×

NMB BANK
NIC ASIA

हिमालयन-इन्भेष्टमेन्ट मर्जर

हिमालयन बैंकको साधारण सभामा शेयरधनीबीच चर्काचर्की, भाँडियो इन्भेष्टमेन्टसँगको मर्जर

पुस ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

हिमालय  बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच सम्झौता भएको १० महिनापछि मर्जर प्रक्रिया भाँडिएको छ  ।

Muktinath Bank

मर्जर विपक्षमा रहेका करीब ३६ प्रतिशत शेयरधनीका कारण यी दुई बैंक एक नहुने भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार भएको हिमालयन बैंकको २९ औं वार्षिक साधारण सभामा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले शेयर आदानप्रदान अनुपात नमिलेको भन्दै मर्जरमा नजाने निर्णय सुनाएपछि औपचारिक रूपमै यी दुई बैंकबीच मर्जर भाँडिएको हो ।


Advertisment
Nabil box
Kumari

हिमालन बैंकको वार्षिक साधारण सभाले मतदानबाट मर्जरमा नजाने टुंगो लगाएको हो । मर्जरमा जान ७५ प्रतिशत शेयरधनीको समर्थन आवश्यक भए पनि विपक्षमा रहेका शेरधनी ३६ प्रतिशत भएका कारण मर्जर भाँडिएको हो । 

Vianet communication
Laxmi Bank

हिमालय बैैंकमा शेयर रहेको कर्मचारी सञ्चयकोष, अध्यक्ष श्रेष्ठको छायाँ इन्टनरनेशनल र एन ट्रेडिङको विरोधपछि मर्जर प्रक्रिया भाँडिएको हो । यो बैंकमा सञ्चय कोषको १४.५८, श्रेष्ठको छाँया इन्टरनेशनलको ८.९ र एन ट्रेडिङ १२.७७ प्रतिशत शेयर स्वामित्व रहेको छ । 

३६ प्रतिशत शेयरधनीले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने विपक्षमा भोट दिएपछि मर्जर असफल बनेको हो ।  

मर्जरको लागि विशेष प्रस्ताव स्वीकृत हुनका लागि कम्तीमा ७५ प्रतिशत शेयरधनीले उक्त प्रस्ताव स्वीकृत गर्नुपर्ने कानूनी प्रावधान छ । विशेष प्रस्ताव अस्वीकृत भएपछि हिमालयन बंैकको वार्षिक साधारण सभामा सञ्चालकहरूबीच नै वादविवाद र चर्काचर्कीसमेत भएको छ ।

साधारण सभामा ‘शेयर आदनप्रदान अनुपात’ नमिलेको भन्दै अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले शुरूमै विरोध गरेका थिए । 

उनले भने, ‘स्वार रेसियो इन्भेस्टमेन्ट र हिमालयको १००:७८ मात्रै हुनेछ । प्रतिकित्ता २२ रूपैयाँ घाटा खाएर इन्भेष्टमेन्टसँग मर्जरमा जान सकिँदैन । त्यसैले यो मर्जर प्रक्रिया अगाडि नबढ्ने निर्णय भएको छ ।’

हिमालयन बैंकले शुक्रवार केन्द्रीय कार्यालय कमलादीमा बोलाएको साधारण सभामा सञ्चालकहरूले नै लफडा गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x