×

NMB BANK
NIC ASIA

राजधानीका सडकले सवारी चाप धान्नै गाह्रो !

माघ २, २०७८

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

उपत्यकाका सडकले अब सवारीसाधन धान्न नसक्ने भएका छन् । अत्यधिक सङ्ख्यामा सवारीसाधन भित्रिँदा सबैजसो सडक साँघुरो हुन थालेका छन् ।

Muktinath Bank

सवारीसाधनको चापले सडक अवरुद्ध हुँदा समयमा गन्तव्य स्थल पुग्न अब कठिन भइसकेको छ । अव्यवस्थित सवारीसाधनका कारण सडक दुर्घटना, ध्वनि तथा वातावरण प्रदूषणसमेतको समस्या निकै बढेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले सवारीसाधनको सङ्ख्यालाई सडकले धान्न नसक्ने बताउँदै भने, “अनियन्त्रित रूपमा सवारीसाधन भित्र्याउने कार्य अब रोक्नैपर्छ । ट्राफिक व्यवस्थापनलगायतमा एकीकृत नीतिको आवश्यकता देखिएको छ ।”


Advertisment
Nabil box
Kumari

विभागका अनुसार नेपालमा दुई र चारपाङ्ग्रे गरी ४० लाख सवारीसाधन दर्ता छन् । तीमध्ये झन्डै ५० प्रतिशत सवारीसाधन उपत्यकामै गुड्छन् । सडक अवरुद्ध गर्नेमा ठूला सवारीसाधनभन्दा साना तथा दुईपाङ्ग्रे सवारीसाधनको भूमिका बढी हुने गरेको छ । नेपालमा दैनिक करिब चार सयवटा नयाँ मोटरसाइकल दर्ता हुने गरेका छन् ।

Vianet communication
Laxmi Bank

सरकारले २०७२ सालदेखि २० वर्ष पुराना सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । तर, यसको प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन ।

यातायात व्यवसायीले २० वर्ष तोक्नुभन्दा पनि गाडीको अवस्था हेरेर बन्द गर्नुपर्ने माग गर्दै आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले प्राविधिक रूपमा चल्न सक्ने गाडी चलाउनुपर्ने सुझाव दिँदै प्राविधिक रूपमा चल्न नसक्नेलाई विस्थापन गर्न २० वर्ष पर्खिनुपर्ने आवश्यकता नरहेको बताए ।

यातायात व्यवस्था विभागले २० वर्ष पुराना सार्वजनिक सवारीसाधनलाई सडकमा चल्न नदिइएको दाबी गरेको छ । विभागका प्रवक्ता भुसालले भने, “त्यस्ता सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएकाले ट्राफिक प्रहरीले सडकमै नियन्त्रण गर्ने गरेका छन् ।” सन् २००६ मा वातावरण विभागले गरेको अध्ययन प्रतिवेदनअनुसार उपत्यकाको वातावरण प्रदूषणमा सवारीसाधनको हिस्सा २७ प्रतिशत रहेको पाइएको थियो । सन् २०१७ मा उक्त प्रतिशत बढेर ३४ पुगेको थियो । गोरखापत्र दैनिकमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x