर महिलाअन्तर्गत ७६ किलोमा प्रहरीकी तारादेवी पुनले स्न्याचमा ६९ किलो र क्लिन जर्कमा ९३ किलो गरी कूल १६२ किलो भार उठाउँदै प्रथम भए । ८१ किलोमा प्रहरीकी जानकी बुढाले स्न्याचमा ६० किलो र क्लिन एण्ड जर्कमा ७८ किलो गरी जम्मा १३८ किलो भार उचाल्दै स्वर्ण हात पारे ।

त्यस्तै ८७ किलोमा प्रहरीकी विद्या राईले स्न्याचमा ६३ किलो र क्लिन एण्ड जर्कमा ७८ किलो गरी कूल १४१ किलो वजन उचाल्दै स्वर्ण हात पारिन् भने एपिएफकी निशाना बलाल दोस्रो भइन् । ८७ किलोमाथि नेपाल आर्मीकी अस्मिता राईले स्न्याचमा ५० किलो र क्लिन एण्ड जर्कमा ६० किलोसहित कूल ११० किलो भार उचाल्दै स्वर्ण हात पारिन् ।

जुनियर पुरुषको १०२ किलोमा आर्मीका नीरज सिग्देलले स्न्याचमा ५० किलो र क्लिन एण्ड जर्कमा ८० किलो गरी जम्मा १३० किलो भारवहन गरेर प्रथम भए । सिनियर पुरुषको १०९ किलोमा प्रहरीका राजीव महर्जनले स्न्याचमा १०७ किलो र क्लिन एण्ड जर्कमा १२५ किलो गरी जम्मा २३२ किलो वजन उचालेर स्वर्ण हात पारे । त्यस्तै १०२ किलोमाथि आर्मीका पुकार गुरुङले स्न्याचमा १२० किलो र क्लिन एण्ड जर्कमा १४० गरी कूल २६० किलो भारवहन गर्दैै स्वर्ण हात पारे । प्रहरीका सागर भण्डारी दोस्रो तथा सिरहाका प्रतापकुमार चौधरी तेस्रो भए ।

प्रतियोगिताको समापन कार्यक्रममा सङ्घीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, आयोजक नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस)लगायतले प्रस्कार प्रदान गरे। प्रतियोगिताअन्तर्गत पुरुष–महिलातर्फ सिनियर–जुनियर–युथमा गरी १४३ खेलाडीले विभिन्न ६० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।रासस

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ८, २०७८

सशस्त्र प्रहरीको नेपाल एपिएफ फुटबल क्लबले पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्डकप’ फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको छ । पोखरा रङ्गशालास्थित फुटबल...

माघ ७, २०७८

नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा शुक्रवार फाइनलमा प्रवेश गरेका छन् । नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा साविक विजेता आर्मील...

माघ १०, २०७८

स्पेनिस ला लिगामा बार्सिलोनाले जित निकाल्दा उपाधि दौडमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । आइतवार राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई उसैको मैदानमा १–० गोलले हरायो । घरेलु मै...

माघ १०, २०७८

आहा–रारा गोल्डकपमा आज मछिन्द्र क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुँदै छ। ए डिभिजन लिग च्याम्पियन बनेको मछिन्द्र र आहा–रारा गोल्डकपको डिफेन्डिङ च्याम्पियन सङ्कटा क्लबबीच सोमवार दिउँसो साढे दुई बजे पोख...

माघ १०, २०७८

आयोजक नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि सोमवार मोरिससको फुटबल टोली काठमाडौं आइपुगेको छ । पहिलो पटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)  पदाधिकारी...

माघ ९, २०७८

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सनका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् । आईपीएलले शनिवार सार्वजनिक गरेको अक्सनमा सहभागी खेलाडीको सूचीमा नेपालका १५ खेलाडीले दर्ता गरेको जन...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...