×

Nic Asia
Marvel

भारतीय प्रहरीसँग साँठगाँठ

एआईजी पालमाथि गम्भीर आरोप, कारवाही गर्न किन हिच्किचाउँदैछ गृह मन्त्रालय ?

काठमाडाैं | माघ २, २०७८

NTC
TVS INSIDE

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका ३ भारतीय नागरिकलाई नेपाल सरकार तथा प्रहरी प्रधान कार्यालयलाई जानकारी समेत नगराई भारतीय प्रहरीको जिम्मा लगाएको आरोप एआईजी हरिबहादुर पालमाथि लागेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

कात्तिक ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्कँदै गर्दा पक्राउ परेका मोहम्मद नुर, मोद रसाद र यासिर अराफातलाई गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयलाई समेत जानकारी नदिई पालकै निर्देशनमा गुपचुप रूपमा भारतीय प्रहरीको जिम्मा लगाएको प्रहरी स्रोतको दाबी छ । 


Advertisment
NMB BANK
Saurya island

माथिल्लो निकायमा जानकारी समेत नदिई कुनै प्रहरी अधिकारीले गुपचुप रूपमा भारतीय प्रहरीसँग साँठगाँठ गर्नु गम्भीर विषय हो ।

यस विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन समेत गरे पनि दोषीमाथि कारवाही भएको छैन ।

Vianet communication
Maruti inside

शक्तिकेन्द्र (विशेष गरी बालुवाटार)सँग नजिक रहेका पाललाई कारवाही गर्न गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय हिच्किचाइरहेको छ ।

गृह मन्त्रालयले यस विषयमा आफूलाई केही थाहा नभए जस्तो गरेको छ । गृह प्रवक्ता प्रदीपकुमार कोइरालाले आफूलाई जानकारी नै नभएको बताए ।

‘यस विषयमा गृह मन्त्रालयमा केही जानकारी छैन,’ गृह प्रवक्ता प्रदीपकुमार कोइरालाले लोकान्तरसँग भने, ‘फेरि पनि भनें, अहिलेसम्म केही जानकारी आएको छैन ।’

प्रहरी प्रधान कार्यालयले भने एक प्रहरी नायब महानिरीक्षक (डीआईजी)को नेतृत्वमा छानबिन समिति बनाएर छानबिन गरी प्रतिवेदन गृहमा पठाइसकेको छ ।

‘त्यो विषय बाहिरिएपछि छानबिन समितिले प्रतिवेदन गृहमा बुझाइसकेको छ,’ उनले भने ।

स्रोतका अनुसार त्यो प्रतिवेदनमा विमानस्थलबाट ३ जना भारतीय नागरिकलाई लिएर जाने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीएसपी नमराज भट्टराईले एआईजी पालको निर्देशनमा आफूले उनीहरूलाई भारतीय प्रहरीको जिम्मा लगाएको बताएको उल्लेख छ ।

आफ्नै ब्याची त्यसमा पनि शक्ति केन्द्रनजिक भएकाले प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री पनि यस विषयमा बोल्न चाहँदैनन् । 

‘यो विषयमा मेरो प्रवक्ताले बोल्नुहुन्छ । मैले उहाँलाई जिम्मेवारी दिएको छु,’ आईजीपी क्षेत्रीले लोकान्तरसँग भने, ‘के चाहिन्छ उहाँलाई फोन गर्नुस्, म सहयोग गर्न भन्छु,’ भन्दै आईजीपी पन्छिए । 

प्रहरीका नवनियुक्त प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) मुकुन्द आचार्यले पनि यस विषयमा आफू अनभिज्ञ रहेको बताए ।

‘म भर्खर आएको हुँ । पुरानो कुरा रहेछ, मलाई थाहा छैन,’ प्रवक्ता आचार्यले भने ।

पहिलाका प्रवक्ताले बुझबुझारथ गरेर जानुभएको होला नि ? भन्ने प्रश्नमा उनले त्यो बारेमा जानकारी नभएको बताए ।

यद्यपि प्रहरी प्रधान कार्यालयमा प्रहरी प्रवक्ता परिवर्तन हुँदा कार्यालयका काम कारवाही बुझबुझारथ गरेर जाने चलन छ । 

केस के हो ?

गत कात्तिक ५ गते भारतीय प्रहरीको सुुराकीका आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीएसपी नमराज भट्टराई नेतृत्वको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मोहम्मद नुर, मोद रसाद र यासिर अराफातलाई पक्राउ गरेको थियो ।

भारतमा आतंकवादी गतिविधि संलग्न रहेको अभियोगमा भारतीय प्रहरीको खोजीमा रहेका उनीहरू यूएईको सारजहा विमानस्थल हुँदै नेपाल प्रवेश गरेका थिए ।

उनीहरूलाई डीएसपी भट्टराईको टोलीले स्कोर्पियोमा राखेर भारतीय प्रहरीको जिम्मा लगाएको प्रहरी स्रोतको दाबी छ ।

भारतको चण्डीगढ घर भएका नुर र जम्मु–कश्मीर घर भएका रसिद तथा अराफातले काठमाडौंमा अग्रिम होटल बूकिङ गरी सम्पर्क व्यक्ति खुलाएर आएका थिए ।

नेपालमा पक्राउ परेका भारतीय अपराधीलाई भारतीय प्रहरीको जिम्मा लगाउने हो भने पनि गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई जानकारी गराउनुपर्ने हुन्छ ।

कुनै प्रहरी अधिकारीले अवैधरूपमा विदेशी प्रहरीसँग साँठगाँठ गरेको खुल्दा पनि उक्त प्रहरी अधिकारीलाई कारवाही नहुनु गम्भीर विषय भएको सुरक्षा क्षेत्रका जानकारहरू बताउँछन् ।

स्रोतका अनुसार नेपाल प्रहरीले जिम्मा लगाएका तीनै जनाको भारतीय प्रहरीले इन्काउन्टर गरेको छ ।

TATA Below
NLIC
fman
जेठ ७, २०७९

ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन् ।  ५० हजार ५२ मत गन्दा महर्जनले २५ हजार ५४० मत पाएका छन् भने नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १४ हजार ८३८ म...

जेठ ७, २०७९

हावाहुरी र चट्याङ जस्ता प्राकृतिक विपत्तिको घटनामा परेर ५ जनाको मृत्यु भएको छ  । यस्तै १२ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बितेको २४ घण्टामा सो घटना...

जेठ ७, २०७९

चितवनको भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालको अग्रता ७ हजार नजिक पुगेको छ । शनिबार ११ बजेको मतपरिणाम अनुसार उनले ६९३९ मतको अग्रता बनाएकी हुन् ।   ८३१११ गणना ...

जेठ ७, २०७९

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा काँग्रेसबाट मेयरको उम्मेदवार रहेकी सिर्जना श्रेष्ठ दोस्रो स्थानमा उक्लिएकी छन् । शनिबार राति १० बजे जानकारी गराइएको आधिकारिक मतपरिणामअनुसार सिर्जना दोस्रो स्थानमा उक्लिएकी ...

जेठ ७, २०७९

भरतपुर महानगरपालिकाको मेयर पदकी उम्मेदवार रेनु दाहालले निरन्तर अग्रता बढाउँदै लगेकी छन् । शनिबार राति ८ बजेको मतपरिणामअनुसार उनले अर्का उम्मेदवार एमालेका विजय सुवेदीसँग ६६६६ मतको अग्रता बनाएकी हुन् । ...

जेठ ७, २०७९

गत चैत्र १७ मा जुम्लामा एमालेले विशाल सभा आयोजना गरेको थियो, जसलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।  जुम्लामा एमाले सभामा देखिएको भीडलाई पार्टी र अध्यक्ष ओलीप्रतिको आकर्षणको रूपमा एमालेले प्...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x