मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
इटालीको प्रहरी संगठनले अधिकारीहरूलाई कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि दिइएको मास्क गुलाबी हुन नहुने भन्दै आपत्ति जनाएको छ । अधिकारीहरूले यो रङ प्रहरीको पोशाकसँग नमिल्ने र यसले ‘संस्थाको पोशाकसम्बन्धी नियमलाई हानि हुने जोखिम रहेको चेतावनी दिएका छन्।
बिहीबार अनलाइनमा प्रकाशित राष्ट्रिय प्रहरी प्रमुखलाई लेखेको पत्रमा एसएपी (साप) युनियनका प्रमुखले एफएफपी–२ मास्कको रङ छनोटसम्बन्धी कमजोरीलाई लिएर कारबाही गर्न आग्रह गरिएको छ ।
स्टेफानो पाओलोनीले भनेका छन्, “पुलिस प्रबन्धकहरूले ‘आफ्ना अधिकारीहरू’को सजावट संरक्षण गर्नुपर्छ । उनीहरूलाई एकरूपको लागि विचित्र र संस्थाको छविलाई हानि पुर्याउने जोखिममा सुरक्षात्मक उपकरणहरू (मास्क) सँग संस्थागत क्रियाकलापहरू गर्ने आदेश नदिने सुनिश्चित गर्नुपर्छ ।”
सेतो, नीलो वा कालो जस्ता अन्य रङहरू धेरै हदसम्म नीलो भएको वर्दीसँग मिल्दोजुल्दो हुने तर गुलाबी मास्क प्रयोग गर्नु उपयुक्त नहुने सुझाव पत्रमार्फत् उनले दिए।
इटालेली सञ्चार माध्यमले उद्धृत गरेको सँगैको एउटा नोटमा संगठनले गुलाबीसँग यसको कुनै विशेष मुद्दा नभएको तर अधिकारीहरूको वर्दी विनियमित गराएको दावी गरिएको छ ।
यद्यपि यस बिषयबारे उप–पूर्वाधार मन्त्री टेरेसा बेलानोभाले ट्वीटरमा ‘रंगीबिरंगी मास्क लगाउनुमा कुनै अमर्यादित कुरा छैन’ भनेकी छन् ।
लगभग २०,००० सदस्यहरू वा पाँचमध्ये एक इटालेली प्रहरी अधिकृत सङ्गठित भएको संगठन एसएपीले गुलाबी मास्क इटालीको उत्तर र सिसिलीमा विभिन्न एकाइहरूमा वितरण गरिएको बताएको छ ।
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...