×

NMB BANK
NIC ASIA

हिमालयन-इन्भेष्टमेन्ट मर्जर विफल

मर्जर भाँडिएपछि हिमालयन र इन्भेष्टमेन्ट दुवै बैंकलाई कारवाही, अर्कोमा मर्जर नभएसम्म शेयर किनबेच रोकिने

पुस ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मर्जर गर्ने सहमति गरेर मर्जर भाँडेको भन्दै हिमालय र नेपाल इन्भेष्टमेन्ट दुवै बैंकलाई नेपाल राष्ट्र बैंकले कारवाही गर्ने भएको छ । 

Muktinath Bank

नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार दुवै बैंकले नयाँ साथी खोजेर मर्जरमा नगएसम्म शेयर कारोबार रोक्का, लाभांश वितरण गर्न नपाउने, शाखा कार्यालय विस्तार गर्न नपाइनेसहितको कारवाही हुनेछ । उनका अनुसार दुई बैंकले संयुक्त रूपमा सहमति गरेकोले एउटाको कारण मर्जर भाँडिए पनि फेरि अर्को बैंक खोजेर मर्जरमा नगएसम्म राष्ट्र बैंकले दुवैलाई कारवाही गर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिमालयन बैंक मर्जरमा नगएकोले शुक्रवार पारित भए पनि नगद लाभांश बाँड्न रोक लाग्नेछ । 


Advertisment
Nabil box
Kumari

इन्भेष्टमेन्टसँग मर्जरमा जाने शर्तमा नै गत आर्थिक वर्षको लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएको थियो । यस बाहेक हिमालयन र इन्भेष्टमेन्ट दुवै बैंकलाई शाखा कार्यालय खोल्न राष्ट्र बैंकले अनुमति दिने छैन । 

Vianet communication
Laxmi Bank

राष्ट्र बैंकबाट पाउने नियामकीय सुविधा हिमालयनले नपाउने पनि उल्लेख छ । मर्जर प्रक्रिया भाँडेका कारण यी बैंकले पुनरकर्जा, स्थायी तरलता सुविधा (एसएलएफ ) लगायतका मौद्रिक उपकरणहरू प्रयोग गर्न नपाउने हुँदा जसरी पनि अर्को बैंकसँग मर्जरमा जानुपर्ने ढकाल बताउँछन् ।​


राष्ट्र बैंकले हिमालयनका सञ्चालकलाई भने सचेत पनि गराउने छ । यसकै कारण मर्जर भाँडिएकोले यसलाई अझै कडा निगरानीमा राखिने भएको छ । 

गत वैशाखदेखि दुवै बैंकको दोस्रो बजारमा शेयर कारोबार रोक्का छ । यो शेयर कारोबार अर्को बैंकसँग मर्जरमा नगएसम्म फुकुवा नहुने पनि उल्लेख छ ।

हिमालयन र इन्भेष्टमेन्ट दुवै बैंकले कारवाहीबाट बच्नका लागि अर्को बैंकसँग मर्जर जानैपर्ने हुन्छ । यसका लागि दुवै बैंकले जति समय माग्छन् उति नै पाउँछन् तर त्यो समयसम्म भने राष्ट्र बैंकको मर्जर तथा एक्विविसन नियमावली अनुसार कारवाही भोगिरहेकै हुन्छन् । 

यी दुवै बैंक जति छिटो अर्को बैंकसँग मर्जरमा जान्छन्, उति नै छिटो कारवाहीबाट जोगिने पनि राष्ट्र बैंकको बैंक तथा नियमन विभागका कार्यकारी निर्देशक ढकालले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x