चैत ३, २०७९
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्याउने यथार्थ व्याख्या गरेका थिए ।
यसलाई उल्टो रूपमा सोचौं, सुविधाहीन घर भएकाहरूको स्वास्थ्य अवस्था कमजोर हुन्छ । कमजोर स्वास्थ्य अवस्थाले कमाउन सक्ने क्षमता कमजोर बनाउँछ र न्यून आम्दानी हुन्छ । र, व्यक्ति गरीबीको दुष्चक्रमा रुमलिइरहन्छ । यस दुष्चक्रबाट छुटकारा पाउन गहकिलो प्रयास चाहिन्छ ।
क्षमता, आम्दानी, स्वास्थ्य अवस्था र आवास सुविधाजस्ता विषय निरपेक्ष नभै एकअर्कामा जेलिने विषय हुन् । विकास अर्थशास्त्रीहरू विकासका उपाय रेखीय रूपमा खोज्दै आएका छन् ।
समाजशास्त्रीहरू विकासलाई रितिरिवाज, संस्कृति, पहिचान र सम्बन्धका आयामबाट हेर्छन् र सुशासनविदहरू चाहिँ शासकीय क्षमताबाट । जसले जसरी व्याख्या गरेपनि गरीबीको दुष्चक्रजस्तै अविकासको दुष्चक्र स्रोत, शक्ति र संस्थाबीचको गलत अन्तरक्रियाको परिणाम हो । यस अर्थमा शासकीय आयाम सबैभन्दा दह्रिलो सावित हुन्छ ।
व्यक्ति/वर्ग गरीबीको दुष्चक्रमा पर्नु वा देश अविकासको दुष्चक्रमा पर्नु भनेको कुशासनको परिणाम हो । सुशासनले अवसरहरूको विस्तार गर्छ र त्यसलाई समुचित वितरण गर्छ । बुझ्नुपर्ने कुरा के हो भने अवसरको वितरण स्रोतको वितरण होइन, सामर्थ्यको विस्तार हो । कुशासनले अवसरको दुरूपयोग र लाभको केन्द्रीकरण गर्छ ।
कोही किन गरीब बन्छ भन्ने सन्दर्भमा नेल्सन मण्डेलाले भनेका थिए, ‘दासता र रंगभेदजस्तै गरीबी पनि स्वाभाविक नभै मानवनिर्मित हो । मानवीय प्रयत्नबाटै यसलाई हटाउनु पर्छ । यथार्थ हो कि जन्मदा समान अवस्थामा जन्मेकाहरू पनि जन्मेको घर, परिवार र परिवेशले कोही गरीब र कोही गैरगरीब बन्ने गर्छ । सम्पन्नको कोखमा जन्मेकै कारण अर्कोभन्दा कोही क्षमतावान, शासक, सर्जक वा आविष्कारक बन्ने गर्छ ।
परिवेश वा जन्मनुको अन्तर घटाएर नै विकास (अवसर) को मानवीकरण गर्न सकिन्छ । व्यक्तिको विकासका लागि क्षमता चाहिन्छ । त्यसका लागि लगानी चाहिन्छ । त्यो लगानी स्वच्छ वा मैलो जे भएपनि ऊ क्षमतावान बन्न सक्छ । सामर्थ्य भएकाहरूले नै स्वतन्त्रताको उपभोग गर्छन् । क्षमता विकास गर्न नसक्ने चाहिँ शासित बन्छ । यो यथार्थ युगौंदेखि दोहोरिँदै, संस्थागत बन्दै आएको छ । यस अर्थमा स्वतन्त्र भनेको आयको कमाइ हो, आयचाँहि स्वतन्त्रताको विस्तार । यो पनि एउटा संस्थागत चक्रमा रहन्छ ।
तर यो यथार्थ भन्न, बुझ्न समाज यसकारण पछि पर्दै आएको छ कि भन्ने/बुझ्नेहरू सामर्थ्यवान् हुन्, भनिनेहरूलाई न भन्ने फुर्सद छ, न भन्नुको अर्थ नै उनीहरूले देखेका छन् । यसकारण समाज असमान, तहसोपान, अविकास र अ–न्यायको पुञ्ज बनिरहेको छ ।
लोकतन्त्रजस्तो प्रणाली र राज्यजस्तो संयन्त्र यही विसङ्गतिलाई तोडी सभ्य, सुसंस्कृत, स्वच्छ र सुरक्षित समाज बनाउन आविस्कार भएका हुन् । तर लोकतन्त्र अभ्यास भएको साढे दुई सहस्राब्दी हुन लाग्दा पनि लोकतन्त्र जनजीवनमा पुगेन । न्याय र विकास गर्न बनेका राज्य संरचनाहरू यसैका अवरोधक बने, जसको सार्थक समीक्षा भएकै छैन । त्यसैले कोही गरीबीको दुष्चक्रमा फसेझैँ अधिकांश मुलुकहरू कुशासनको दुष्चक्रमा छन् ।
अविकासको दुष्चक्र भन्नु र कुशासनको दुष्चक्र भन्नु एकै हो । यो दुष्चक्र तोड्न विकास भएका वाद, दर्शन, सिद्धान्त प्रतिपादन भएपनि ती औपचारिक मात्र छन् । बहस, विचार, विवाद पनि ‘भएजस्तो’ देखिँदै आएको छ । प्रक्रियामा लक्षित वर्ग नै नसमेटिएपछि सबै औपचारिक भएका हुन् । अपनत्व नलिएको विषयले नतिजा कसरी देओस् ?
जस्तो कि नब्बेको दशकबाट औधी चर्चा पाएको सुशासनले लोकतन्त्रका अवसरहरू विस्तार गरेन, बरू अवसरवादीहरूकै बौद्धिक विलासनबाहेक समाजले के पायो त भन्ने प्रश्न टड्कारो छ ।
परिस्कारका नाममा अभ्यासमा आएका पद्धतिहरूले समग्रतालाई समेट्न नसकेपछि आंशिकले मात्र अवसर अभ्यास गर्न पाउने प्रणाली संस्थागत हुने नै भयो । यसो किन हुन्छ भन्दा राजनीति ‘होल’ को (राज्यनीति) बन्नुपर्नेमा ‘पार्ट’को बन्यो । राज्यनीति ‘राजनीति’ बन्यो । न्यायको मियो बन्नुपर्ने प्रशासन व्यावसायिक नभै वृत्तिमुखी बन्यो ।
वृत्ति र राजनीतिले होललाई उपेक्षा गरेर पार्टलाई संरक्षण गर्छ । जवाफदेहिताका स्वचालित आयामहरू त्यसपछि अर्कैतिर लाग्ने भए । त्यसैले युगौदेखि लोकतन्त्र विरतरणको प्रश्न बाँकी नै छ । लोकतन्त्र कार्यमूलक बन्न नसकी मुलुकहरू अविकासका दुष्चक्रमा छन् ।
लोकतन्त्र प्राविधिक विषय मात्र नभै नैतिकता र निष्ठाको अर्थ खोज्ने प्रणाली हो । भोट, कानून, नीति, योजना, शासन, सरकार, प्रशासन, आदि प्राविधिक विषय हुन् ।
सारमा इमान (नैतिकता) र निष्ठा (व्यावसायिकता) मुख्य हुन् । क्षमतावान व्यक्तिमा इमान नभेटिए क्षमता नभएका इमान्दार नै राम्रो मानिन्छ । चाहिएको क्षमतावान र इमान्दार दुवै हो, जसले डेमोक्रेटिक डेफिसिट हुन नदिई डेमोक्राटिक डिभिडेन्ड्स् चाहिँ विस्तार गर्छ । त्यसो नभएर नै अधिकांश मुलुकहरू अविकासको दुष्चक्रमा छन् ।
सर्वव्यापी शिक्षा, सर्वव्यापी उपचार र सर्वव्यापी आय एक्काइसौं शताब्दीको समाजवाद (लोकतन्त्र ?) हो । राज्यहरू ‘कोही पछि नपरोस्’ भन्न त भनिरहेको छन्, यो आदर्श क्षितिजजस्तै झन् पर भाग्ने कार्यसूची कहिलेसम्म बनिरहेने हो ? प्रश्न अनुत्तरित छ । (@mainaligopi)
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजेन्द्र सेञ्चुरी प्राचीन ग्रिसमा चिकित्सा अध्ययन महिलाहरूका लागि बर्जित थियो । इसाको चौथो शताब्दीमा जन्मेकी एग्नोडिस भन्ने एकजना स्त्रीले आफ्नो कपाल काटी, पुरुषकै भेष धारण गरी अलेक्जेन्ड्रिया मेडिकल स्कूलमा...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
विश्वभर निर्वाचित नेताबाट नै उदार लोकतन्त्र जोखिममा परिरहेको अवस्थामा अमेरिकी लेखकहरू स्टिभान लेभित्स्की र डानियल जिब्लान्टले लोकतन्त्र कसरी मर्छ ? (हाउ डेमोक्रेसी डाइ ?) भन्ने पुस्तक प्रकाशन गरेका छन् । पुस्ततकको अध्...
आफ्नो जन्मदिनको अवसरमा के लेखौं, के लेखौं भयो । जन्मदिन भनेको जिन्दगीको एक खुड्किला उक्लिएको र मृत्युको एक खुड्किला नजिक पुगेको दिन हो । यस्तो समयमा मान्छे साँच्चै भावुक, उदास र गम्भीर पनि हुने गर्छन् शायद, त्यसै...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...