×

Nic Asia
Dabur
Prabhu Bank

पोखरा चिनाउने शरणार्थीहरूको कथा

काठमाडाैं | माघ २, २०७८

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

उतिबेला तिब्बतबाट हिँडेर मुस्ताङको लोमान्थाङ हुँदै पोखरा झर्दा बाटोमै जन्मिएकी आफ्नी आमाको कथाले ३८ वर्षीया हिसी छोइडेनलाई आज पनि झस्काउँछ ।

yONNEX
IME BANK INNEWS

तिब्बतबाट करीब एक हप्ताको पैदल यात्रापछि हिसीकी आमा मिगमार डोल्मा बाटैमा जन्मिएकी थिइन् रे ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘मानव बस्तीभन्दा धेरै पर, हिउँ जमेका अनकन्टार पाखापखेरा, न खाना, न न्यानो बास, बाटो अन्दाज गरेर जोहो गरेको खाना पनि सकिएको अवस्थामा उनकी आमाले धर्तीमा पाइला टेकेकी थिइन् ।

‘यस्तो बेला बाटोमा सुत्केरी हुनुको पीडा कल्पना पनि गर्न सकिँदैन,’ आफ्नो हजुरआमाले भोगेको त्यो कठिन क्षणको कथा स्मरण गर्दै हिसीले भनिन्, ‘त्यहीबेला समूहमा आएका केही साथी र लोमान्थाङबाट गएका नेपालीहरूले ठूलो सहयोग गर्नुभएछ ।’


Advertisment
Lokantar App
Saurya island

त्यति बेला लोमान्थाङ भित्रिन पनि सजिलो थिएन । नौलो मानिस कहाँबाट आए, किन आए ? सबैलाई चासो र त्रास हुन्थ्यो । अर्कातिर भाषाको पनि समस्या थियो ।

‘इशाराले कुरा बुझाएरै त्यहाँका नेपालीलाई आफ्नो बनाउनुभएछ,’ केहीबेरको अनौपचारिक कुराकानीमा हिसीले आफ्नो पुर्ख्यौली इतिहासको पोको फुकाइन् ।

Vianet communication

उनको परिवार तिब्बतबाट शरणार्थी भएर नेपाल छिरेको ६० वर्ष पुगिसकेको छ ।

****

हिसी मात्र होइन, पोखराको छोरेपाटनस्थित टासिलिङ शरणार्थी क्याम्पमा पुग्दा सबैका यस्तै यस्तै कथाव्यथा छन् ।

सो क्याम्पमा बस्दै आएकी ६८ वर्षीया छोल्मालाई ७/८ वर्षको उमेरमा बुवाको बुई चढेर कयौं दिनको यात्रा गरेको याद छ ।

छोल्माले भनिन्, ‘दिनभरी हिँड्ने, रात पर्न लागेपछि पाल बिछ्याएर सुतेको मलाई सम्झना छ । अरू कुरा त बिर्सिएँ ।’

मुस्ताङ आएर केही वर्ष बसेपछि सन् १९६४ मा पोखरा झरेको थियो रे, छोल्माको परिवार ।

‘पोखरा आएर करीब एक वर्ष त पालमुनि नै बिताइयो,’ विगत सम्झिँदै छोल्माले भनिन्, ‘काम पाइने आशामा दिनभर घर–घर चाहार्थ्यौं, कतिले माया गरेर खानेकुरा, पैसा पनि दिनुहुन्थ्यो, बेलुका पालमुनि बसेर त्यही खाएर सुत्थ्यौं ।’

बाल्यकालमै आफूले पाएको दुःखको कहानी सुनाउँदा उनका आँखामा आँसु भरिए ।

तिब्बतबाट भागेपछि यात्राका क्रममा सुरक्षाका लागि चट्टानका पाखा पहराको बाटो रोज्दथे ।

कति बाटोमै बिमार परे, कति हराए, कतिको मृत्यु भयो, बचेकाहरू नेपाल छिरेर विभिन्न स्थानमा शरणार्थीका रूपमा बस्न थाले ।

यी त नेपाल छिर्दाका दुःख भए, यहाँ आएपछिका दुःख पनि कम्ता छैनन् ।

जति जनासँग कुरा गरेपनि उस्तै कुरा सुनाउँछन्, ‘नेपालमा दशकौंदेखि बस्दै आएकाले यहाँको भूमिसँग माया गाँसिएको छ । तर यसलाई प्रमाणित गर्ने कुनै कागजात छैन । जागिर खान, औपचारिक व्यापार व्यवसाय गर्न, घर जग्गा किन्न, चार पांग्रे सवारीसाधन किन्न अधिकार छैन । बैंक खाता खोल्न, मोबाइल नम्बर लिन र दुई पांग्रे सवारी साधन किन्न समेत पुर्खाको पालाको शरणार्थी परिचयपत्रसहित उक्त पत्र रुजु गर्ने नातेदार सबै जुटाउनु पर्छ ।’

‘नेपाल छाडौं, दुई दिनमै फर्केर यहीँ आउन मन लाग्छ, नछाडौं आफ्नो क्षमताको काम गर्ने अधिकार पनि छैन,’ काठमाडौंको नाम्गेल तिब्बतीयन विद्यालयबाट स्नातकसम्मको पढाई पूरा गरी पोखरा फर्किएका २३ वर्षीय तेञ्जिङ यङले भने ।

आफ्नी हजुरआमाले सन् १९९५ मा पाएको शरणार्थी परिचय पत्र हराउँदा उनले बैंक खाता खोल्न र मोटरसाइकल किन्न पनि पाएका छैनन् ।

क्याम्पनजिकै डेभिड फल्सको आसपास सुभनियर सामग्री (पत्थर तथा रत्नका झुम्का, माला इत्यादि) बेचिरहेका भेटिन्छन्, उनी ।

‘उबेला बाउबाजेले लेक र भोट गएर ल्याएका यिनै सामान पोखरा आउने पर्यटकलाई बेचेर जति आउँछ, त्यसैले जीवीकोपार्जन गर्दै आएका छौं,’ उनले भने ।

****

दक्षिण भारतको ब्यालाकुपस्थित टीसीभी विद्यालयबाट इञ्जिनीयरिङ कोर्ष गरेका २४ वर्षीय हिसी तेञ्जिङ पनि पढाइ सकेर पोखरा नै फर्किए ।

प्लस टुसम्मको अध्ययन पोखरा तिब्बतीयन क्याम्पभित्रैको एसओएस हर्मन जेभियर विद्यालयमा पूरा गरी इन्डिया गएका हिसीलाई घरपरिवार र पोखराको यादले तान्यो । 

‘इन्डियामा काम त पाइएको थियो, तर परिवार, छिमेकी तथा पोखरालाई माया मार्न सकिएन,’ डेभिड फल्स नजिकैको एक तिब्बतीयन खाजा पसलमा कूकको काम गरिरहेका तेञ्जिङले भने ।

तिब्बतीयन क्याम्पभित्रकै शरणार्थीलाई लक्षित गर्दै तिब्बतीयन खाजा (मम, चाउमिन थुक्पा)बेच्न वर्षौ पहिले तेञ्ङिका बुवा पेम्बाले यो पसल खोलेका थिए ।

अहिले यहाँ नेपाली ग्राहक नै खचाखच हुन्छन् ।

निकै मन पराइएको मःम, चाउमिन र थुक्पा यिनै तिब्बती शरणार्थीले पोखरा भित्र्याएका हुन् ।

तिब्बतीयन क्याम्पभित्र वा क्याम्पलाई लक्षित गरी आसपासमा खोलिएका मःम पसलमा नेपालीको पनि भीड बढ्दै गयो ।

विस्तारै नेपालीले पनि सिको गरे । अहिले पोखरामा लगभग घर–घरमा मःम पसल छन् । पोखराको मःम देश विदेशका पर्यटकले खुबै रुचाउँछन् ।

‘नेपाली जस्तै सुविधा भोग गर्न नपाए पनि आफूले चिनाएको सीपले बजार लिएको देख्दा खुशी लाग्छ,’ ५५ वर्षीय पेम्बाले भने ।

पोखरामै डोल्मा मःम हाउस सञ्चालन गरेकी ५८ वर्षीय डोल्मा छिरिङले पनि आमाकै पालादेखि मःम पसल धानिरहेकी छिन् । 

करीब दुई दशकसम्म नामविनै खाजा पसल सञ्चालन गरेकी डोल्माले लामो संघर्षपछि गत वर्षदेखि पसल दर्ता गर्न पाइन् ।

यही कुरामा उनी औधी खुशी छिन् । दर्ताका लागि डेढ वर्षको मेहनत र बुवाको शरणार्थी परिचय पत्र काम आयो ।

'यही खुशीले क्याम्पभित्रको विद्यालयमा टप पोजिसन ल्याएर पढेका आफ्ना तीन छोरी र एक छोरा अहिलेसम्म बेरोजगार रहेको पीडा भुलाइदिएको छ,' उनले भनिन् ।

मःम चाउमिन मात्र होइन, पोखराका घरघरमा सिटिङ रूममा बिच्छ्याइने गलैँचा पनि तिब्बती शरणार्थी क्याम्पबाटै उत्पादन शुरू भएको थियो ।

शरणार्थीलाई परिचय पत्र वितरण गर्न रोकिएसँगै विभिन्न नीतिगत जटिलताले यस्ता उद्योग क्रमशः बन्द हुँदै गएका छन् । 

तिब्बतीयन क्याम्पभित्र तिब्बतीलाई लक्षित गर्दै सञ्चालित विभिन्न कार्यालयका अनुसार अहिले नेपालभर करीब १३ हजार तिब्बती शरणार्थी छन् । तीमध्ये एकतिहाइ पोखरा र आसपासमा बस्छन् ।

उनीहरू हेम्जा, पृथ्वीचोक, छोरेपाटन र तनहुँको दुलेगौंडामा नेपाल सरकारले अनुमति प्रदान गरेको  शरणार्थी क्याम्पभित्र बसोवास गर्दै आएका छन् । 

सन् १९९५ मा शरणार्थी परिचय पत्र वितरण गरिएको थियो । उतिबेला परिचय पत्र पाउनका लागि १८ वर्ष उमेर पुगेको हुनुपर्दथ्यो । त्यसयता उनीहरूका छोराछोरी, नातिनातिना जन्मिसकेका छन् ।

कतिले त्यहीबेला बाउबाजेले पाएको परिचय पत्रका आधारमा लामो प्रक्रिया पुर्‍याएर भएपनि सार्वजनिक सेवा सुविधा दिएका छन् । तर, त्यो कार्ड पाएका कतिपय बितिसकेको वा अन्य कारणले आफ्ना पुर्खाको उक्त कार्डको रुपरेखै नदेखेका युवापिँडीको संख्या पनि ठूलो छ ।

‘सानातिना सुविधाका लागि पनि हजुरबुवा, हजुरआमाका पालाको पत्र खोज्नुपर्ने भएकोले नयाँ पुस्ता त धेरैको बैंक खाता समेत छैन,’ छोरेपाटनस्थित टासिलिङ क्याम्पकी एरिया इञ्चार्ज यासी छोइडेनले भनिन् । 

तमाम् समस्याका बावजूद आफूसँग भएका सीप, सिर्जना र कला कौशल बेचेर जीविकोपार्जन र पोखरा चिनाउन व्यस्त छन्, शरणार्थीहरू । तिब्बतको सीप र कलाले पोखरा चिनाएका छन् ।

पृथ्वीचोक क्याम्पका बासिन्दा ४८ वर्षीय थुप्तेन छिरिङ भन्छन्– ‘बस्न पायौं, भइहाल्यो । अरू सुविधा माग्ने त अधिकार पनि हुनुपर्‍यो नि । दुःखका बेला नेपाली समाजले दिएको साथ र हात बिर्सिन सक्दैनौं ।’

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ४, २०७९

२०५०–०५१ आसपासमा अखिलको राजनीतिमा रूपन्देहीको सक्रिय नाम थियो गंगाप्रसाद ढकालको । भैरहवा बहुमुखी क्याम्पसमा प्रविणता प्रमाणपत्र तह (आईए) पढ्दै गर्दा ढकाल क्याम्पसहरूमा जोशिलो, मिठो र विषयवस्तुको ज्ञान सहित...

चैत ६, २०७९

सिरसिर हावा चलिरहने । चिरबिर–चिरबिर चराको आवाज आइराख्ने सोलेडाँडाको विशेषता हो । हरियाली वनपाखा । त्यसमाथि राताम्य फुलेका लालीगुँरासले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गर्छ । बागलुङ र म्याग्दी जि...

चैत ८, २०७९

काठको ठेकी बनाउने चुँदाराले श्रम अनुसारको ज्याला पाउन सकेका छैनन् । लामो समयदेखि यो पेशा गरे पनि ठेकी कुँदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने गरेको उनीहरूको गुनासो छ । विगत वर्षमा धेरैले यो पेशा गर्दै आए पन...

चैत ७, २०७९

नेपाली सेनाले औपचारिक कार्यक्रम गरेर यस वर्षको घोडेजात्रा मनाइएको छ ।  अघिल्ला वर्षझैँ यस वर्ष पनि नेपाली सेनाले काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रमका बीच घोडेजात्रा मनाएको हो । ...

चैत ११, २०७९

आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको छ । नयाँ संरचनामा प्रयोग नहुने र पुराना नासिँदै जाँदा मौलिक सीपयुक्त काष्ठकलाका सामग्री लोप हुँदै गएका छन् ।  सीपय...

चैत ४, २०७९

व्यक्ति एक ठाउँअनुसार उसको भूमिका अनेक हुन सक्छन् भन्ने उदाहरणीय बनेकी छन् बन्दना पोखरेल । पत्रकारिता, सामाजिक अभियान्ताको रूपमा पाल्पामा राम्रो पहिचान बनाएकी पोखरेलको परिचय हिजोआज उद्यमीसँग जोडिएको छ ।  ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x