फागुन ३०, २०८०
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
चालू आर्थिक वर्षको ६ महिनाको विकास निर्माणका लागि गरिने पुँजीगत खर्च जम्मा १३.४४ प्रतिशत मात्रै छ ।
महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालू आवको पहिलो ६ महिनाको कुल खर्च नै जम्मा ३१.०३ प्रतिशत रहेको छ । यो अवधिमा सरकारले राजस्व भने ४५.९२ प्रतिशत उठाएको छ ।
सरकारले ६ महिनामा ५ खर्ब ४२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको भएपनि खर्च भने गर्न सकेको छैन । सरकारले राजस्व उठाउने लक्ष्य चालू आवमा ११ खर्ब ८० अर्ब रहेको छ ।
सरकारले गर्ने पुँजीगत खर्च जम्मा ५० अर्ब ८० करोड छ । यो वर्ष सरकारले गर्ने यस्तो खर्चको लक्ष्य भने ३ खर्ब ७८ अर्ब रुपियाँ रहेको छ । ६ महिना बितिसक्दा पनि सरकारले लक्ष्यको आधा वा सोही हाराहारीमा रकम खर्चनुपर्ने भएपनि विकासे मन्त्रालयलहरूले गर्ने खर्च नै कम भएकोले तर्क अर्थ मन्त्रालयले दिएको छ ।
सरकारी निकायले गर्ने चालू खर्च भने ३८.१५ प्रतिशत पुगेको छ । यस्तो खर्चमध्ये वित्तीय व्यवस्थापनतर्फको खर्च भने २६ प्रतिशत रहेको छ ।
सरकारले लिने अनुदान रकम पनि ६ महिनामा जम्मा २३.१७ प्रतिशत मात्रै लिन सकेको छ । यस्तो रकम यो वर्ष हालसम्म १३ अर्ब ८८ करोड मात्रै छ । यस्तो रकम चालू आवमा ५९ अर्ब ९१ करोड रुपैयाँ रहेको पनि महालेखा नियन्त्रकको तथ्यांकले देखाएको छ ।
सरकारले गर्ने यस्तो खर्च वर्षेनी असार मसान्तमा मात्रै धेरै हुने गरेका कारण पहिलो ६ महिनामा खर्च नै कम हुने गरेको छ । यस्तो पुँजीगत खर्च गत वर्षको पहिलो ६ महिनामा पनि जम्मा १४.४ प्रतिशत मात्रै थियो ।
हाल सरकारी ढुकुटीमा ४८ अर्ब ३९ अर्ब रुपैयाँ रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...