×

NMB BANK
NIC ASIA

‘राखेप सदस्य सचिव विवादको बहानामा खेलकुद गतिविधि नराेकाैं’

पुस ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नेपाली खेलकुदलाई अनिर्णयको बन्दी बन्नबाट जोगाउन आग्रह गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

संघले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव विवादको टुंगो नलागेको बहानामा खेलकुदका सबै गतिविधि रोकिने अवस्थाको अन्त्यका लागि प्रभावकारी पहल कदमी गर्न खेलकुद मन्त्रालयलाई आग्रह गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘खेलाडीले प्रशिक्षण र प्रतिस्पर्धाको मौका नपाउने हो भने उसको मेहनतको कुनै अर्थ रहन्न,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले अदालतबाट मुद्दा टुंगो नलागेसम्मका लागि राखेपका विभिन्न विभागलाई सक्रियताका साथ तयारीमा जुट्न नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ आह्वान गर्न चाहन्छ ।’


Advertisment
Nabil box
Kumari

यस्तै संघले सर्वोच्च अदालतलाई पनि राखेप सदस्य सचिवको मुद्दाको टुंगो चाँडो लगाएर खेलकुदलाई अनिर्णयको बन्दी बन्नबाट जोगाउन आह्वान पनि गरेको छ । 

Vianet communication
Laxmi Bank

राखेपको कार्यकारी प्रमुख सदस्य–सचिवसम्बन्धी विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । यसको असर ९ औं राष्ट्रिय खेलकुदमा पर्ने संघले जनाएको छ । 

‘राष्ट्रिय खेलकुद परिषदले गरेको पछिल्लो घोषणा मान्ने हो भने नवौं वृहत राष्ट्रिय खेलकुद महोत्सव यही फागुनको तेस्रो साता गण्डकीमा शुरू हुनुपर्छ,’ संघले भनेको छ, ‘तर त्यसअनुसार जिल्ला र प्रदेशका छनोट तालिका अझैसम्म सार्वजनिक गरिएको छैन, यसबाट पनि राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालय गम्भीर नरहेको प्रमाणित हुन्छ ।’ 

नवौं राष्ट्रिय खेलकुद भनेको चीनमा आगामी सेप्टेम्बरमा हुने १९औं एसियाली खेलकुदको राष्ट्रिय छनोट भएकाले त्यहाँबाट खेलाडी छनोट गरेर नियमित प्रशिक्षणमा राख्न ढिलो भइसकेको संघको भनाइ छ । 

नवौं राष्ट्रिय खेलकुद मात्र नभई अन्य गतिविधि, खेलाडीका प्रशिक्षणलगायतका विषय पनि राखेपको उदासिनताका कारण अलपत्र अवस्थामा रहेको संघको आरोप छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x